
धनगढी – कैलालीमा सशस्त्रले चौतारी निर्माण कार्य थालेको छ ।
जिल्लाको टीकापुर नगरपालिका-७ मा सार्वजनिक चौतारी निर्माणको कार्य शुभारम्भ भएको हो।
नगरपालिकाको आयोजनामा सोमबार एक कार्यक्रमकाबीच सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणा अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाल र समुदाय बीचको साझेदारीमा सार्वजनिक चौतारी निर्माणको शुभारम्भ गरिएको हो ।
नगरपालिका प्रमुख रामलाल डगौरा थारुको प्रमुख आतिथ्यता चौतारी निर्माणको सुभारम्भ गरिएको बताइएको छ ।