Advertisement

जनसेवामा खरो डिएसपी भट्टको सरुवा, बझाङबासी भावुक

Advertisement

बझाङ,

सशस्त्र प्रहरी बल नेपाल बझाङका डिएसपी दुर्गाप्रसाद भट्टको सरुवा भएपछि जिल्लाभर भावुकता छाएको छ। लामो समयदेखि बझाङ जिल्लामा सेवा दिँदै आएका डिएसपी भट्ट धनगढीको अत्तरियामा सरुवा भएपछि स्थानीयवासी र सुरक्षाकर्मीहरू भावुक बनेका छन्।

करिब एक वर्षभन्दा बढी समयसम्म बझाङमा कार्यरत रहँदा उनले जनतासँगको निकट सम्बन्ध, सरल व्यवहार र शान्ति सुरक्षामा देखाएको सक्रियताले उनलाई अत्यन्त लोकप्रिय बनाएको थियो। दुर्गम जिल्ला बझाङमा खटिँदा उनले प्रशासनिक मात्र नभइ मानवीय सेवा पनि उल्लेखनीय रूपमा पुर्‍याएका थिए।

स्थानीयहरूका अनुसार डिएसपी भट्ट सदरमुकाम चैनपुरस्थित प्रहरी ब्यारेकबाट दिनमा दुई पटक बजार अनुगमन गर्न नछोड्ने अधिकारी थिए। “उहाँ बजारमा नआएमा आज डिएसपी कता होलान् भन्ने चिन्ता हुन्थ्यो,” एक स्थानीयले भने, “हामी उहाँका ठूला फ्यान थियौं।”

उनको व्यवहार, नेतृत्वशैली र समुदायसँगको आत्मीयता स्थानीयवासीका लागि प्रेरणादायी बनिरहेको थियो। समाजका दुखी, गरिब, अशक्त तथा बृद्धबृद्धालाई सहयोग गर्नु उनको दैनिकीजस्तै थियो। जयपृथ्वी नगरपालिका–७ सुवेडाका एक ७० वर्षीय वृद्धले भने, “उहाँले मलाई आफ्नै गाडीमा राखेर घरसम्म पुर्‍याउनु भयो। यस्तो मान्छे त भगवानजस्तै लाग्यो।”

डिएसपी भट्टको सरुवाले नागरिक समाज, पत्रकार, सुरक्षाकर्मी र सर्वसाधारणमा गहिरो निराशा छाएको छ। जिल्लाका थुप्रै कार्यक्रममा उनको उपस्थिति अनिवार्यझैँ मानिन्थ्यो। उनी नभएका कार्यक्रममा खल्लो महसुस हुने गरेको सहभागीहरूको भनाइ छ।

जनसमुदायसँग आत्मीय सम्बन्ध बनाएका, अनुशासित र सेवामुखी डिएसपी भट्टको योगदानलाई बझाङबासीहरूले कहिल्यै भुल्न सक्दैनन्। “सरुवा नभएको भए राम्रो हुन्थ्यो,” भनी धेरैजसोले प्रतिक्रिया जनाएका छन्।

बझाङका लागि एउटा प्रेरणादायी सेवा यात्रामा अब विश्राम लिँदै अत्तरियातर्फ प्रस्थान गरेका डिएसपी दुर्गाप्रसाद भट्टको आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामनासहित बझाङले बिदाई गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति भएको छ। सहमतिसँगै बिहीबारदेखि धनगढीमा...
प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज