
कैलाली – कैलालीमा बिहीबार एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।
गोदावरी नगरपालिका–१ भरतपुरकी अन्दाजी २३ वर्षीया कोपिला जोशी मोटरबाट पानी तान्दा करेन्ट लागेर घाइते भएकि थिइन् ।
घाइते जोशीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो ।
उपचार सम्भव नभएपछि अस्पतालले उनलाई दिउँसो मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिएका छन् ।