रामेश्वरमस्थित ‘श्री जगदम्बा नेपाली धर्मशाला’ संकटमा, संरक्षण पहलको अपेक्षा
रामेश्वरम (तमिलनाडु)। दक्षिण भारतको प्रसिद्ध धार्मिक स्थल रामेश्वरम मन्दिर नजिकै रहेको ‘श्री जगदम्बा नेपाली धर्मशाला’ अहिले जीर्ण अवस्थासँगै अस्तित्व संकटमा परेको छ। विक्रम सम्बत २०१६ (सन् १९५९) मा महाशिवरात्रिको अवसरमा श्रीमती रानी जगदम्बा कुमारी देवीले नेपाली तीर्थयात्रीहरूको सुविधा र विश्रामका लागि धर्मशालाको स्थापना गर्नुभएको थियो।
स्थापना कालदेखि नै यस धर्मशालाले रामेश्वरम आउने हजारौँ नेपाली भक्तजनलाई सस्तो र सहज आवास सुविधा प्रदान गर्दै आएको थियो। तर हालका वर्षहरूमा यसको भौतिक संरचना कमजोर, सरसफाइ अवस्था बिग्रिँदै गएको, र संरक्षणको अभावका कारण धर्मशालाको अवस्थामाथि गम्भीर प्रश्न उठ्न थालेका छन्।
यस ऐतिहासिक सम्पदाको जिर्णोद्वार र व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग पटक–पटक औपचारिक ध्यानाकर्षण गराइएको भए पनि अहिलेसम्म कुनै सन्तोषजनक प्रगति भएको छैन। समाजसेवी करन विष्टका अन...











