Advertisement

हाम्रो बारेमा

धनगढीमा ‘रानाथारु भाषा साहित्य सम्मेलन-२०८०’ हुँदै

समाचार
धनगढी - कैलालीको धनगढीमा प्रथम ‘रानाथारु भाषा साहित्य सम्मेलन-२०८०’ हुने भएको छ ।  शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै मञ्चले मङ्सिर २३ गते धनगढीको रुबस होटेलमा सम्मेलन गरिने जनाएको हो । राना कला संस्कृति संरक्षण तथा विकास मञ्चको आयोजनामा उक्त  सम्मेलन हुन लागेको हो । कार्यक्रममा नेपाल र भारतबाट रानाथारु बुद्धिजीवी, रानाथारु भाषाका ज्ञाता, लोक साहित्यकार, रानाथारू भाषासँग निकट सम्बन्ध भएका साहित्यकार, इतिहासविद्, भाषा विद्हरूलाई आमन्त्रित गरिएको आयोजकले जनाएको छ । विश्वव्यापकताको प्रभावले हिन्दी, नेपाली, भोजपुरी, अङ्ग्रेजी जस्ता थुप्रै भाषाको प्रभाव मौलिक भाषामा परिरहेको प्रत्यक्ष प्रभाव विश्लेषण तथा न्यूनीकरण लगायत मौलिक शब्द रक्षाको लागि समेत विभिन्न लेखोट, शिलालेख, पुस्तक प्रकाशन तथा विभिन्न अनुसन्धान, लोकगीत सङ्गीतको संरक्षण सँगै रानाथारु भाषाको मौलिकता एवम् एकर...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु 

समाचार
कैलाली – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ४ को कदमाहामा आज शनिवार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।  दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ४ का स्थानीय ३५ वर्षीय मो. हारुनको घटना स्थलमै ज्यान गएको हो । पूर्वबाट पश्चिमका लागि छुटेको म प्र ०१–००१ ख ०३६७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको सप्तरीका प्रहरी प्रवक्ता ढुण्डीराज नेउपानेले जानकारी दिए । ज्यान गएका हारुनको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको तथा ट्रक र चालकलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाइएको सप्तरीका प्रहरी प्रवक्ता नेउपानेले  जानकारी दिए ।  दुर्घटना पश्चात् आक्रोशित स्थानीयवासी र आफन्तले केहीबेर पूर्व–पश्चिम राजमार्ग समेत अवरुद...

लालपुर्जा पाइने भएपछि स्थानीय खुसी

समाचार
कैलाली - कैलालीको  टीकापुर नगरपालिका–६ का निसाद विक्रम बमको एक बिघा छ कट्ठा ऐलानी जग्गा करिब ६० वर्षदेखि भोगचलन गर्दै आएको छ । जग्गा भएर पनि सुकुम्वासीको जस्तो जीवन बिताउन बाध्य भएका निसाद यतिबेला भने खुसी छन् । राष्ट्रिय भूमि आयोग गठन भएर जग्गा वितरणको काम सुरु भएसँगै वडा कार्यालयबाट लालपुर्जाको निस्सा पाएपछि ऊनी खुसी भएका हुन् । “जग्गा भएर पनि सुकुम्वासीजस्तो भएर बस्नुपरेको थियो । त्यस जग्गाबाट उत्पादन गर्नभन्दा अर्को विकल्प नहुँदा धेरै सपना मार्नुपरेको थियो  । “निसाद भने, “पहिले नै लालपुर्जा पाएको भए त्यही जग्गा बैङ्कमा राखेर कैयौँ काम गर्न सकिन्थ्यो होला । त्यो हुन सकेन । अब आशा जागेको छ । स्थानीय सरकारले ढिलै भए पनि लालपुर्जा वितरणको प्रक्रिया सुरु गर्दा आगामी दिनमा विगतको जस्तो समस्या आउने छैन ।” वडा कार्यालयले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासलाई लालपुर्जा वितर...

स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु : स्थानीयले जलाए बस

समाचार
कैलाली - रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको हो । बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी २० वर्षीया अप्सरा खातुन गम्भीर घाइते भएकी छन् । घाइतेको भैरहवामा उपचार भइरहेको छ । ठक्कर दिने बसमा स्थानीयले आगो लगाइदिएका छन् ।...

गाजामा इजरायलको आक्रमण तीव्र : १ सय ७८ जनाको मृत्यु 

समाचार
एजेन्सी - युद्धविराम अन्त्यसँगै गाजा क्षेत्रमा इजरायलले आक्रमण तीव्र बनाएको छ ।  गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पछिल्लो आक्रमणमा कम्तीमा एक सय ७८ जना मारिएका दाबी गरेको छ । गाजामा सात दिने युद्धविराम हिजो बिहान सकिएलगत्तै इजरायलले आक्रमण थालेको थियो ।  इजरायल र हमास लडाकु समूहले एकअर्कालाई युद्धविरामको समय विस्तार गर्न सहमत हुन नसकेको आरोप लगाएका बीबीसीले जनाएको छ । इजरायलले दक्षिणी गाजाका केही इलाकाका बासिन्दालाई इजिप्टको सिमाना नजिकै रहेको रफाहतर्फ जान र दक्षिणतर्फ जान आग्रह गर्दै पर्चाहरू छोडेको छ ।  गएको अक्टोबर ७ तारिखदेखि शुरु भएको लडाइँ एक हप्ता रोकिएको थियो । युद्धविराम अवधिमा दुई पक्षले सहमतिअनुसार बन्धक बनाएका केही नागरिकलाई रिहा गरेका थिए । ...

कटुवा पेस्तोलसहित एकजना पक्राउ

समाचार
कैलाली - धनुषाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सबैला नगरपालिका ८ ठिल्ला बस्ने ५१ वर्षीय रामईश्वर ठाकुर छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले दिएको जानकारी अनुसार शुक्रबार साँझ ५० वर्षीया श्रीमती रामकाशी देवीलाई  कुटपिट गर्ने र हतियार देखाई ज्यान मार्ने धम्की दिइरहेका थिए । सो सूचना पाएपछि इलाका प्रहरी कार्यालय सबैला धनुषाबाट पुगेको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा ९ इन्च लम्बाइ भएको कटुवा पेस्तोल बरामद गरेको हो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।...

बैतडीको पञ्चेश्वरमा १७ र १८ गते स्थानीय बिदा

समाचार
कैलाली - बैतडीको पञ्चेश्वर गाउँपालिका क्षेत्रभित्र मंसिर १७ गते आइतबार र १८ गते सोमबारका दिन सार्वजनिक बिदा दिइएको छ । पञ्चेश्वर गाउँपालिका वडा नं ४ आम्चौरास्थित प्रसिद्ध कैलपाल धुरा मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिइएको गाउँपलिकाले जनाएको छ ।  कैलपाल मन्दिरमा लाग्ने जात्रामा स्थानीयहरुको उल्लासमय सहभागितालाई दृष्टिगत गरेर पालिकाले दुई दिन सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । कैलापाल धुरा जात्राको अवसरमा आइतबार र सोमबार गाउँपालिकाभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा बिदा रहेको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । कैलपाल धुरा मन्दिरमा हरेक बर्ष मंसिर कृष्ण पक्षको षष्ठी र सप्तमी तिथीमा जात्रा लाग्दै आएको छ । ...
वीरको निर्देशकबाट हटाएपछि डा सन्तोषले भने- स्वास्थ्यमन्त्रीको हर्कतबाट लोकतन्त्र लजाएको छ

वीरको निर्देशकबाट हटाएपछि डा सन्तोषले भने- स्वास्थ्यमन्त्रीको हर्कतबाट लोकतन्त्र लजाएको छ

समाचार
काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको निर्देशकको जिम्मेवारीबाट हटाएर स्वास्थ्य मन्त्रालयमा तानेपछि डा सन्तोष पौडेलले स्वास्थ्यमन्त्री मोहन बस्नेतको निर्णयको विरोध गरेका छन्।  डा पौडेलले मन्त्रालयको पत्र सामाजिक सञ्जाल फेसबुकमा राख्दै 'मन्त्रीको हर्कतबाट लोकतन्त्र लजाएको' लेखेका छन्।  डा पौडेलले दुई वर्षको अवधि तोकी नियुक्ति पाएको आफूलाई राजनीतिक अस्थाका आधारमा निर्देशकबाट हटाइएको र हाडजोर्नी विशेषज्ञ सर्जनलाई मन्त्रालयमा तानिएको विषय पनि लेखेका छन्।  उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाज्ञ अक्षम भनेर तत्कालिन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्रीबाट हटाएको विषय लेख्दै मन्त्रालयको निर्णयको विरोध गरेका हुन्। यस्तो छ डा सन्तोषले फेसबुकमा लेखेको विवरणअधिनायक तत्कालिन राजा ज्ञानेन्द्र शाहले शेर बहादुर देउवालाई प्रमबाट ...

धनगढीमा झल्काइँदै सुदूरको कला संस्कृति [फोटोफिचर]

समाचार
धनगढी - धनगढीस्थित पार्क क्षेत्रको पर्खाल कला संस्कृतिले सुसज्जित हुन थालेको छ । सार्वजनिक पर्खालमा वाल पेन्टिङ गरेर धनगढी उपमहानगरपालिकाले सौन्दर्यीकरण गर्न थालेको हो ।  राजनीतिक नारा लेख्न प्रयोग भएका पर्खालमा कला, संस्कृति झल्किने र पर्यटकीय स्थल चिनाउने चित्र कोरिन थालिएको छ ।  धनगढीपार्क क्षेत्रका पर्खालमा थारू समुदायको सखिया नाच, पहाडी समुदायको भुवा नाच, रानाथारू समुदायको मौलिकता झल्काउने चित्र बनाइएको छ ।  यसै गरी सुदूरपश्चिमका पर्यटकीय क्षेत्रसहित प्रसिद्ध धार्मिक स्थलको चित्र पनि पर्खालमा उतारिएको छ ।...

जीर्ण बन्दै बाजुराका कोटघर

समाचार
बाजुरा - बाजुराका विभिन्न ठाउँमा रहेका तत्कालीन राजाका दरबार ९कोटघर० जीर्ण बन्दै गएका छन् ।  बाइसे चौबिसे राजाको पालामा निर्माण गरिएका दरबार (कोटघर) मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएका हुन् । तत्कालीन राजा मुकुद्रबहादुर सिंहको पालादेखि निर्माण गरिएको बुढीगङ्गा नगरपालिका–१, कुडीकोट दरबार पछिल्लो पुस्ताको बेवास्ताका कारण जीर्ण बन्दै गएको स्थानीय बुद्धिजीवी जहरसिंह थापाले बताए । सो दरबार (कोटघर) मा एक पटक एक्कासि आगलागी हुँदा कुँडीका राजा राजेश सिंहले पुनर्निर्माण गरेका हुन् । त्यसपछि कहीँ कतैबाट मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको जानकारी उनले दिए ।  ऐतिहासिक तथा पुरातत्व रूपमा महत्वपूर्ण मानिएका कोटघरलाई अहिले पनि उत्तिकै चासोका साथ हेरिने गरिन्छ । खप्तड छेडेदह गाउँपालिका–१, काँडाकोट दरबार र बुढीगङ्गा नगरपालिका–१ को कुँडीकोट दरबार जीर्ण अवस्थामा छन् ।  २०७५र७६ ...

धनगढी–दिपायल द्रुतमार्गमा कालोपत्र सुरु

समाचार
कैलाली - धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गमा कालोपत्र गर्न सुरु भएको छ। धनगढी–स्याउले सडकखण्डमा कालोपत्रको काम सुरु भएको सडक योजना कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख लक्ष्मण रावलका अनुसार धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले सडकखण्डको १३ दशमलव चार किलोमिटर कालोपत्र गर्न थालिएको हो।  गत आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको उक्त सडक चालु आवमा अगाडि बढेको उनले बताए। द्रुतमार्गको २३ किमी सडक कालोपत्रका लागि विसं २०७८ वैशाखमा ठेक्का सम्झौता भएको थियो। धनगढी–स्याउले सडकखण्डको १३ दशमलव चार र दिपायल–बाजमोर्ड खण्डको नौ दशमलव चार किमी सडक कालोपत्रका लागि सम्झौता भएको थियो। कैलालीमा थप साढे छ किमी र डोटीतर्फ १५ किमी कालोपत्रका लागि ठेक्का सम्झौता भएको योजना कार्यालयले जनाएको छ। चार खण्डमा कालोपत्रको काम हुने रावलले जानकारी दिए। उनका अनुसार डोटी...

कैलालीमा स्थानीय र प्रहरीबीच झडप हुँदा एक किशोरी घाइते

समाचार
धनगढी - बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि कैलालीको लम्कीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । यसैबिच स्थानीय र प्रहरीबीच झडपसमेत भएको छ ।  झडपमा परेर लम्कीचुहा–१ की १८ वर्षीय सृजना सुनार घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको छ । अहिले उपचारका लागि उनलाई स्थानीय लालरत्न अस्पतालमा लगिएको छ ।  मृतकको परिवारलाई क्षतिपूर्ति दिने विषयलाई लिएर स्थानीयले राजमार्ग अवरुद्ध गरेका गरेका छन् । सोही क्रममा प्रहरीसँग उनीहरुको झडप समेत भएको छ ।  बिहिवार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ८७०० नम्बरको बसले ठक्कर दिँदा मोहोन्याल गाउँपालिका–७ का ३७ वर्षीय डम्बरबहादुर विष्टको मृत्यु भएको थियो ।  लम्कीचुहा नगरपालिका–२ गणेशपुर चोकमा पैदलयात्रा गरीरहेका बिष्टलाई बसले ठक्कर दिदा गम्भीर घाइते भएका थिए। बिष्टलाई उपचारको लागि लालरत्न अस्पताल पुगाइएको थियो । तर त...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज