धनगढी - प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालको समग्र शिक्षा क्षेत्र सुधारका लागि माघ महिनाभर सञ्चालन गर्ने शैक्षिक सुधार अभियानका कार्यक्रमहरू घोषणा गरेको छ ।
शनिबार धनगढी स्थित आस्था होटलको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि देशको समग्र शिक्षा क्षेत्र सुधारका लागि राष्ट्रव्यापी शैक्षिक अभियानका कार्यक्रमहरू घोषणा गरेको हो ।
विद्यार्थी परिषद्का केन्द्रिय सदस्य मणिराम चौलागाई, नगर सचीव गौरव भट्ट, छात्रा प्रमुख सुनिता भट्ट, पत्रकार महासंघ कैलाली जिल्ला अध्यक्ष हिमाल जोशी र धनगढीका विभिन्न मिडियाका पत्रकार सामाजिक एवं शैक्षिक व्यक्तिको विशेष उपस्थितमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा अभियानका केन्द्रिय सदस्य मणिराम चौलागाई देशको समग्र शैक्षिक अवस्था विस्तारै खस्कदै गइरहेकोले विद्यार्थी परिषद्ले प्रवेश, परीक्षा, परिणाम, पात्रो र पाठ्यक्रम सुधा...