Advertisement

हाम्रो बारेमा

बझाङको सेती नदीमा बगेर एक पुरुष बेपत्ता

बझाङको सेती नदीमा बगेर एक पुरुष बेपत्ता

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङः  बझाङमा सेती नदीमा बगेर एकजना बेपत्ता भएका छन्। जिल्लाको मष्टा गाउँपालिका–४ आग्राका ४७ वर्षीय सुरेन्द्र कठायत सेती नदीमा बगेर बेपत्ता भएका हुन्। उनी शनिवार दिउँसो करिब २ बजेतिर सेती नदीमा गाईको बाछो तराउने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख तथा डिएसी भरत शाहले बताए। उनको खोजीका लागि स्थानीय र प्रहरी खटाइएको प्रहरी प्रमुख तथा डिएसी शाहले बताएका छन्।...
साईपालमा पुर्णिामा मेलाको पुर्ण तयारी

साईपालमा पुर्णिामा मेलाको पुर्ण तयारी

बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाकाे साईपाल गाउँपालीकामा पुर्णिामा मेलाको पुर्ण तयारी भएको छ । दशैकाे पाच दिन पछि लाग्ने याे मेला निकै रमाइलो हुने गर्छ । जिल्लाकाे शिल्देवी मेला सँगसँगै साईपाल गाउँपालीकामा पनि मेला लाग्ने गर्छ । जसमा आज पहिलो दिन यस मेलामा बेलुकी सास्कृतिक कार्यक्रम गर्ने गरिन्छ भने दाेस्राे दिनमा डेउडा खेल हुने गाउँपालीका अध्यक्ष मानविर बाेहराले बताए । पुर्णिामा मेला सधैं झै काडा माध्यामिक बिद्यालयकाे प्राङ्गणमा सुरु भएको छ । विभिन्न प्रदर्शन सहित आज पहिलाे दिन स्थानीय सास्कृतिक कार्यक्रम रहेकाे छ । मेलामा डेउडा प्रतियोगिता महिला पुरुष भलिबल प्रतियोगिता सहित विभिन्न कार्यक्रम रहेका छन । करिब एक हप्ता सम्म मला सञ्चालन हुने गरेको स्राेतकाे भनाइ छ ।...
भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर

भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर

अन्तर्राष्ट्रिय, कैलाली, मुख्य समाचार, सुदूरपश्चिम
कैलाली: सीमा क्षेत्रका सहरमा रु एकसयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक कारोबारमा प्रतिकूल असर पुगेको छ। नेपाली बजारमा भारतीय मुद्राको कारोबार रोकिँदा आर्थिक कारोबारमा समस्या भइरहेको धनगढीका व्यापारी सुभाश चौधरीले बताए। 'नेपाल राष्ट्र बैंकले रु एकसय भन्दा बढी दरको भारु नोटको कारोबार नगर्न भनेको छ,' चौधरीले भने, 'कुनै पनि ग्राहकले भारु नोट लिन मान्दैनन्, यसले गर्दा आफूहरुको व्यापारमा नकारात्मक असर पुगेको छ।' भारुको कारोबार रोकिँदा काम विषेशले भारतका सहरमा जानुपर्ने सर्वसाधारणलाई बढी समस्या हुने गरेको छ। भारतबाट नेपाल भित्रिन चाहने भारतीय नागरिकसमेत समस्या परेका छन्। गौरीफन्टा सीमानाका हुँदै धनगढी भित्रिन चाहने कतिपय भारतीय नागरिक रु पाँचसय दरको भारु नोट नचल्ने सूचना पाएसँगै सीमा क्षेत्रबाट नै फर्किन थालेका छन्। नेपाली मुद्रामा कारोबार हुने सीमापारी बनगाउँका व्यापा...
इजरायलमा बेपत्ता विपीन जोशीको सुरक्षा र रिहाइका लागि परराष्ट्र मन्त्रालयको आह्वान

इजरायलमा बेपत्ता विपीन जोशीको सुरक्षा र रिहाइका लागि परराष्ट्र मन्त्रालयको आह्वान

अन्तर्राष्ट्रिय, मुख्य समाचार
परराष्ट्र मन्त्रालयले इजरायलमा हमासले बन्धक बनाएको आशङ्का गरिएका विपीन जोशी र अरु देशका बेपत्ता नागरिकहरूको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेको छ । गएको असाेज २० गते इजरायलमा हमला भएको दिनदेखि जोशी बेपत्ता हुनुहुन्छ । परराष्ट्र मन्त्रालयले गाजामा दुई जना बन्धकको रिहाइलाई नेपाल सरकारले सकारात्मक घटनाका रूपमा लिएको जनाएको छ । मन्त्रालयले उनीहरुको रिहाइका लागि कतार राज्य र संलग्न अन्य कुटनीतिक प्रयासको प्रशंसा समेत गरेको छ ।...
मुगुमा एकै परिवारका ४ जना मृत भेटिए,अनुसन्धान चल्दै

मुगुमा एकै परिवारका ४ जना मृत भेटिए,अनुसन्धान चल्दै

मुख्य समाचार, समाचार
मुगुमा एकै परिवारका चार जनाको शव फेला परेको छ। जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुमा आमा र छोराछोरीको शव फेला परेको हो। मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाका अनुसार २८ वर्षकी श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज बोहोरा, अर्का १ वर्षका छोरा रहर बोहोरा र ७ वर्षकी छोरी अप्सरा बोहोरा मृत फेला परेका हुन्। उनीहरूको शव शुक्रबार फेला परेको प्रमुख जिल्ला अधिकारी थापाले बताए। ‘आजै शव भेटिएको जानकारी आएको छ, घटना कहिलेको भन्ने अनुसन्धान हुन बाँकी छ,’ उनले भने। मुगुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले उनीहरूको शव आफ्नै घरमा फेला परेको बताए। थप अनुसन्धान सुरू गरिएको डिएसपी थापाले जानकारी दिए।...
इजरायलमा मारिएका बझाङका गणेशको सेती नदीमा दाहसंस्कार

इजरायलमा मारिएका बझाङका गणेशको सेती नदीमा दाहसंस्कार

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङः  इजरायलमा मारिएका जयपृथ्वी नगरपालिका–११ का गणेश नेपालीको दाहसंस्कार गरिएको छ। हमास विद्रोहीको आक्रमणमा परी अक्टोबर ७ तारिखमा मृत्यु भएका गणेशको शुक्रबार भोपुरस्थित सेती नदी किनारमा दाहसंस्कार गरिएको हो। उनको शवयात्रामा जिल्लाका जनप्रतिनिधिलगायत विभिन्न क्षेत्रका मानिसहरु सहभागी थिए। उनी पढाईमा अब्बल थिए। चितवनको प्रेरणा कलेजबाट छात्रवृत्तिमा आईएस्सी पास गरेका उनी टिकापुर बहुमुखी क्याम्पसमा छात्रवृत्तिमै कृषि विज्ञानमा स्नातक पढिरहेका थिए। आठौं सेमेस्टरको इर्न्टनसिप गर्न उनी गत भदौमा इजरायल गएका थिए। उनीसँगै टीकापुर बहुमुखी क्याम्पसको कृषि संकायतर्फ स्नातक तह अन्तिम वर्षमा अध्ययनरत ४९ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल गएका थिए। इजरायलमाथि हमासले गरेको क्रूर आक्रमणमा परेर गणेशसहित १० जना नेपालीको मृत्यु भएको थियो।...
आज खण्डग्रास चन्द्रग्रहण लाग्दै, ग्रहणमा के गर्नु हुन्छ? के गर्नु हुँदैन?

आज खण्डग्रास चन्द्रग्रहण लाग्दै, ग्रहणमा के गर्नु हुन्छ? के गर्नु हुँदैन?

बझाङ, बार्षिक, मुख्य समाचार, सुदूरपश्चिम
आश्विन शुक्ल पूर्णिमाका दिन आज  खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि सुरु हुनेछ। राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ।  ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्नु हुन्छ। विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन। आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको पनि धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए। यो चन्द्रग्रहण विसं २०८० मा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ। चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए। दिउँसो ४ः१९ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकल...
महालक्ष्मीको पूजा आराधनासहित आजदेखि बडादशैँ पर्व समापन हुँदै

महालक्ष्मीको पूजा आराधनासहित आजदेखि बडादशैँ पर्व समापन हुँदै

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बडादशैँ पर्व महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा आज बेलुका सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ पर्व समापन हुन्छ । शास्त्र अनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको काम भने हिजो बेलुका नै समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइ मान्यजनबाट आशीर्वाद लिने क्रम पनि हिजो नै सकिएको छ । जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगेर सेलाइएको छ । व्यवहारमा भने कोजाग्रत पूर्णिमाका दिनसम्म नै नवदुर्गाको प्रसाद लगाएर आशीर्वाद थाप्ने गरिन्छ । तर, आज टीका लगाउनेले जमरा लगाउँदैनन् । दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको ...
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि यूएईलाई, नेपाल चार विकेटले पराजित

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि यूएईलाई, नेपाल चार विकेटले पराजित

खेलकुद, मुख्य समाचार
यूएईले त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि जितेको छ । फाइनल खेलमा घरेलु टोली नेपाललाई चार विकेटले हराउँदै यूएईले उपाधि जितेको छ । जितको लागि एक सय ६३ रनको विजयी लक्ष्य पछ्याएको यूएईले १९ ओभर ५ बलमा ६ विकेट गुमाउँदै पूरा गर्‍याे ।  यूएईका मोहम्मद वासिमले ४५ रन बनाए । यूएईलाई जितको लागि अन्तिम ६ बलमा ७ रन चाहिएको थियो । पहिलो बलमा करण केसीलाई बासिल हामिदले कभरमा दुई रन प्रहार गरेका थिए । दोस्रो बल डट राखेपछि चार बलमा पाँच रन चाहिएको थियो । तेस्रो बलमा एक रन दिँदा लगत्तै वाइड फाले । चौथो बलमा आयनले एक रन बटुले । दुई बलमा दुई रन चाहिएको थियो । पाँचौँ बलमा बासिलले छक्का हान्दै रोमाञ्चक जित दिलाए । नेपालका अभिनाश बोहरा र गुल्सन झाले समान २ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ र...
बझाङको एक आधारभूत स्वास्थ्य केन्द्रमा तोडफोड, परिवार नियोजनका साधन चोरी

बझाङको एक आधारभूत स्वास्थ्य केन्द्रमा तोडफोड, परिवार नियोजनका साधन चोरी

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ – बझाङको एक आधारभुत स्वास्थ्य केन्द्रमा तोडफोड भएको छ। बुधबार राति जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर ३ धनीधारामा रहेको हेल्थ पोष्ट तोडफोड गरेर चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हेल्थपोष्टको झ्याल फुटाएर कम्प्युटर तथा औषधीमा क्षति पुगाइएको छ । यसैबीच परिवार नियोजनका साधनहरु चोरिएको बताइएको छ। तोडफोड गर्ने अज्ञात व्यक्तिको खोजी भइरहेको बझाङ प्रहरीले जनाएको छ।...
यो वर्षको एउटामात्र चन्द्रग्रहण शनिबार लाग्ने

यो वर्षको एउटामात्र चन्द्रग्रहण शनिबार लाग्ने

बार्षिक, मुख्य समाचार, सुदूरपश्चिम
आश्विन शुक्ल पूर्णिमामा कार्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) मा उल्लेख छ । ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्नु हुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन । आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको पनि धर्मशास्त्रविद् भट्टराईले बताए । यो चन्द्रग्रहण २०८० मा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त...
सुदूरपश्चिममा दशैंको अवधिमा ११ वटा सवारी दुर्घटना, ८ जनाको मृत्यु

सुदूरपश्चिममा दशैंको अवधिमा ११ वटा सवारी दुर्घटना, ८ जनाको मृत्यु

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : यस वर्षको दशैंको अवधिमा सुदूरपश्चिममा ११ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। असोज २८ देखि कात्तिक ८ गतेसम्म भएका सवारी दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ। गत वर्षको दशैं भन्दा यस वर्षको दशैंमा बढी सवारी दुर्घटना भएको तथ्यांकले देखाएको छ। यस वर्षको दशैंमा सवारी दुर्घटनामा परेर ९ जना घाइते भएका छन्। साथै ट्राफिक प्रहरीले एक हजार ७ सय ५७ जना सवारी चालकलाई कारबाही गरेको छ। सवारी कारबाहीबाट करिब १० लाख राजस्व असुली भएको समेत प्रदेश ट्राफिक प्रहरीले जनाएको छ। गत वर्षको दशैंकको अवधिमा १२ वटा सवारी दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरीको अभिलेख छ। सो अवधिमा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए। ट्राफिक प्रहरीले एक हजार ९ सय ७४ सवारी चालक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज