Advertisement

केएमसीको प्रस्तुति ‘बीबीएम फेस्ट २०२३’ सम्पन्न 

Advertisement

धनगढी – केएमसीको प्रस्तुति ‘बीबीएम फेस्ट २०२३’ आज शुक्रबार सम्पन्न भएको छ ।

धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसको बीबीएम सातौं सेमेस्टरका विद्यार्थीहरुद्वारा आयोजित बीबीएम फेस्ट आज रुबस होटलमा समापन गरिएको हो ।

असोज ८ गतेबाट सुरुवात भएको उक्त फेस्ट अन्तर्गत क्याम्पसमा स्टल प्रदर्शनी, साङ्गितिक र खेलकुद लगायतका विभिन्न कार्यक्रम गरिएका थिए ।

कैलाली बहुमुखी क्याम्पसका सह-क्याम्पस प्रमुख, ठाकुर प्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यता रहेको आजको समापन कार्यक्रममा बीबीएम फेस्टका कार्यक्रम संयोजक तथा बीबीएम सातौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी, फणेन्द्र ओझाको अध्यक्षता रहेकोे थियोे ।

कार्यक्रममा साङ्गितिक, नृत्य प्रस्तुति, पुरस्कार वितरण, अतिथिहरुको शुभकामना मन्तव्य र प्यानल डिस्कसन लगायतका कार्यक्रम गरिएका छन् । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा क्याम्पसका सह-क्याम्पस प्रमुख, ठाकुर प्रसाद ढुङ्गेलले यस कार्यक्रमको आयोजना गरिरहँदा विद्यार्थीले आफ्नो क्षमता निखार्ने अवसर पाएको र बीबीएमका विद्यार्थीले बजारमा राम्रो प्रतिस्पर्धा गरिरहेको बताए ।

त्यस्तै कार्यक्रमले क्याम्पसको गौरव बढेको बताउँदै बीबीएम कार्यक्रमका कार्यक्रम संयोजक, पुर्णानन्द जोशीले अगामी दिनमा पनि यस्तै कार्यक्रम गर्न अन्य विद्यार्थीलाई पनि आग्रह गरेका छन् ।

बीबीएममा अध्ययनरत विद्यार्थीलाई आगामी दिनको शुभकामना दिँदै पढेको कुरा आफूमा लागु गर्न र क्याम्पसले यस्तै कार्यक्रम आयोजना गरिराख्नुपर्ने सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार डाक्टर, हेमराज पन्तले बताए ।

त्यस्तै कैलाली बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष, यमराज जोशीले बीबीएम अध्ययनरत विद्यार्थीले कुनै व्यापार व्यवसाय गर्न प्रस्ताव लगेपछि प्रसाशनले सक्दो गरिदिन र बीबीएममा अध्ययनरत विद्यार्थीले अन्य संकायमा अध्ययनरत विद्यार्थीलाई पनि व्यवसायी बन्न सकिने बाटाहरु देखाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज