Advertisement

हाम्रो बारेमा

DDA मा दर्ता नभएका ‘डायट्री सप्लिमेन्ट र न्युट्रासिटिकल’ सिफारिस नगर्न डाक्टरलाई ट्रमा सेन्टर र भरतपुर अस्पतालको निर्देशन !

DDA मा दर्ता नभएका ‘डायट्री सप्लिमेन्ट र न्युट्रासिटिकल’ सिफारिस नगर्न डाक्टरलाई ट्रमा सेन्टर र भरतपुर अस्पतालको निर्देशन !

समाचार
औषधि व्यवस्था विभागमा दर्ता नभएको 'डायट्री सप्लिमेन्ट र न्युट्रासिटिकल' सिफारिस नगर्ने चिकित्सकहरुलाई निर्देशन दिइएको छ। ट्रमा सेन्टर काठमाडौं र भरतपुर अस्पताल चितवनले सूचना जारी गर्दै यस्तो निर्देशन दिएका हुन्।  ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपेरिन्डेन्ट डा बद्रि रिजालले एक सूचना जारी गर्दै  औषधी व्यवस्था विभागमा दर्ता/स्वीकृत भएका अत्यावश्यक बाहेक कुनै पनि खाद्यपूरक सामाग्रीहरु (न्यूट्रास्युटिकल) सिफारिस नगर्न/नगराउन भनेका छन्। 'गैरकानुनी रूपमा आयात गरी औषधि पसलबाट फर्मास्युटिकल वनावट ( ट्यावलेट / क्याब्सुल / सिरप) गैरकानुनी रूपमा विक्री वितरण भएकोले यस्ता औषधी पैठारी, विक्री वितरण, सञ्चय, परिवहन तथा विरामीलाई सिफारिस नगर्न विभागले अनुरोध गरेको थियो। सोही अनुसार अस्पतालले रोक लगाएका हुन्। निर्देशन विपरिता त्यस्तो सिफारिस गरिएको भेटिएमा सम्बन्धित चिकित्सक/ स्वास्थ्यकर्म...

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

समाचार
दाङ - लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुनेभएको छ ।  आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । उनका अनुसार आजको बैठकमा सभामुखले  प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धीे, मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन सम्बन्धीे र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।  यस्तै दलको तर्फबाट प्रदेशसभा सदस्यले शुभकामना व्यक्त गर्ने कार्यसूचि पनि रहेको छ । यस्तै यही फागुन १९ गते प्रदेशसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाइएको छ । ...

वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई, नेपाल उपविजेता

समाचार
धनगढी – वाफ महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।  साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा गएराति सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग पेनाल्टीमा ५–३ गोलले पराजित भएको हो । योसँगै जोर्डन छैटौँ पटक उपाधि जित्न सफल भएको छ । नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो । खेलको मध्यान्तरसम्म नेपालले १–० गोलको अग्रता बनाएको थियो । नेपालका लागि सविता राना मगरले खेलको २९ औँ मिनेटमा गोल गरेकी थिइन् । त्यस्तै खेलको ७४औँ मिनेटमा जोर्डनकी लाना फेरासले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याइन् । त्यसपछि खेलको ८९औँ मिनेटमा जोर्डनले खेलमा दोस्रो गोल गर्‍याे । जोर्डनका लागि साराह अबु साबाहले गोल गरिन् । खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा पेनाल्टीमा नेपालकी गीता रानाले गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो । त्यसपछि खेल पेना...

केएमसीमा स्नातकोत्तर प्रथम सेमेस्टरलाई स्वागत तथा अभिमुखिकरण 

समाचार
धनगढी - धनगढीको केएमसीमा स्नातकोत्तर तह प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीका लागि स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ । बिहीबार कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातकोत्तर तह तेस्रो सेमेस्टरका विद्यार्थीको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । स्नातकोत्तर तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीद्वारा आयोजित उक्त कार्यक्रममा क्याम्पसका सहायक प्रमुख लोक बिष्टको प्रमुख आतिथ्यता रहेको थियो । भबिस्यमा तपाईं कहाँबाट पढेकोभन्दा पनि तपाईंको क्षमताको मूल्यांकन गरिने भएकाले हामीले छलफल अन्तरक्रिया, समिक्षा गरेर हामी सबैले अगाडि बढ्नुपर्ने क्याम्पसका सह-प्राध्यापक तथा सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक संघका केन्द्रीय सभापति राजेन्द्रवीर चन्दले बताए । क्याम्पसको लामो इतिहासले यसको आफ्नै गरिमा रहेको र उत्कृष्ट शिक्षा प्रदान गर्दै आइरहेको उनले बताए । आजको युगमा विद्यार्थीले संसारभ...

केएमसीमा खड्ग पछेरा मेमोरियल क्रीकेट टुनामेन्ट सम्पन्न 

समाचार
धनगढी - धनगढीको केएमसीमा खड्ग पछेरा मेमोरियल इन्टर फ्याकल्टी क्रीकेट टुनामेन्ट २०८० सम्पन्न भएको छ । कैलाली बहुमुखी क्याम्पसका पूर्व उप-प्राध्यापक स्वर्गीय खड्क पछेराको स्मृतिमा बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । गत फागुन १४ गतेबाट सञ्चालन भएको उक्त प्रतियोगिता क्याम्पस भित्रका विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुका जम्मा १२ टिमको सहभागिता रहेको थियाे । प्रतियोगितामा बीएसडब्लुले प्रथम स्थान ओगट्न सफल भएको छ भने बीबीएस चौथो वर्ष तथा आयोजक टिम प्रतियोगितामा दोस्रो भएको छ । प्रतियोगिताको प्रथम स्थान हासिल गरेको बीएसडब्लुले प्रमाणपत्रसहित नगद सात हजार प्राप्त गरेको छ भने दोस्रो स्थान हात पारेको आयोजक टिमले प्रमाणपत्रसहित नगद तीन हजार प्राप्त गरेको छ । प्रथम स्वर्गीय खड्ग पछेरा कप सफलता पूर्वक सम्पन्न भएको उपलक्ष्यमा सम्पूर्ण...

धनगढीको ऐश्वर्यमा युवा जुनियर रेडक्रस सर्कलद्वारा रक्तदान

समाचार
धनगढी - धनगढीको ऐश्वर्य विद्या निकेतनको ४७औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवशरमा युवा जुनियर रेडक्रस सर्कलद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।  उक्त कार्यक्रममा कक्षा ११ र १२मा अध्ययनरत विद्यार्थीहरु तथा शिक्षक कर्मचारीहरुले रक्तदान गरेका छन् । विद्यालय तहमा समय समयमा आयोजना गरिने यस्ता कार्यक्रमहरुले यूवा विद्यार्थीहरुमा रक्तदान सम्बन्धी जनचेतना जगाउनुका साथै सामाजिक भावना समेत जगाउने कुरा रेडक्रसकर्मी सोनिका बखरीयाले बताइन् ।  सप्ताहव्यापी खेलकुद कार्यक्रम समापनसंगै आयोजना गरिने अभिभावक दिवशको पूर्व सन्ध्यामा  रक्तदान आयोजना गरेर ऐश्वर्य युवा जुनियर सर्कलले सामाजिक उत्तरदायित्व निर्वाह गरेको भन्दै विद्यालयका प्राचार्य प्रेमनिधि ओझाले युवाहरुको प्रशंसा गरेका छन् । युवा रेडक्रस सर्कलका सभापती कमल खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जम्मा २१ जनाले र...

दार्चुलामा नगर प्रहरी मृत्यु प्रकरणमा एक जना पक्राउ

समाचार
दार्चुला - दार्चुलाको महाकाली नगरपालिकामा कार्यरत महिला नगर प्रहरी मृत्यु प्रकरण अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको छ । महाकाली नगरपालिका–४ खलङ्गामा डेरा गरी बस्ने महाकालीका वडा ८ कि २२ वर्षीया रविना पल्याल गत आइतबार कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।   पल्याल मृत्यु प्रकरणको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय दार्चुलाले महाकाली नगरपालिका–८ कै रोशनसिंह धामीलाई पक्राउ गरेको छ ।  मृतक युवतीको परिवारले २९ वर्षीय रोशन धामीको नाममा किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले जानकारी दिए । पक्राउ परेका युवक मृतक महिला नगर प्रहरीसँग नजिक रहेको र फोनमा कुराकानी हुनेगरेको भन्दै परिवारजनले प्रहरीमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।  प...
थलारा गाउँपालिका – ८ मा  सुन्तलाजात फलफूल बगैचा पुर्नस्थापना सम्बन्धि तालिम सुरु

थलारा गाउँपालिका – ८ मा सुन्तलाजात फलफूल बगैचा पुर्नस्थापना सम्बन्धि तालिम सुरु

बझाङ, मुख्य समाचार
बझाङ : थलारा गाउँपालिकामा सुन्तलाजात फलफूल बगैचा पुर्नस्थापना तथा ह्रास रोग नियन्त्रण कार्यक्रम सम्बन्धि तालिम सुरु भएको छ । वडा नम्बर ८ भित्रका किसानहरुको लागि आज विहीबारबाट उक्त तालिम सुरु भएको हो । सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय एवं बालि संरक्षण प्रयोगशालाको आयोजना तथा कृषि ज्ञान केन्द्र बझाङको समन्वयमा तीन दिने तालिम सञ्चालन भएको हो । सुन्तलाजात फलफूल बगैंचा कसरी स्थापना गर्ने र त्यसबाट आम्दानी कसरी लिन सकिन्छ लगाएका विषयमा सहभागीहरुलाई प्रशिक्षण गरिएको छ । आज पहिलो दिन कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर विष्टले सहभागी कृषकहरुलाई प्रशिक्षण गर्दै फलफूल खेतीको लागि सम्भावनाले भरिएको उक्त ठाउँमा किसानहरूले लगानी गरेमा प्रतिफल राम्रो पाइने बताउनुभयो । विष्टले सुन्तलाजातका फलफूल बाटै किसानले लाखौं रकम कमाएका उदाहरण दिदै जि...

खप्तडमा सात महिनामा भित्रिए आठ सय ८३ जना पर्यटक

समाचार
धनगढी – भूस्वर्गका नामले परिचित खप्तडमा सात महिनामा आठ सय ८३ जना पर्यटक भित्रिएका छन् ।  सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण पर्यटकीय क्षेत्र खप्तडमा चालु आर्थिक वर्षको सात महिनामा आठ सय ८३ जना पर्यटक भित्रिएका हुन् । खप्तड राष्ट्रिय निकुञ्जले दिएको जानकारीअनुसार यस वर्षको साउनदेखि माघ मसान्तसम्ममा १८ जना विदेशी र आठ सय ६५ जना स्वदेशी पर्यटक खप्तड घुम्न आएका हुन् ।...

कैलालीको मसुरियामा आदर्श नेपाल सुधार केन्द्र स्थापना 

समाचार
मसुरिया - कैलालीको गौरीगंगा-७, मसुरियामा आदर्श नेपाल सुधार केन्द्र स्थापना गरिएको छ ।  बुधबार गौरीगंगा नगरपालिकाका नगर प्रमुख देबिदत्त कडेलको प्रमुख आतिथ्यतामा उक्त सुधार केन्द्र को उद्घाटन गरिएको हो ।  "हाम्रो एक मात्र चाहना नशा नशा मुक्त समाजको परिकल्पना" भन्ने मुल नाराका साथ उक्त सुधार केन्द्र स्थापना गरिएको हो । उक्त कार्यक्रममा खप्तड बहुमुखी क्याम्पास प्रमुख मदन जोशी, काली रक्षा गण कर्नेल निरज थापा, मसुरिया खाने पानी अध्यक्ष कमल जोशी, गौरीगंगा नगरपालिकाका पूर्व नगर प्रमुख भिम देउवा, एमाले जिल्ला सदस्य सागर थापा, वडा नम्बर ०४ का सदस्य बलराम सापकोटा र मसुरिया व्यवस्थापन समिति अध्यक्ष हरि जोशीको विशिष्ट आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा नशा मुक्त समाज परिकल्पनाको लागि आदर्श नेपाल सुधार केन्द्र खोलिएको संस्थाका अध्यक्ष चेतराज पुरीले बताए ।  कार्यक्रममा बोल्दै...

कैलालीको मसुरियामा आदर्श नेपाल सुधार केन्द्र स्थापना 

समाचार
मसुरिया - कैलालीको गौरीगंगा-७, मसुरियामा आदर्श नेपाल सुधार केन्द्र स्थापना गरिएको छ ।  बुधबार गौरीगंगा नगरपालिकाका नगर प्रमुख देबिदत्त कडेलको प्रमुख आतिथ्यतामा उक्त सुधार केन्द्र को उद्घाटन गरिएको हो ।  "हाम्रो एक मात्र चाहना नशा नशा मुक्त समाजको परिकल्पना" भन्ने मुल नाराका साथ उक्त सुधार केन्द्र स्थापना गरिएको हो । उक्त कार्यक्रममा खप्तड बहुमुखी क्याम्पास प्रमुख मदन जोशी, काली रक्षा गण कर्नेल निरज थापा, मसुरिया खाने पानी अध्यक्ष कमल जोशी, गौरीगंगा नगरपालिकाका पूर्व नगर प्रमुख भिम देउवा, एमाले जिल्ला सदस्य सागर थापा, वडा नम्बर ०४ का सदस्य बलराम सापकोटा र मसुरिया व्यवस्थापन समिति अध्यक्ष हरि जोशीको विशिष्ट आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा नशा मुक्त समाज परिकल्पनाको लागि आदर्श नेपाल सुधार केन्द्र खोलिएको संस्थाका अध्यक्ष चेतराज पुरीले बताए ।  कार्यक्रममा बोल्दै...

नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

समाचार
धनगढी – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रनमात्र बनाउन सक्यो । नेपालका दीपेन्द्रसिंह ऐरीले ६३ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले ५०, आसिफ शेखले ३४ रन बनाए । नेदरल्यान्ड्सका रोल्फ भान डेर मेर्वे र सायब्रान्ड एङ्गेलब्रेच्टले समान २ विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनायो । नेदरल्यान्ड्सका माइकल लेभिटले ५४, सायब्रान्ड एङ्गेलब्रेच्टले नट आउट ४९ रन बनाए ।  नेपालका करण केसी र कुशल मल्लले समान १ विकेट लिए । त्रिदेशीय शृङ्खलामा नेपालसहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन् । नेपाल पहिलो खेलमा हिजो नामिबियासँग २० रनले पराजित भएको थियो ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज