एलपीएलको ८ औँ संस्करण मंसिर ९ गतेदेखी
धनगढी - लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को ८ औँ संस्करण मंसिर ९ गतेदेखी आयोजना हुने भएको छ।
लिटल फ्लावर स्पोर्टस क्लबको आयोजनामा आठौं संस्करणको टी–२० खुल्ला क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग २०८० हुने भएको हो।
मंसिर ९ गते देखि मंसिर २३ गतेसम्म धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा हुन गइरहको प्रतियोगिताको प्रथम पुरस्कार २ लाख ५५ हजार ५ सय ५५, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ भने उपविजेताले १ लाख २० हजार मेडल प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् ।
यसै गरि प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट व्याटरले नगद जनही ३ हजार पाँच सय प्राप्त गर्ने छन् भने, उदयमान खेलाडीले नगद ५ हजार एवम् ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष रामचन्द्र शाहीले बताए।
प्रतियोगितामा १६ वटा क्रिकेट क्लबहरुले सहभागिता जनाउने उनले बताए।
खेलकुदको सहर...











