Advertisement

हाम्रो बारेमा

टोकियोमा दुई विमान एकपासमा ठोक्किँदा भीषण आगलागी

समाचार
काठमाडौं - जापान एयरलाइन्सको एक विमान अवतरणका क्रममा रनवेमा अर्को विमानसँग ठोक्किदा भीषण आगलागी भएको छ । जापानको राजधानी टोकियोमा रहेको हनेदा विमानस्थलमा साँझ विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठक्कर खाँदा आगलागी भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ । जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु तथा क्रू मेम्बरलाई सुरक्षित रुपमा निकालिएको छ । एनएचकेले जारी गरेको भिडियो फुटेजमा विमानको भर्‍याङबाट धुँवा निक्लिएको देखिन्छ । यता, समाचार एजेन्सी रोयटर्सका अनुसार रनवेमा रहेका कोस्ट गार्डको विमानको ठक्करका कारण उक्त दुर्घटना भएको हो ।...

डडेल्धुरा मेडिकल कलेजमा माघदेखि कक्षा सञ्चालन

समाचार
धनगढी -  डडेल्धुरा मेडिकल कलेजले कक्षा सञ्चालनको तयारी अघि बढाएको छ ।  कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको अनुमति पाएसँगै कक्षा सञ्चालनको तयारी अघि बढेको हो ।  सुदूरपश्चिम विश्वविद्यालयमातहतको कलेजमा माघदेखि कक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ । सञ्चालन अनुमति पाएर छात्रवृत्तिका विद्यार्थी भर्नासमेत भइसकेपछि २९ माघदेखि कक्षा सञ्चालन गरिने तयारी छ । विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी सञ्चालनको अनुमति पाएर छात्रवृत्तिका सातजना विद्यार्थी भर्ना भएसँगै २९ माघदेखि कक्षा सञ्चालन हुने सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले बताए । १० जनाको कोटा पाएकोमा बाँकी तीनजना भने शुल्क तिरेर पढ्न पाउने उनले बताए । विशिष्ट सेवासहितको संघीय अस्पतालका रूपमा रहेको डडेल्धुरा अस्पताललाई नै सरकारले मेडिकल कलेज घोषणा गरेको हो । डडेल्धुरा अस्...

रुसी सेनामा कार्यरत कैलालीका एकसहित थप ३ नेपालीको मृत्यु

समाचार
काठमाडौँ - रुसी सेनामा भर्ती हुन गएका कैलालीका एक जनाको मृत्यु भएको छ । उनको रुस–युक्रेन युद्धमा मृत्यु भएको हो ।  परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा कैलालीका भरतबहादुर शाह रहेका छन् । उनीसँगै थप दुई जनाको पनि मृत्यु भएको छ । स्याङ्जाका हरिप्रसाद अर्याल र धार्दिङका राजकुमार गिरीको मृत्यु भएको हो । योसँगै रुस–युक्रेन युद्धमा गएर मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ । परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा पुस ४ सम्ममा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको जनाएको ।  जसमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल छन् । रुसी सेनामा भर्ती भएर युक्रेनी फौजले ४ जना नेपालीलाई कब्जामा लिएका छन् । उनीह...

महिला भलिबलमा एपीएफ च्याम्पियन

समाचार
काठमाडौं - विभागीय टोली एपीएफले केशवलाल स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा एपीएफले चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड युथ स्पोर्टस् क्लबलाई ३–१ सेटले पराजित गरेको हो । एपिएफले न्यु डायमण्डलाई १९–२५, २५–२०, २५–१७, २५–२३ को सेटमा हरायो । मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको संयुक्त आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको सहयोगमा भएको प्रतियोगिताको विजेता एपीएफले २ लाख र उपविजेता न्यू डनयमण्डले १ लाख प्राप्त गर्‍यो । च्याम्पियन एपीएफकी निरुता ठगुन्ना उत्कृष्ट खेलाडी घोषित भइन् । उनले १५ हजार प्राप्त गरिन् । व्यक्तिगत उत्कृष्टमा न्यू डनायमण्डक र एपीएफमै वर्चस्व रह्यो ।...

धनगढीको एक पसलमा आगलागी हुँदा २० लाखको क्षति 

समाचार
धनगढी - धनगढीको एक पसलमा आगलागी हुँदा २० लाख बराबरको क्षति भएको छ ।  धनगढी उपमहानगरपालिका–१ शान्तिनगरस्थित सागर सम्शेर राणाको जय श्री चन्डिका ट्रेडर्स एण्ड सप्लायर्समा विद्युतको तार सर्ट भएर आगलागी भएको हो । आगलागी हुँदा खाद्यान्न, किराना सामान तथा पेय पदार्थ साथै पसल भित्र पार्किङ गरिराखेको स्कुटि समेतमा आगलागी हुँदा अन्दाजी २० लाख मुल्य बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिई आगलागी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।...

इङ्ग्लिस प्रिमियर लिग : न्युक्यासललाई हराउँदै लिभरपुल ४–२ गोलले विजयी  

समाचार
काठमाण्डाैं - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले तीन अङ्कको अग्रता बनाएको छ ।  गएराति भएको खेलमा शीर्षस्थानको लिभरपुलले न्युक्यासललाई ४–२ गोलले हरायो । जितसँगै लिभरपुलको २० खेलमा ४५ अङ्क भएको छ । दोस्रो स्थानमा रहेको एस्टनभिल्लाको समान खेलमा ४२ अङ्क छ । लिभरपुलसँग पराजित न्युक्यासलको २० खेलमा २९ अङ्क रहेको छ ।...

मन्त्रीपरिषद् बैठकको खाजा खर्च कटौती : वार्षिक ६० लाख बचत

समाचार
काठमाडौँ - मन्त्रीपरिषद्को बैठकमा हुँदै आएको खाजा खर्च कटौती भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकमा उक्त खाजा खर्च कटौती गरिएको जनाएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले सोमबारदेखि मन्त्रीपरिषद् बैठकको खाजा खर्च कटौती गरेको हो ।  बैठकमा प्रधानमन्त्री प्रचण्डले ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको बताए ।  प्रत्येक मन्त्रीपरिषद् बैठकमा खाजाबापत करिब ६० हजार रुपियाँ खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । त्यस अनुसार वर्षमा एक सयभन्दा बढी मन्त्रीपरिषद्का बैठकमा हुने करिब ६० लाख रुपियाँ खर्च कम हुने भएको छ । नयाँ व्यवस्था अनुसार बैठकमा सामान्य खाजा खुवाउन सुरु गरिएको छ ।...

बझाङमा डोजर दुर्घटना : चालकको मृत्यु

समाचार
बझाङ - जिल्ला सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  गए राति  १० बजे पुरानो बसपार्क डोजर दुर्घटना हुँदा त्यसका चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले बताए । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ सूचना अधिकारी चौधरीको नेतृत्वमा १५ जनाको सुरक्षा टोली घटनास्थल पुगेको थियो ।   जेसीबी बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ जाँदै गर्दा सडकबाट २० मिटर तल खसेको र चालक कठायत सिटमुनि च्यापिँदा घटनास्थलमै मृत्यु भएको भेटिएको सूचना अधिकारी चौधरीले बताए । मृतक कठायतको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।...

धनगढीको जाखोर तालमा आन्तरिक पर्यटक बढ्दै

समाचार
धनगढी - अङ्ग्रेजी नयाँ वर्ष र सुदूरपश्चिमको मौलिक पर्व पुसे १५ को बेला धेरै आन्तरिक पर्यटकले धनगढीस्थित जाखोर तालको अवलोकन गरेका छन् ।  नगर क्षेत्रमा महत्वपूर्ण पर्यटकीयस्थलको रुपमा रहेको जाखोर तालमा पिकनिक खानेदेखि लिएर घुमघाम गर्नेको भिड भएको हो । जाडो भएपछि जाखोर तालमा घुमघाम गर्न आउनेको सङ्ख्यामा कमी आए पनि नयाँ वर्ष र पुसे १५ को दिन दसैं, तिहारताका जत्तिकै आन्तरिक पर्यटक आएका छन् ।  धनगढी उपमहानगरपालिका –७ देवहरियामा रहेको जाखोर ताल धनगढी उपमहानगरपालिकाको पर्यटन गन्तव्य स्थल हो । ...

कैलालीमा सशस्त्रद्वारा चौतारी निर्माण हुँदै 

समाचार
धनगढी - कैलालीमा सशस्त्रले चौतारी निर्माण कार्य थालेको छ ।  जिल्लाको टीकापुर नगरपालिका-७ मा सार्वजनिक चौतारी निर्माणको कार्य शुभारम्भ भएको हो।  नगरपालिकाको आयोजनामा सोमबार एक कार्यक्रमकाबीच सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणा अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाल र समुदाय बीचको साझेदारीमा सार्वजनिक चौतारी निर्माणको शुभारम्भ गरिएको हो ।  नगरपालिका प्रमुख रामलाल डगौरा थारुको प्रमुख आतिथ्यता चौतारी निर्माणको सुभारम्भ गरिएको बताइएको छ ।...

वरिष्ठ पत्रकार पोखरेलको निधन

समाचार
काठमाडौँ - वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा आज निधन भएको छ । राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य, नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) का संस्थापक महासचिव र दुई कार्यकाल अध्यक्ष भएका पोखरेल गोरखापत्र दैनिकका पूर्वसम्पादक र ‘मुना’ बाल मासिक (बालपत्रिका) का संस्थापक प्रधानसम्पादक पनि थिए । गोरखापत्र संस्थानको राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त पोखरेल पछिल्लो समयमा फोक्सोसम्बन्धी समस्याबाट पीडित थिए । एनपीआईका कार्यसमिति सदस्य कपिल काफ्लेका अनुसार पोखरेलको आज बिहान १०ः३० बजे निधन भएको हो ।  उनले पोखरेल नेपाली पत्रकारिताका धरोहर रहेको बताए । पोखरेलका छोरा अष्ट्रेलियाबाट आएपछि पार्थिव शरीरलाई मङ्गलबार बिहान अन्त्येष्टि गरिने जनाइएको छ । दिवङ्गत पोखरेलका श्रीमती, एक छोरा र दुई छोरी छन् ।...

बालकुमारी घटना : मृतकका परिवार र सरकारबीच सहमति

समाचार
काठमाडौँ - बालकुमारी घटनामा ज्यान गुमाएका परिवार र सरकारपक्षबिच सोमबार चार बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा आज भएको सहमतिअनुसार मृतकको परिवारलाई परिवारको सल्लाहमा एक-एक जनालाई उपयुक्त खालको रोजगारीको व्यवस्था गराउने, सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने, मृतक विरेन्द्र शाह र सुजन राउतलाई सहिद घोषणा गर्न आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने र मृतकको परिवारले सोमबार नै शव बुझिलिने,  मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्‍याउने प्रवन्ध गृहमन्त्रालयले मिलाउने सहमति भएको छ ।  दुई पक्षबिच भएको सहमतीपत्रमा नेपाल सरकारको तर्फबाट गृहमन्त्रालयका उपसचिव उमाकान्त अधिकारी तथा मृतक परिवारको तर्फबाट मृतक विरेन्द्रका बुवा टेकबहादुर शाह र मृतक सुजनका माम...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज