Advertisement
Thursday, May 22

महिना दिनदेखि त्रिपालमै बझाङका भूकम्पपीडित, सरकारले बाचा बिर्सिएको गुनासो

Advertisement

बझाङ — थलारा गाउँपालिका–३ कुचगाउँकी ७० वर्षीया हंसा नेपाली बुहारी र दुई नातीसहित एक महिनादेखि पालमा बसिरहेकी छन् । पालमा बस्दा राति शित चुहिन्छ । दमकी रोगी उनको बिमार दम दिनदिनै बढिरहेको छ । ‘चिसोले रातभरी सुत्न सकिदैन । खोकेरै रात बिताइरहेकी छु । बुहारी र नाती पनि ढाड कम्मर दुख्यो भनेर सुत्न सक्दैनन्,’ उनले भनिन्, ‘मलाई त दिनदिनै गाह्रो हुन थाल्या छ । कुन दिन पुक्लुकै ढल्छु थाहा छैन ।’

भूकम्प गएको चौथो दिन ठूलो तामझामसहित बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि तत्काल राहत उपलब्ध गराउने घोषणा सुनेकी उनी महिना दिनसम्म पनि राहत नपाउँदा निरास छन् । ‘प्रधानमन्त्री आएको हेलिकप्टर देखेकी हुा । घर भत्केकालाई टिनको टहरा बनाउन ५० हजार आउँछ भन्ने पनि सुनेकी हुँ,’ उनले भनिन्, ‘अहिलेसम्म केही आएको छैन । पैंसा हुनेले आफै टहरा हालेर बसिसके । हामी नसक्ने यहीं शित चुहुने पालमा छौं । मरिसके पछि राहत आए पनि के काम ?’

हंसाको गाउँ थलारा–३ कुचगाउँका ३५ घर भूकम्पले पूर्णरुपमा क्षति भएका थिए । क्षमता हुनेले टिनको टहरा बनाएर सरिसके पनि १२ परिवार अहिले पनि पालमूनि नै बसिरहेका छन् । उनीहरुलाई नागरिक आवाज भन्ने संस्थाले बिहान र साझको खाना खुवाउने गरेको छ ।

‘खाना त संस्थाले खुवाइरहेको छ । चिन्ता राति कसरी सुत्न कै छ ? दुई वर्षको नातीसहित परिवारनै पालमा बसिरहेकी अर्की पिडित धिर्जादेवी कामीले भनिन्, ‘चिसोले गर्दा विरामी नभएको कोही छैनन् । साह्रै सास्ती भयो ।’ उनले अस्थायी आवास निर्माणको लागि सरकारले दिन भनेको राहत छिटो उपलब्ध भैदिए टिनको टहरो बनाएर सर्ने बताइन् ।

असोज दोस्रो साता गएको भूकम्पका कारण बझाङका १२ हजार घरमा क्षति पुगेको थियो । ८ हजार ५ सय २९ घर बस्न नमिल्ने गरि क्षति भएका थिए भने ३५ सय २४ घरमा सामान्य क्षति भएको थियो । बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर गएको असोज १६ गते दिउँसो गएको ६.३ म्याग्निच्यूडको भूकम्प र त्यसपछि लगातारका पराकम्पले सबैभन्दा बढी क्षति थलारा गाउँपालिकामा भएको थियो ।

भूकम्पका कारण जयपृथ्वी र बुङ्गल नगरपालिका, मष्टा, छविसपाथिभेरा, दुर्गाथली, खप्तडछान्ना र केदारस्यू गाउँपालिकामा पनि ठूलो भौतिक क्षति भएको थियो । ती पालिकाहरुका पाँच हजार बढी घर बस्न नमिल्ने गरी क्षति भएको विपद व्यवस्थापन समितिको तथ्यांक छ । उनीहरु मध्ये आधाजसो पालमा बसिरहेको र पालभित्र रहेकालाई विभिन्न स्वास्थ्य सम्बन्धी समस्या हुन थालेका छन् ।

पालभित्र बसेकालाई झाडापखाला, रुघाखोकी, दम, ढाड कम्मर दुख्ने, बच्चाहरुलाई निमोनिया, टाइफाइड जस्ता समस्या रहेको थलाराको पाराकाट्ने स्वास्थ्य चौकीका अहेव गौरीशंकर जोशीले बताए । ‘चिसो भुईमा सुत्दा, पालबाट चुहिने शितको कारणले पालमा बस्नेहरु अधिकांश विरामी भएका छन्,’ जोशीले भने ‘चिसो बढ्दै जाादा पनि पाल भित्रै बस्नु परेकोले पिडितहरुमा मानसिक तनाव पनि देखिन्छ ।’

उनले तत्काल पीडितलाई पालबाट सुरक्षित स्थानमा बसाउन नसकिए बालबालिका र पाका उमेरका मानिसलाई झन् समस्या हुने बताए । ‘हिमाली जिल्ला भएकोले उसै पनि दिन दिनै चिसो बढिरहेको छ । हिउा पर्यो भने पालमा बस्नेहरु झन् समस्यामा पर्ने देखिन्छ,’ उनले भने ।

प्रधानमन्त्री दाहालले भूकम्पग्रस्त क्षेत्रको भ्रमण गर्ने क्रममा बझाङमा आएर अस्थायी राहत निर्माणको लागि घर पूर्ण क्षति भएका परिवारलाई ५० हजार र आंशिक क्षति भएका परिवारलाई २५ हजार राहत तत्काल उपलब्ध गराउने घोषणा गरेका थिए ।

उनले अन्य भूकम्पपीडितलाई परिवार संख्याको आधारमा १५ देखि २० हजार रुपैयाँसम्म राहत दिने घोषणा गरेका थिए । पीडितहरु समस्यामा रहे पनि सरकारले तत्काल दिने भनेको राहत तिहार अगावै वितरण हुने कुनै संकेत देखिएको छैन । पालिकाले पठाएको तथ्यांकमा विश्वास गर्न गाह्रो भएको कारण वास्तविक पीडितको पहिचान गरे पछि मात्रै अस्थायी आवास निर्माणको लागि राहत वितरण गरिने जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए ।

‘पालिकाबाट आएको विवरणमा धेरै त्रुटि देखिएको र नक्कली पीडितहरु बनाएर पेश गरिएको भन्ने धेरै गुनासो आएको छ । वायस भएर कतिपय आउनुपर्ने पीडितको नाम आएको छैन । कतिपय नआउनुपर्नेको नाम पनि समेटिएको छ । त्यसैले अस्थायी र स्थायी आवास पुर्ननिर्माणमा हामी त्यो तथ्यांक प्रयोग गर्दैनौं,’ उनले भने, ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा पुर्ननिर्माण प्राधिकरणबाट आएको प्राविधिक टोलीले प्रत्येक घरमा गएर नापजाँच गरिसके पछि मात्रै सिस्टममा नाम इन्ट्री हुन्छ । त्यसपछि मात्रै नयाँ पुर्ननिर्माण नभएसम्म बस्नका लागि अस्थायी घर निर्माणको रकम दिइने हो ।’

उनले प्राधिकरणसँग आफुले प्राविधिकको टिम छिटो पठाइदिनका लागि निरन्तर अनुरोध गरिरहेको बताए । ‘प्राधिकरणका उपसचिव बझाङमै आएर प्राविधिक टोली दसैं लगतै आउँछ भनेर प्रतिबद्धता गर्नुभएको थियो तर के कारणले हो अहिलेसम्म आएको छैन,’ उनले भने । बझाङमा भूकम्पले विद्यालय, स्वास्थ्य चौकीलगायत १ सय २३ सरकारी भवन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

१५२ सरकारी भवनमा आंशिक क्षति पुगेको छ । भूकम्पका कारण मन्दिर, सामुदायिक भवनलगायत अन्य ५० संरचनामा पनि क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । भूकम्पका कारण क्षति भएका १२ हजार ५३ घर मध्ये २ हजार ४ सय ४५ घर पूर्णरुपमा ध्वस्त भएका हुन् भने ६ हजार ८४ घर बस्न नमिल्ने गरी आंशिक क्षति भएका हुन् । कान्तिपुर

कल्पना उपाध्याय

कल्पना उपाध्याय कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकामा बझाङबाट पत्रकारिता गर्नुहुन्छ । उहाँ समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

बझाङ: जलवायु परिवर्तन र प्लास्टिक प्रदूषण न्यूनीकरणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज बझाङका प्रमुख जिल्ला अधिकारी श्री क...
४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

४४ लाखको सडक योजनामा २३ लाख रुपैयाँ बजेट हिनामिना भएको छ। नभएको काम भएको देखाएर सडक आयोजनाको बजेट हिनामिना गरेको आरोपमा त्यसमा संल...
बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

बझाङ जिल्लाको तलकोट गाउँपालिकामा नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र सेवा फाउण्डेसनको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना...
राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

संसद्को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजसंस्था पुनर्स्थापनाको प्रदर्शनमा सहभागी गराउने पूर्वपञ्च नेता नवराज सुवेदी नेत...
कैलालीमा विहे तय भइसकेपछि बेपत्ता प्रेमीसँगै भागिन् युवती, २ लाखको कुरा ‘डिसमिस’

कैलालीमा विहे तय भइसकेपछि बेपत्ता प्रेमीसँगै भागिन् युवती, २ लाखको कुरा ‘डिसमिस’

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरका सहदेव कुमाल २५ बैशाखमा धनगढीबाट बेपत्ता भएपछि तय भइसकेको विवाह एकाएक रद्द भयो । ...
आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट न...
आजको मौसम कस्तो रहला ?

आजको मौसम कस्तो रहला ?

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथ...
बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

कैलालीमा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ । मंगल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज