
काठमाण्डाैं – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले तीन अङ्कको अग्रता बनाएको छ ।
गएराति भएको खेलमा शीर्षस्थानको लिभरपुलले न्युक्यासललाई ४–२ गोलले हरायो । जितसँगै लिभरपुलको २० खेलमा ४५ अङ्क भएको छ ।
दोस्रो स्थानमा रहेको एस्टनभिल्लाको समान खेलमा ४२ अङ्क छ । लिभरपुलसँग पराजित न्युक्यासलको २० खेलमा २९ अङ्क रहेको छ ।

