बाजुराको कोल्टीबाट दुई जना गर्भवतीको हेलिकप्टरमार्फत् उद्धार
काठमाण्डौं – बाजुराको पूर्वी उत्तरी भेग बुढीनन्दा नगरपालिका–२ को कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट दुई जना गर्भवतीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ ।
बुढीनन्दा नगरपालिका–१ जमसालकी २५ वर्षीया सम्झना खत्री र पिपलडालीकी २९ वर्षीया सरस्वती विष्टलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको डा. रञ्जित शाहले बताए ।
खत्री र विष्टलाई तत्काल अप्रेसन गरी बच्चा झिक्नुपर्ने अवस्था रहेको हुँदा हिजो सुर्खेत पठाइएको डा. शाहको भनाइ छ । उनका अनुसार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जिल्ला अस्पताल बाजुराबाट अक्सिजन भरेर ल्याउने गरेको भए पनि अस्पतालमा अक्सिजन प्लान्ट बिग्रेपछि गर्भवतीलाई रिफर गर्नुपरेको हो ।
गर्भवतीको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए । दुर्गम तथा विकट जिल्लाका गर्भवती र सुत्केरीको उद्धारका ला...


