Advertisement

हाम्रो बारेमा

सरकारले अध्यादेशमार्फत शासन गर्न खोज्योः प्रचण्ड

सरकारले अध्यादेशमार्फत शासन गर्न खोज्योः प्रचण्ड

समाचार
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको टिप्पणी गरेका छन्। विहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले संसद आह्वान गर्नुको सट्टा विभिन्न अध्यादेश ल्याउनु गलत भएको बताएका हुन्। सरकारले नियमित रुपमा सदन नबोलाएपछि प्रतिपक्षी दलका तर्फबाट माओवादीले विशेष अधिवेशन आह्वानको प्रयास गरिएको पनि उनले बताए। उनले वर्तमान सरकारले भ्रष्टाचार गर्ने कर्मचारीलाई बचाउन र राम्रो काम गरेका कर्मचारीलाई आक्रमण गरेको टिप्पणी गरे। तत्काल सरकार परिवर्तन गर्नेगरी माओवादी केन्द्र सक्रिय भएर नलागेको प्रचण्डको भनाइ छ।     ‘यो सरकार अप्राकृतिक रुपमा जन्मिएकोले धेरै लामो समय जाँदैन भनेर हामीले सुरुबाटै भन्दै आएका छौं, तर हामी अहिले सक्रिए भएर सरकार ढाल्न भने लागेका छैनौं,’ उनले भने, ‘हामी अहिले प्रतिपक्षी भएर ...
अखिल (क्रान्तिकारी)को चुनाव: ३३ पदाधिकारीसहित ३१२ पदका लागि ५०० जनाको उम्मेदवारी

अखिल (क्रान्तिकारी)को चुनाव: ३३ पदाधिकारीसहित ३१२ पदका लागि ५०० जनाको उम्मेदवारी

समाचार
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को पदाधिकारी र सदस्यका लागि कुल ५०० जनाको उम्मेदवारी परेको छ। माघ १२ गते हुने चुनावका लागि सार्वजनिक गरिएको मनोनयन दर्ताको प्रारम्भिक सूचिअनुसार ३३ पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्य गरी कुल ३१२  पदका लागि ५०० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ। अध्यक्षका लागि ६ जनाले उम्मेदवारी दिएका छन्। उपदेश यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश सापकोटा, विश्वमणि थापा र योगेन्द्रबहादु बुढाले अध्यक्षमा उम्मेदवारी दिएका छन्। माओवादीको केन्द्रीय नेतृत्वले अखिल क्रान्तिकारीको नेतृत्व सर्वसम्मत टुंग्याउन खोजेपनि सहमति नजुटेपछ प्रतिस्पर्धाबाटै टुंगिने भएको हो। केन्द्रीय नेतृत्वले हेडक्वार्टबाट कुनैपनि नेताले कुनै उम्मेदवारको पक्ष नलिने भनेपनि अध्यक्षका सबै उम्मेदवारलाई एक न एक ...
साइबर अपराध कसुरमा रश्मिला धामी पुन:  पक्राउ

साइबर अपराध कसुरमा रश्मिला धामी पुन: पक्राउ

समाचार
काठमाडौं । साइबर अपराध कसुरमा रश्मिला धामी पुन: पक्राउ परेकी छन् । यसअघि आपराधिक लाभ (एक्सटर्सन) र विद्युतीय अपराध (साइबर क्राइम) मा पक्राउ परेर रिहा भएकी धामीलाई प्रहरीले पुन विद्युतीय अपराध कसुरमा पक्राउ गरेको जनाएको छ । काठमाडौँस्थित माइतीघर मण्डलाबाटै सिंहदरबार वृत्त अनामनगरको टोलीले धामीलाई पक्राउ गरेको सिंहदरबार वृत्तका प्रहरी नायव उपरीक्षक गङ्गा पौडेलले कामना टुडे लाई जानकारी दिए । एक युवतिको जाहेरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी नियन्त्रणमा रहेकी धामीको ४ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि फेसबुक लाइभमा बसेर व्यक्तिको नाम किटान गर्दे सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने गरेको आरोपमा धामी पक्राउ परेकी थिइन् । नेपाल प्रहरीको साइबर ब्युरोले धामीलाई काठमाडौँको टोखाबाट पक्राउ गरेको थियो । त्यसअघि साइबर अप...
नेता ऐन महरको खण्डन, रश्मिला धामी साइबर अपराधमा पक्राउ

नेता ऐन महरको खण्डन, रश्मिला धामी साइबर अपराधमा पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट
नेकपा एमालेका प्रभावशाली नेता ऐन महरले आफूविरुद्ध उच्च अदालत पाटनले पक्राउ पुर्जी जारी गरेको भनी आएको समाचारलाई भ्रामक र तथ्यहीन भनेका छन्। उनले सामाजिक सञ्जालमार्फत उक्त समाचारको खण्डन गर्दै जानकारी दिएका छन् कि उच्च अदालतले पक्राउ पुर्जी जारी गर्ने कुनै कानूनी अधिकार छैन। कानुनी दृष्टिले महरले उल्लेख गरेका छन् कि फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार, पक्राउ पुर्जी जारी गर्ने अधिकार केवल जिल्ला अदालतलाई छ, उच्च अदालतलाई होइन। यसैले उच्च अदालतबाट यस्तो आदेश जारी हुनु असम्भव भएको उनले बताए। कानुनी आधार: फौजदारी कार्यविधि संहिता, २०७४ (दफा ६९): पक्राउ पुर्जी जारी गर्ने अधिकार जिल्ला अदालतमा मात्र निहित छ। संविधानको धारा १३१ (२): उच्च अदालतको अधिकारक्षेत्र पुनरावलोकन (रिट निवेदन) र निर्देशनका लागि मात्र हो, न कि अपराध अनुसन्धान वा पक्राउ पुर्जी जारी गर्न। महरका अनुसार, उच्च अदालत पाटनमा...
नवजीवन अस्पताल र लिटल फ्लावर बोर्डिङ हाई स्कुलबीच सहकार्य: उपचारमा विशेष छुट

नवजीवन अस्पताल र लिटल फ्लावर बोर्डिङ हाई स्कुलबीच सहकार्य: उपचारमा विशेष छुट

समाचार
  धनगढी-२, मिलन चोकस्थित लिटल फ्लावर बोर्डिङ हाई स्कुल र धनगढी-४, उत्तर बेहदीस्थित नवजीवन अस्पतालबीच विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक, र स्कुलसँग सम्बन्धित व्यक्तिहरूका लागि विशेष उपचार छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौतामा लिटल फ्लावर बोर्डिङ हाई स्कुलका प्रधानाध्यापक विवेक भट्ट, नवजीवन अस्पतालका मेडिकल निर्देशक डा. विदुर मणि ढकाल, र सीईओ चक्र खडायतले हस्ताक्षर गरेका हुन्। प्रधानाध्यापक भट्टले भने, “गुणस्तरीय शिक्षा मात्र नभई स्वास्थ्य सेवामा पनि योगदान पुर्‍याउने उद्देश्यले यो सहकार्य गरिएको हो। यसले विद्यार्थी र उनीहरूका परिवारहरूको स्वास्थ्यलाई पनि सहयोग पुर्‍याउने विश्वास लिएका छौं।” सम्झौताअनुसार, लिटल फ्लावर बोर्डिङ हाई स्कुलका विद्यार्थी, शिक्षक-शिक्षिका, कर्मचारी, र अभिभावकहरूले स्कुलको सिफारिसपत्र वा परिचयपत्रको आधारमा नवजीवन अस्पतालमा उपचार गराउँदा १० ...
भेरी अस्पतालमा न्युट्रासियुटीकल विक्री वितरणमा रोक

भेरी अस्पतालमा न्युट्रासियुटीकल विक्री वितरणमा रोक

समाचार
नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जले न्युट्रासियुटीकल विक्री वितरणमा रोक लगाएको छ । अस्पतालको ड्रक एण्ड थेराप्युटीक कमिटीको बैठकले अस्पतालमा न्युट्रासियुटीकलको प्रेस्क्राइव तथा विक्री वितरण पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको कमिटीका संयोजक समेत रहेका भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा.राजन पाण्डेले बताए । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय औषधी व्यवस्था विभागको मिति २०८१ पुस २५ गतेको प्राप्त पत्र र कमिटीको बैठकबाट भएको निर्णय अनुसार अस्पतालमा न्युट्रासियुटीकलको प्रेस्क्राइव तथा विक्री वितरण पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ डा.पाण्डेले भने–‘अव बिरामीले आवश्यक भन्दा पनि न्युट्रामा दशौं गुणा रकम खर्चिनु पर्ने अवस्थाको अन्त्य भएको छ ।’ न्युट्रा अति आवश्यक औषधी नभएपनि चिकित्सकहरुले प्रेस्क्राइव गर्ने र विक्री वितरण पनि भइरहेको थियो । अस्पतालका प्रमुख म...
सी.पी. अस्पताल चटकपुरद्वारा निःशुल्क मृगौला तथा मूत्ररोग परिक्षण शिविर

सी.पी. अस्पताल चटकपुरद्वारा निःशुल्क मृगौला तथा मूत्ररोग परिक्षण शिविर

समाचार
सी.पी. अस्पताल चटकपुरले माघ १३ देखि माघ १८ गतेसम्म निःशुल्क मृगौला तथा मूत्ररोग सम्बन्धी परिक्षण शिविर आयोजना गर्ने भएको छ। यस शिविरमा मूत्ररोग (युरोलोजी) का विशेषज्ञ डा. विभुषित महतले आफ्नो सेवा प्रदान गर्नेछन्। डा. महत कन्सल्टेन्ट युरोसर्जन हुन्, जसले MBBS र MS (Urology) सम्म अध्ययन गरेका छन्। युरोलोजीसम्बन्धी समस्या: युरोलोजी मानव शरीरको मूत्र प्रणालीसँग सम्बन्धित चिकित्सा विधा हो। यस शिविरमा निम्न समस्यासँग सम्बन्धित परामर्श र उपचारको व्यवस्था गरिनेछ: •मृगौलासम्बन्धी समस्या: मृगौलामा हुने पत्थरी (स्टोन), संक्रमण, मृगौलाको कार्यक्षमता घट्ने समस्या। •मूत्रनली समस्या: बारम्बार मूत्र संक्रमण (UTI), मूत्रनलीमा अवरोध, रक्तमिश्रित पिसाब। •मूत्राशय समस्या: पिसाब रोकिने समस्या, बारम्बार पिसाब लाग्ने समस्या। •प्रोस्टेट समस्या: वृद्ध पुरुषहरूमा देखिने प्रोस्टेट ग्रन्थीको वृद्धि ...
राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवासी नेपाली सम्पर्क मन्च भारत द्वारा कर्नाटक राज्य भेला सम्पन्न

राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवासी नेपाली सम्पर्क मन्च भारत द्वारा कर्नाटक राज्य भेला सम्पन्न

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवासी नेपाली सम्पर्क मन्च भात द्वारा कर्नाटक राज्य भेला सम्पन भएको छ । १९ जनवरी २०२५ तारीक का दिन भारतको बेंगलोरमा आयोजित राज्य भेलामा "विविधतामा एकता प्रवासी नेपाली सशक्तिकरण" र नेपालको समृद्धि नेपाली नागरिकको हक-अधिकार संरक्षण र सामाजिक परिवर्तन मुख्य उद्देश्य रहेको कर्नाटक राज्य समितिका प्रमुख दिपक राज आचार्यले बतायका छन उक्त भेलामा राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) निकटका सुदुरपश्चिम प्रदेश सभापति प्रकाश विष्ट तथा सुदरपश्चिम प्रदेश महामन्त्री तथा प्रबक्ता सन्तोष जोशी लगायत थुप्रै नेता कार्यकर्ता नेपाल बाट र भारतका अन्य राज्यहरु बाट पनि उपस्थित भयका थिए । उक्त भेलामा सभापति कर्नाटक राज्य प्रमुख दिपक राज आचार्य रहनु भयको थियो भने विशिष्ट अतिथिमा केन्द्रीय बिभाग सदस्य एवम दक्षिण एसिया इन्चार्ज राष्ट्रीय स्वतन्त्र पार्टीका र...
धनगढीमा १२ ग्राम ४६० मिलिग्राम खैरो हेरोइनसहित ३ जना पक्राउ

धनगढीमा १२ ग्राम ४६० मिलिग्राम खैरो हेरोइनसहित ३ जना पक्राउ

समाचार
कैलाली, माघ ६:कैलाली प्रहरीले १२ ग्राम ४६० मिलिग्राम खैरो हेरोइनसहित तीनजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीबाट खटिएको टोलीले शनिबार विभिन्न स्थानबाट लागुऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, धनगढी उप-महानगरपालिका वडा नं. २, भन्सार ब्यारेल क्षेत्रमा मोटरसाइकल (सु.प.प्र.०२००३ प ६११५) जाँच गर्ने क्रममा २४ वर्षीय अनिल लामा तामाङ र १८ वर्षीय नवीन कुमार ऐरको साथबाट १२ ग्राम ३६० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ। उनीहरू भारतबाट नेपालतर्फ आउँदै गरेका थिए। यस्तै, प्रहरी टोलीले धनगढी उप-महानगरपालिका वडा नं. १, अस्पताल रोडबाट शंका लागि जाँच गर्दा डडेल्धुरा, अजयमेरु गाउँपालिका वडा नं. ५ घर भई हाल अस्पताल रोडमा बस्दै आएका २० वर्षीय निरञ्जन पन्तको साथबाट १०० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ। पक्राउ परेकाहरूबाट बरामद लागुऔषधको कुल तौल १२ ग्राम ४६० मिलिग...
नोभा अस्पतालद्वारा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

नोभा अस्पतालद्वारा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

समाचार
शनिबार , २०८० माघ ५ गते शुक्लाफाटा नगरपालिका -१ स्थित श्री कृष्ण आधारभूत विद्यालयमा नोभा अस्पताल प्रा.लि. धनगढीको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। यस शिविरमा भारतका प्रख्यात मेडिकल कलेजबाट विशेषज्ञता हासिल गरेका बरिष्ठ फिजिसियन डा. रामचन्द्र पौडेल (MBBS, MD-Internal Medicine) सहितको अनुभवी टोलीले बिरामीहरूको परीक्षण र उपचार गरेका थिए। शिविरमा जम्मा ३०९ जना बिरामीले सेवा लिएका थिए, जसमा १२९ पुरुष र १८० महिला रहेका थिए। बिरामीहरूलाई सामान्य रोगहरूको परीक्षण, परामर्श, तथा औषधि वितरण गरिएको थियो। फार्मेसी इन्चार्ज दिपेन्द्र कठरियाले शिविरमा सहभागी सबै बिरामीलाई आवश्यक औषधि नि:शुल्क वितरण गरिएको जानकारी दिएका छन्। यसले बिरामीहरूको आर्थिक भार कम गर्न ठूलो सहयोग पुर्‍याएको छ। कार्यक्रम शुक्लाफाटा नगरपालिकाको वडा नम्बर १ को कार्यालय तथा युनाइटेड डाईग्नोष्टि...
साईपाल खेलकुद विवाद: राजेन्द्र धामीको गल्ती ढाकछोप गर्न कांग्रेसले निकाल्यो विज्ञप्ति

साईपाल खेलकुद विवाद: राजेन्द्र धामीको गल्ती ढाकछोप गर्न कांग्रेसले निकाल्यो विज्ञप्ति

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : साईपाल गाउँपालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा भएको विवादले बझाङमा मात्र होइन, राष्ट्रिय स्तरमै चर्चा पाएको छ। खेलकुदका क्रममा धलौन माविका विद्यार्थीमाथि अन्यायपूर्ण व्यवहार गरेको आरोप खेपिरहेका साईपालका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला उपसचिव राजेन्द्र धामीलाई बचाउन नेपाली कांग्रेस जिल्ला कार्यसमितिले जारी गरेको विज्ञप्तिले थप विवाद र आक्रोश निम्त्याएको छ। "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने नाराका साथ आयोजित राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा काँडा र धलौन माविका विद्यार्थीबीच विवाद भएपछि धलौन माविका विद्यार्थीलाई घर पठाउने निर्णय गरिएको थियो। सो घटनामा राजेन्द्र धामीको प्रत्यक्ष संलग्नता रहेको स्थानीयहरूको भनाइ छ। तर, खेलकुदमा विद्यार्थीहरूलाई प्रोत्साहित गर्नुको सट्टा विवादलाई झन् उचालेर आफ्नो स्वार्थ पूरा गर्न खोजेको आरोप धामीमाथि लाग्दै आएक...
अभिनास थापा काजी ले  निर्देशन गरेको स्वार्थी रै छ मान्छे बोलको आधुनिक गित सार्वजनिक

अभिनास थापा काजी ले निर्देशन गरेको स्वार्थी रै छ मान्छे बोलको आधुनिक गित सार्वजनिक

ताजा अपडेट, भिडियो, मनोरञ्जन, मुख्य समाचार
बेंगलोर मा छायांकन गरेको स्वर्थी रै छ मान्छे भन्ने बोलको आधुनिक गित बजार मा आयको छ। गित मा बिसाल हमालको स्वर सुन्न सकिन्छ भने शब्द प्रकाश चौलागाई र गणेश चौलागाई ले संकल गरेका हुन। संगित सुनिल बिसिले भरेका छन भने अरेन्ज बिशाल निरौलाको रहेको छ। उक्त गितको भिडियो छायांकन नबीन गिरिले गरेका हुन भने इडिट प्रकास साउदले गरेका छन। उक्त गित मा राम प्रसाद कठरिया, सुष्मिता रोकाया, प्रकास नेपाली, जिबन परियार र प्रकास चौलागाई को अभियान देख्न सकिन्छ। भिडियो बेंगलोर का बिभिन्न ठाउहरु मा छायांकन गरियको छ। बिगत लामो समय देखि गित संगित क्षेत्रमा आबद रहेर थुप्रै गितहरु मा अभिनय र निर्देशन गरि सकेका एक कुसल निर्देशक थापा ले उक्त म्यूजिक भिडियो लाई फरक कथा बस्तु लाई समेटेर निर्देशन गरेको बतायका छन। भिडियो 👇 https://youtu.be/q7xjeUmb2bs?si=41aug2tHZqy9r6IT...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज