
कैलाली – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका-१६ मझगाँउका २३ वर्षीय दिपेन्द्र भण्डारीको मृत्यु भएको हो ।
भीमदत्त नगरपालिका-१५ गोबरिया स्थित महेन्द्रनगर–मझगाँउ सडक खण्डमा म २ प ३१६९ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिन गई बिहीबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीलाई तत्काल उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पुर्याउदा डाक्टरले जाँच गर्दा मृत घोषणा गरेको जनाइएको छ ।

