
धनगढी – अङ्ग्रेजी नयाँ वर्ष र सुदूरपश्चिमको मौलिक पर्व पुसे १५ को बेला धेरै आन्तरिक पर्यटकले धनगढीस्थित जाखोर तालको अवलोकन गरेका छन् ।
नगर क्षेत्रमा महत्वपूर्ण पर्यटकीयस्थलको रुपमा रहेको जाखोर तालमा पिकनिक खानेदेखि लिएर घुमघाम गर्नेको भिड भएको हो ।
जाडो भएपछि जाखोर तालमा घुमघाम गर्न आउनेको सङ्ख्यामा कमी आए पनि नयाँ वर्ष र पुसे १५ को दिन दसैं, तिहारताका जत्तिकै आन्तरिक पर्यटक आएका छन् ।
धनगढी उपमहानगरपालिका –७ देवहरियामा रहेको जाखोर ताल धनगढी उपमहानगरपालिकाको पर्यटन गन्तव्य स्थल हो ।

