Advertisement

हाम्रो बारेमा

केदारस्यूँ गाउँपालिकाद्वारा प्रजिअ ठकुराठीको दादागिरी, गैरकानुनी हस्तक्षेप र ‘गिरफ्तारी शैलीको’ धम्कीविरुद्ध कडा आपत्ति, संघर्षका कार्यक्रमको चेतावनी

केदारस्यूँ गाउँपालिकाद्वारा प्रजिअ ठकुराठीको दादागिरी, गैरकानुनी हस्तक्षेप र ‘गिरफ्तारी शैलीको’ धम्कीविरुद्ध कडा आपत्ति, संघर्षका कार्यक्रमको चेतावनी

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
  बझाङ - बझाङको केदारस्यूँ गाउँपालिकाले प्रमुख जिल्ला अधिकारी कैलाश बहादुर ठकुराठीले कर्मचारीमाथि दादागिरीपूर्ण व्यवहार, गैरकानुनी हस्तक्षेप र गिरफ्तारी शैलीको धम्कीदिएको भन्दै कडा आपत्ति जनाएको छ । केदारस्यूँ गाउँपालिका वडा नम्बर-४ मा कार्यरत वडा सचिव अमर भण्डारीमाथि प्रमुख जिल्ला अधिकारी ठकुराठीले दादागिरीपूर्ण व्यवहार, गैरकानुनी हस्तक्षेप र गिरफ्तारी शैलीको धम्कीदिएको भन्दै कडा आपत्ति जनाएको हो । आज बिहीबार संयुुक्त रुपमा गाउँपालिकामा कार्यरत कर्मचारीले विज्ञप्ति जारी गर्दै प्रजिअको उक्त कार्यप्रति आपत्ति जनाएका छन् । विज्ञप्तिअनुसार, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र कर्मचारी समायोजन ऐन २०७५ ले स्थानीय तहमा सेवा गठन तथा कर्मचारी समायोजनका विषयमा पूर्ण अधिकार दिएको भए पनि प्रजिअद्वारा सो अधिकारमा प्रत्यक्ष हस्तक्षेप भएको छ। जिल्ला कारागार कार्यालय बझाङमा खरिदार पदबाट समायोजन भई ...
बझाङको मष्टा गाउँपालिका-१ मा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न, अध्यक्षमा ओखेडा

बझाङको मष्टा गाउँपालिका-१ मा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न, अध्यक्षमा ओखेडा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको मष्टा गाउँपालिकामा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ । मष्टा गाउँपालिका नेकपा एमाले वडा नं १ को वडा अधिवेशन बिहीबार सम्पन्न भएको हो । नेपाल एमाले वडा कमिटी अध्यक्ष नवराज खड्काको अध्यक्षता भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । मदन बहादुर ओखेडाको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी गठन गरिएको नेकपा एमाले मष्टाले जनाएको छ । वडा कमिटी उपाध्यक्षमा तुलछी देवी खड्का , सचिवमा भक्त रोकाया, उपसचिवमा सिंगविर खड्का र बिरेन्द्र खड्का रहेका छन् । कार्यक्रममा नेकपा एमालेका नेताकार्यकर्ता तथा पार्टी प्रति आस्थावान व्यक्तिहरूको उपस्थिति रहेको थियोे ।...
सहकारी ठगी प्रकरण : रास्वपा सभापति रवि र छविकाे मुद्दा स्थगित

सहकारी ठगी प्रकरण : रास्वपा सभापति रवि र छविकाे मुद्दा स्थगित

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा पनि स्थगित भएको छ । न्यायाधीश स्वीकृति पराजुली र अवनी मैनाली भट्टराईको संयुक्त इजलासमा परेको पेशी बिहीबार लामिछानेका कानुन व्यवसायीले स्थगित गरेका हुन् । काठमाडौँ जिल्ला अदालतले धरौटी माग्ने आदेशविरुद्ध रवि र छवि उच्च अदालत गएका थिए । त्यस्तै आज उच्च अदालत बुटवलमा तोकिएको पेशी पनि स्थगित भएको छ ।बिगो बमोजिम रकम बुझाई थुनाबाहिर बसेर मुद्दा लड्न पाउने माग गर्दै रास्वपा सभापति रवि लामिछानेले दिएको निवेदनमाथिको सुनुवाइ स्थगित भएको हो। बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको निवेदनमा आजका लागि पेसी तोकिएको थियो ।...
दार्चुलामा मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दै, झन्डै १ हजार ३ सय मतदाता थपिए

दार्चुलामा मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दै, झन्डै १ हजार ३ सय मतदाता थपिए

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
दार्चुला- दार्चुलामा मतदाता नामावली दर्ता गर्नेहरुको संख्या बढ्दै गएको छ । नामावली दर्ता गर्ने समय सकिनैं लाग्दा जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गर्न आउनेहरूको संख्या बढ्दै गएको हो । फागुन २१ गतेको लागि निर्धारित प्रतिनिधि सभा निर्वाचन लक्षित भइरहेको अध्यावधिक कार्यमा बुधबार सम्म करिब १ हजार ३ सय मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीले बताए । जोशीका अनुसार गत असोज १० देखि बुधरबार कार्यालय समय सम्म ७ सय ९ पुरुष र ५ सय ७९ महिला गरि १ हजार २ सय ८८ जना नयाँ मतदाता थपिएका छन् । त्यस्तै १६ जना अन्य जिल्लाका नागरिकले पनि जिल्ला निर्वाचन कार्यालय दार्चुलाबाट मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । यस अघि कार्तिक ३० गते सम्म अद्यावधिक गर्ने समय तोकिएकोमा नाम दर्ता गराउनेको संख्यालाई लक्षित गरि आयोगले मंसिर ५ गते भोली सम्म समय थपेको थियो ।...
एनपीएलमा आज लुम्बिनी र चितवन खेल्दै

एनपीएलमा आज लुम्बिनी र चितवन खेल्दै

Breaking News 2, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज लुम्बिनी लायन्स र चितवन राइनोज खेल्दै छन । गत सिजन पुछारमा रहँदै (एनपीएल) अन्त्य गरेको लुम्बिनी लायन्सले दोस्रो संस्करणको पहिलो खेलमा आज चितवन राइनोजविरुद्ध चुनौती प्रस्तुत गर्न लागेकाे हाे । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ । गएको सोमबारदेखि सुरु भएको प्रतियोगितामा लुम्बिनीको यो पहिलो खेल हो । चितवन भने आज लुम्बिनीविरुद्ध मैदान उत्रिँदा लगातार दोस्रो जितको खोजीमा हुनेछ । चितवनले यसअघि पहिलो खेलमा कर्णाली याक्सविरुद्ध पाँच विकेटको जित निकालेको थियो । एनपीएलको इतिहासमा यी दुई टिमबीच यसअघि पहिलो संस्करणमा एकपटक प्रतिस्पर्धा भएको थियो । पहिलो संस्करणको लिग चरणमा भेट हुँदा लुम्बिनीले ३३ रनको जित निकालेको थियो । एनपीएलमा हालसम्म लुम्बिनीले निकालेको यो नै एकमात्र जितसमेत हो । प्रतियोगिताको दोस्रो संस्क...
आज कोशी प्रदेशका हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना

आज कोशी प्रदेशका हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
कोशी प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात हुन सक्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर कुनै ठूलो मौसमी प्रणालीको प्रभाव छैन, त्यसैले अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहनेछ। दिउँसो कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बादल लाग्ने अनुमान गरिएको छ। त्यसमध्ये पनि कोशी प्रदेशका हिमाल नजिकका एक–दुई ठाउँमा हल्का पानी पर्न वा हिमपात हुने सम्भावना अधिक छ। बाँकी क्षेत्रमा मौसम सफैँ रहनेछ। राति पनि कोशी, गण्डकी र कर्णालीका पहाडी ठाउँमा केही बादल देखिए पनि अधिकांश भागमा मौसम खुला रहने मौसम महाशाखाले जनाएको छ। आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो ।...
सुर्मा गाउँपालिकामा बाख्रा चराउने क्रममा भालुको आक्रमणबाट एक जना घाइते

सुर्मा गाउँपालिकामा बाख्रा चराउने क्रममा भालुको आक्रमणबाट एक जना घाइते

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको सुर्मा गाउँपालिकामा बाख्रा चराउन गएका एक युवक भालुको आक्रमणबाट घाइते भएका छन् । सुर्मा गाउँपालिका–२ गजौनका २७ वर्षीय बिक्रम रोकाया भालुको आक्रमणबाट घाइते भएका हुन् । बुधबार जंगलमा बाख्रा चराउने क्रममा ‘सम्राल’ वनक्षेत्रमा रोकायालाई दिउँसो करिब १ बजेतिर अचानक भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। रोकायाको टाउको, अनुहार, हातलगायत शरीरका विभिन्न भागमा गम्भीर घाउ परेको छ। उनले तत्कालै प्रतिकारस्वरूप लात्ताले प्रहार गर्दा भालु भागेको प्रहरीले बताएको छ। घाइते रोकायाको अवस्था मध्यम रहेको र जिल्ला अस्पताल बझाङमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ।...
एनपीएलमा सुदूरपश्चिम रोयल्सको विजयी सुरुवात

एनपीएलमा सुदूरपश्चिम रोयल्सको विजयी सुरुवात

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाण्डौ- नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ। बुधबार कीर्तिपुरको त्रिवि मैदानमा भएको खेलमा सुदूरपश्चिमले काठमाण्डु गोर्खाजलाई २९ रनले हरायो। सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याउँदै उतरेको काठमाण्डु १६.५ ओभरमै सबै विकेट गुमाउँदै ११८ रनमै समेटिएको थियो। काठमाण्डुका आकाश त्रिपाठीले ३४ र जोन जिमसनले २४ रन बनाए। बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्गेलिजन, हेमन्त धामी र हर्मित सिंहले २–२ विकेट लिए भने नरेन साउद, अविनाश बोहोरा र इशान पाण्डेले एक–एक विकेट हात पारे। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा १४७ रन जोडेको थियो। टोलीका हर्मित सिंहले सर्वाधिक ५३ रन बनाए भने कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन थपे। काठमाण्डुको बलिङतर्फ कप्तान करण केसीले ४ विकेट लिए। यस संस्करणको एनपीएलमा काठमाण्डु, सुदूरपश्चिम, जनकपुर, विराटनगर किङ्ग्स, चित...
एनपीएल क्रिकेट: आज काठमाण्डौ गुर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै

एनपीएल क्रिकेट: आज काठमाण्डौ गुर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाण्डौ- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एउटा रोमाञ्चक खेल हुँदैछ। दिउँसो ४ बजे काठमाण्डौ गुर्खाज र सुदूरपश्चिम रोयल्स एक–अर्कासँग भिड्न लागेका छन्। उद्घाटन खेलमा काठमाण्डौले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै उत्कृष्ट सुरुआत गरेको छ। सुदूरपश्चिम रोयल्स भने आज पहिलोपटक मैदान उत्रँदैछ। हिजो भएका दुई खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो भने विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई ५३ रनले हराउँदै शानदार जित निकाल्यो। सोही खेलमा विराटनगरले एनपीएल इतिहासकै सर्वाधिक २२० रन बनाएको थियो। यस वर्षको एनपीएलमा विराटनगर, जनकपुर, काठमाण्डौ, चितवन, कर्णाली, सुदूरपश्चिम, पोखरा र लुम्बिनी गरी आठ टोली प्रतिस्पर्धामा छन्। मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल मंसिर २७ गते निर्धारित छ।...
सुदूरपश्चिममा १५ हजारभन्दा बढी नयाँ मतदाता थपिए

सुदूरपश्चिममा १५ हजारभन्दा बढी नयाँ मतदाता थपिए

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशमा १५ हजारभन्दा बढी मतदाता थपिएका छन्।प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमले दिएको जानकारीअनुसार प्रदेशभर १५ हजार १८६ मतदाता थपिएका छन्।प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार १० असोज यता सबैभन्दा बढी कैलाल र कञ्चनपुरमा मतदाता थपिएका छन् । कैलालीमा छ हजार ९३ जना मतदाता थपिएका छन्।यस्तै,कञ्चनपुरमा तीन हजार ७२२ जना र दार्चुलामा एक हजार १४९ मतदाता थपिएका छन्।अछाममा नौ सय छ, बझाङमा आठ सय ५८, बाजुरामा सात सय २७, बैतडीमा छ सय ९५, डडेल्धुरामा पाँच सय ३५ र डोटीमा पाँच सय एक जना मतदाता थपिएका भट्टले जानकारी दिए। ०७९ सालमा भएको निर्वाचनमा सुदूरपश्चिमभरि मतदाता संख्या १६ लाख ५८ हजार थियो।प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टले ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता हुने जानकारी दिए।...
देशभर मौसम सफा, कोशीका हिमाली भेगमा हल्का वर्षा–हिमपातको सम्भावना

देशभर मौसम सफा, कोशीका हिमाली भेगमा हल्का वर्षा–हिमपातको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ- आज देशभरको मौसम सामान्यतया सफा छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएकाले अधिकांश क्षेत्रमा खुला मौसम अनुभव भइरहेको छ। दिउँसो कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली देखिन सक्ने अनुमान गरिएको छ। त्यस्तै, कोशी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ। काठमाण्डौ उपत्यकामा आज बिहान पौने ६ बजे न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसो उपत्यकाको तापक्रम २०–२२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। देशभर चिसो क्रमिक रूपमा बढ्दै गएको महाशाखाले जनाएको छ।...
आज विश्व शौचालय दिवस

आज विश्व शौचालय दिवस

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ– आज विश्व शौचालय दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ। व्यक्तिगत, सामुदायिक, सरकारी तथा गैरसरकारी संस्थाहरूले सरसफाइ सचेतना र पानी–सफाइ सम्बन्धी गतिविधि सञ्चालन गरिरहेका छन्। विद्यालयहरूमा सरसफाइ कक्षा, सार्वजनिक छलफल, नीतिसंवाद र अनुभव आदान–प्रदानजस्ता कार्यक्रम पनि हुँदैछन्। यो दिवसले सुरक्षित र पर्याप्त खानेपानी उपलब्ध गराउने, खुला दिसापिसाब गर्ने बानी हटाउने र दिगो तथा स्वच्छ सरसफाइ सेवा विस्तार गर्ने सन्देश दिन्छ। सन् २०१३ देखि मनाइँदै आएको विश्व शौचालय दिवसको मुख्य उद्देश्य सबैका लागि पहुँचयोग्य र सुरक्षित शौचालय सुनिश्चित गर्नु हो। यसका साथै पानीको गुणस्तर सुधार, जलस्रोतको दिगो व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहकार्य र क्षमता अभिवृद्धिलाई प्रोत्साहन गर्ने लक्ष्य पनि यसमा समावेश छ। राष्ट्रसंघका अनुसार विश्वभर तीन अर्ब ४० करोड मानिस अझै पनि सुरक्षित रूपमा व्यवस्थित सरसफा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज