Advertisement

हाम्रो बारेमा

जनसेवामा खरो डिएसपी भट्टको सरुवा, बझाङबासी भावुक

जनसेवामा खरो डिएसपी भट्टको सरुवा, बझाङबासी भावुक

समाचार
बझाङ, सशस्त्र प्रहरी बल नेपाल बझाङका डिएसपी दुर्गाप्रसाद भट्टको सरुवा भएपछि जिल्लाभर भावुकता छाएको छ। लामो समयदेखि बझाङ जिल्लामा सेवा दिँदै आएका डिएसपी भट्ट धनगढीको अत्तरियामा सरुवा भएपछि स्थानीयवासी र सुरक्षाकर्मीहरू भावुक बनेका छन्। करिब एक वर्षभन्दा बढी समयसम्म बझाङमा कार्यरत रहँदा उनले जनतासँगको निकट सम्बन्ध, सरल व्यवहार र शान्ति सुरक्षामा देखाएको सक्रियताले उनलाई अत्यन्त लोकप्रिय बनाएको थियो। दुर्गम जिल्ला बझाङमा खटिँदा उनले प्रशासनिक मात्र नभइ मानवीय सेवा पनि उल्लेखनीय रूपमा पुर्‍याएका थिए। स्थानीयहरूका अनुसार डिएसपी भट्ट सदरमुकाम चैनपुरस्थित प्रहरी ब्यारेकबाट दिनमा दुई पटक बजार अनुगमन गर्न नछोड्ने अधिकारी थिए। “उहाँ बजारमा नआएमा आज डिएसपी कता होलान् भन्ने चिन्ता हुन्थ्यो,” एक स्थानीयले भने, “हामी उहाँका ठूला फ्यान थियौं।” उनको व्यवहार, नेतृत्वशैली र समुदायसँगको आत्मीयता ...
केदारस्यूँ–३ मैतोलीमा बृहत वृक्षारोपण: २५ हजार भेटिभरसहित ३ हजारभन्दा बढी बिरुवा रोपाइँ

केदारस्यूँ–३ मैतोलीमा बृहत वृक्षारोपण: २५ हजार भेटिभरसहित ३ हजारभन्दा बढी बिरुवा रोपाइँ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ— बझाङको केदारस्यूँ गाउँपालिका–३, मैतोलीको पहिरो प्रभावित क्षेत्रमा बृहत वृक्षारोपण गरिएको छ । दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाअन्तर्गत सम्पन्न कार्यक्रममा २५ हजार भेटिभरसहित ३ हजारभन्दा बढी बिरुवा रोपिएको हो। वृक्षारोपण कार्यक्रम दलित सहयोग समाजको नेतृत्वमा तथा केदारस्यूँ गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र कृषि ज्ञान केन्द्रको समन्वयमा सम्पन्न भएको हो। कार्यक्रम अन्तर्गत २५ हजार भेटिभर बिरुवासँगै बाँस ६००, पीपल २००, बैँस ३००, कोइरालो ३००, अमला ५०, लालुपाते ५०, कपुर ५०, सल्ला ५०, रिठा ३०० र किम्बु १५० गरी करिब ३ हजार अन्य बिरुवाहरू रोपिएको दलित सहयोग समाजले जानकारी दिएको छ। कार्यक्रमको अध्यक्षता केदारस्यूँ गाउँपालिका अध्यक्ष गणेश बोहराले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिका...
रामारोशन गाउँपालिकामा प्रशासनिक भवन निर्माणको ठेक्का खुला, ९ करोडको लागत अनुमान

रामारोशन गाउँपालिकामा प्रशासनिक भवन निर्माणको ठेक्का खुला, ९ करोडको लागत अनुमान

Breaking News 1, अछाम, ट्रेन्डिङ, ताजा अपडेट, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम
अछाम, अछामको रामारोशन गाउँपालिकाले बहुप्रतीक्षित प्रशासनिक भवन निर्माणको ठेक्का अन्ततः असार २ गते खोलेको छ। झण्डै ९ करोड रुपैयाँ लागत अनुमान गरिएको सो भवन २ वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का प्रक्रिया सुरु गरिएको हो। गाउँपालिका स्थापना भएको लामो समय बितिसक्दा पनि हालसम्म स्थायी कार्यालय भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको थियो। अब भने भवन निर्माणका लागि ठोस कदम चालिएसँगै स्थानीय तहमा आधारभूत पूर्वाधार विकासको महत्वपूर्ण चरण सुरु भएको जनाइएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले बताए अनुसार, “स्थायी संरचना नभएको कारण कार्यालय सञ्चालनमा जटिलता थियो। ठेक्का खोलेसँगै अब काम अघि बढ्नेछ र निर्धारित अवधिभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। यो गाउँपालिकाको सेवा प्रणाली सुदृढ गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हुनेछ।” यस भवनले प्रशासनिक कार्य सञ्चालनमा सहजता ल्याउने म...
बस्ती जोगाउन वृक्षारोपण : छविसपाथिभेरामा हजार बढी बिरुवा रोपिए

बस्ती जोगाउन वृक्षारोपण : छविसपाथिभेरामा हजार बढी बिरुवा रोपिए

समाचार
  सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा डिभिजन वन कार्यालयको अगुवाइमा बाढी पहिरोको जोखिममा परेका बस्ती संरक्षणका लागि वृक्षारोपण अभियान सञ्चालन गरिएको छ। जिल्लाको छविसपाथिभेरा गाउँपालिका–१ स्थित भण्डारी गाउँमा राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो। बर्खायामसँगै बाढी र पहिरोको खतरा बढ्ने भएकाले उजाड र जोखिमयुक्त क्षेत्रलाई हरियाली बनाउने लक्ष्यसहित वृक्षारोपण गरिएको हो। कार्यक्रमको अध्यक्षता छविसपाथिभेरा गाउँपालिका अध्यक्ष बसन्त चलाउनेले गर्नुभएको थियो भने प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख कृष्णबहादुर बिष्ट रहनुभयो। डिभिजन वन कार्यालयका अनुसार यस पटक सदरमुकाम केन्द्रित कार्यक्रमलाई गाउँमै सारिएको छ। “पहिला सदरमुकाममै सीमित हुन्थ्यो, यस पटक जोखिमयुक्त गाउँमा सरेर अभियान थालिएको हो,” बन अधिकृत शम्भु प्रसाद तिवारीले जानकारी दिनुभयो। प्...
एसईई पूरक परीक्षा साउन २९ देखि

एसईई पूरक परीक्षा साउन २९ देखि

Breaking News 2, ताजा अपडेट, शिक्षा, समाचार
काठमाडौँ— एसईईको पूरक परीक्षा आउँदो साउन २९ गतेदेखि सुरु हुने भएको छ। पूरक परीक्षा भदौ ६ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। हिजो सार्वजनिक नतिजामा ग्रेड प्राप्त गर्न नसकेका वा अनुपस्थित भएका विद्यार्थीहरूले परीक्षा दिन पाउने छन्। बोर्डका अनुसार परीक्षा पुरानै प्रवेशपत्रबाट दिन सकिनेछ। त्यसैगरी, नतिजाप्रति चित्त नबुझेका विद्यार्थीले पुनर्योग गर्न वा उत्तरपुस्तिका पुनः परीक्षण गराउन असार २३ गते बेलुकी ५ बजेसम्म आवेदन दिन सक्नेछन्।  ...
सुदूरपश्चिमलगायतका क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

सुदूरपश्चिमलगायतका क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौँ — सुदूरपश्चिम प्रदेशका दार्चुला, डोटी र बाजुरामा रातिदेखि पानी परिरहेको छ। गोकुलेश्वर, पश्चिम सेती, ओलेना लगायत साना खोलामा आकस्मिक बहाव र पहिरोको जोखिम देखिएको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। कास्कीको लुम्ले, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा लगायतका ठाउँमा पनि मध्यम वर्षा मापन भएको छ। महाशाखाका अनुसार आज बेलुकीदेखि पर्सि सोमबार बिहानसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागमा भारी वर्षाको सम्भावना छ। संभावित भूक्षय, बाढी, पहिरो, डुबान र नदीमा बहाव वृद्धि हुन सक्ने भएकाले जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन र यातायात प्रभावित हुनसक्ने चेतावनी दिँदै सतर्कता तथा पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ।...
सिमाना अनुगमनमा प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा टोलीको यात्रा

सिमाना अनुगमनमा प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा टोलीको यात्रा

समाचार
सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङको साईपाल गाउँपालिकास्थित नेपाल–चीन सीमासम्म प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीसहित सुरक्षा निकायको टोलीले सिमाना अनुगमन गरेका छन्। सदरमुकाम चैनपुरबाट अषाढ ६ गते सिमाना अनुगमनका लागि गाडीमार्फत यात्रा सुरु गरिएको थियो। टोली बिहान ११ बजे कुवा भन्ने स्थानमा पुगेर भोजन गरेपछि अघि बढेको थियो भने साँझ काकरकोटमा स्थानीय पूर्व गाँउपालिका   अध्यक्ष   धामीको होटलमा बास बसिएको थियो। भोलिपल्ट बिहान टोली साईपाल गाउँपालिका–१ स्थित काडा पुगेको थियो। त्यहाँ गाउँपालिका अध्यक्ष मानविर बोहरा, उपाध्यक्ष डोल्मा तामाङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत जयराज जोशी, लेखापाल पवन भट्टराईलगायत स्थानीय जनप्रतिनिधिहरूले टोलीलाई स्वागत गरेका थिए। काडामै बिहानको भोजन गरी टोली साईपालको अति दुर्गम क्षेत्रतर्फ प्रस्थान गरेको थियो। साँझ धुली भन्ने स्थानमा लामागुरुको घरमा ...
एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार साँझ बसेको बोर्ड बैठकपछि नतिजा सार्वजनिक गरिएको हो। सार्वजनिक नतिजाअनुसार ६१.८१ प्रतिशत विद्यार्थी ग्रेड प्राप्त गर्न सफल भएका छन्। एसईई परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो। यस वर्षको परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ विद्यार्थी सहभागी भएका थिए भने ग्रेड वृद्धि परीक्षातर्फ ६७ हजार ७१५ जनाले परीक्षा दिएका थिए। दुवै समूहलाई समेट्दा जम्मा परीक्षार्थी संख्या ४ लाख ९९ हजार १८३ रहेको बोर्डले जनाएको छ। परीक्षाको नतिजासम्बन्धी विवरण एसएमएस, आइभिआर र विभिन्न वेबसाइटबाट हेर्न सकिने व्यवस्था गरिएको छ।  ...
जिल्लामै नमुनायोग्य काम : शैक्षिक सुधारमा दुर्गाथली–२ का वडाअध्यक्ष मिश्रको उत्कृष्ट नमुना कार्य

जिल्लामै नमुनायोग्य काम : शैक्षिक सुधारमा दुर्गाथली–२ का वडाअध्यक्ष मिश्रको उत्कृष्ट नमुना कार्य

Breaking News 1, बझाङ, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ,– बझाङको दुर्गाथली गाउँपालिका वडा नं. २ मा वडा अध्यक्ष धनराज मिश्रले शैक्षिक सुधार र योजनाबद्ध विकासमा देखाएको सक्रियता अहिले जिल्लामै नमुना योग्य मानिएको छ । वडास्तरमा पहिलो पटक “वडा आयोजना बैंक” निर्माणदेखि लिएर विपन्न विद्यार्थीलाई सहयोग, शिक्षकको सम्मानसम्मका कार्यले मिश्रलाई जिल्लाभर प्रशंसा मिलिरहेको छ । त्यसैगरी, पालिका स्तरको कक्षा ८ को परीक्षामा दुर्गाथली–२ वडाबाट द्वितीय स्थान हासिल गर्ने विद्यार्थीलाई जनही रु. १०,००० दिने निर्णय वडा अध्यक्ष मिश्रले गरेका थिए । योजना अनुसार, यस वर्ष आफ्नो वडाका एक जना विद्यार्थी पालिकाभर द्वितीय स्थान हासिल गर्न सफल भएपछि उक्त विद्यार्थीलाई नगद रु. १०,००० पुरस्कारसहित विशेष सम्मान प्रदान गरिएको थियो । यो निर्णयले शिक्षा क्षेत्रमा प्रतिस्पर्धा, प्रेरणा र प्रोत्साहन दिन सघाउने सहभागीहरूको भनाइ छ । आज सम्पन्न शैक्षिक सुधार कार्यक्रमम...
बालमन्दिर विद्यालयमा अभिभावक–शिक्षक बृहत अन्तरक्रिया सम्पन्न

बालमन्दिर विद्यालयमा अभिभावक–शिक्षक बृहत अन्तरक्रिया सम्पन्न

समाचार
उत्तमकुमार थापा, बझाङ बझाङ जिल्लाको चैनपुरस्थित बालमन्दिर आधारभूत विद्यालयमा अभिभावक र शिक्षकबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा शैक्षिक बहस, विद्यालयको गतिविधि, विद्यार्थी सुधार गर्नुपर्ने पक्ष लगायतका विषयमा खुला छलफल गरिएको थियो। सुदूरपश्चिम प्रदेशको नमुना विद्यालयको रूपमा परिचित यस विद्यालयले गुणस्तरीय शिक्षामा निरन्तर सुधार गरिरहेको छ। सरकारी विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएको समयमा पनि बालमन्दिर आधारभूत विद्यालयमा हाल एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। जयपृथ्वी नगरपालिकामात्र होइन, जिल्ला स्तरीय शैक्षिक उपलब्धिमा समेत अग्रणी रहेको विद्यालयले स्थानीय सरकारद्वारा लिइएको परीक्षामा सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराएको हो। विद्यालयका शिक्षकहरू अनुशासनमा विशेष ध्यान दिने गरेका छन्। समयमै विद्यालय नआएका विद्य...
सुनपाल सामुदायिक वनको लगानीमा विपन्न युवालाई ड्राइभिङ तालिम

सुनपाल सामुदायिक वनको लगानीमा विपन्न युवालाई ड्राइभिङ तालिम

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली— कैलालीको गौरीगङ्गा नगरपालिका–७ मा रहेको सुनपाल सामुदायिक वन उपभोक्ता समूहले २२ जना विपन्न युवायुवतीलाई  निःशुल्क ड्राइभिङ तालिम दिएको छ। समूहले आफ्नै वार्षिक कार्यक्रमअन्तर्गत जीविकोपार्जनमा टेवा पुर्‍याउँदै रोजगार प्रवर्द्धन गर्ने उद्देश्यले ४५ दिने उक्त तालिम सञ्चालन गरेको हो। समूहका अध्यक्ष रामबहादुर कामीका अनुसार वन ऐन, २०७६ अनुसार सामुदायिक वनको आम्दानीको एक हिस्सा सामाजिक हितका कार्यक्रममा खर्च गर्नुपर्ने व्यवस्थाअनुरूप तालिम सञ्चालन गरिएको हो। गत वैशाख १३ गते सुरु भएको तालिम जेठ २६ गते सम्पन्न भएको थियो। तालिम मनकामना ड्राइभिङ सेन्टर, मसुरियाको प्राविधिक सहकार्यमा सञ्चालन गरिएको थियो। समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि सवडिभिजन वन कार्यालय मसुरियाका वरिष्ठ वन अधिकृत विश्वराज पण्डितले वन संरक्षणसँगै सामाजिक तथा आर्थिक व...
डडेल्धुरामा सुनचाँदी व्यवसायीहरू आन्दोलित

डडेल्धुरामा सुनचाँदी व्यवसायीहरू आन्दोलित

Breaking News 1, Breaking News 2, Breaking News 3, मुख्य समाचार, समाचार
डडेल्धुरा, असार १३ गते — डडेल्धुरा सुनचाँदी व्यवसायी संघको अगुवाइमा आज जिल्लाभरका सुनचाँदी व्यवसायीहरू आन्दोलित बनेका छन्। संघले जारी गरेको विज्ञप्तिअनुसार सरकारले लगाएको २ प्रतिशत 'विलासी कर' लगायतका अन्य करसम्बन्धी निर्णयप्रति विरोध जनाउँदै व्यवसायीहरूले पसलहरू बन्द गरी शान्तिपूर्ण ढंगले विरोध जनाएका हुन्। व्यवसायीहरूको मुख्य मागहरू यस्ता छन्: १. सूचना अनुसारको २% विलासी कर खारेज गरियोस। २. विगतका वर्षहरूका पुराना बिल र हिसाबका झमेला अन्त्य गरियोस। ३. सूचना फिर्ता लिएर संवादको वातावरण तयार गरियोस। संघले सम्पूर्ण व्यवसायी, सरोकारवाला, र स्थानीय समुदायलाई एकजुट भई साझा आवाज उठाउन आह्वान समेत गरेको छ। स्थानीय व्यापारीहरूका भनाइमा, यस्तो कर प्रणालीले व्यवसाय धरासायी बनाउने खतरा छ र स्थानीय अर्थतन्त्रमा समेत नकारात्मक असर पार्न सक्छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज