Advertisement
Wednesday, June 18

भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर

Advertisement

कैलाली: सीमा क्षेत्रका सहरमा रु एकसयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक कारोबारमा प्रतिकूल असर पुगेको छ। नेपाली बजारमा भारतीय मुद्राको कारोबार रोकिँदा आर्थिक कारोबारमा समस्या भइरहेको धनगढीका व्यापारी सुभाश चौधरीले बताए। ‘नेपाल राष्ट्र बैंकले रु एकसय भन्दा बढी दरको भारु नोटको कारोबार नगर्न भनेको छ,’ चौधरीले भने, ‘कुनै पनि ग्राहकले भारु नोट लिन मान्दैनन्, यसले गर्दा आफूहरुको व्यापारमा नकारात्मक असर पुगेको छ।’

भारुको कारोबार रोकिँदा काम विषेशले भारतका सहरमा जानुपर्ने सर्वसाधारणलाई बढी समस्या हुने गरेको छ। भारतबाट नेपाल भित्रिन चाहने भारतीय नागरिकसमेत समस्या परेका छन्। गौरीफन्टा सीमानाका हुँदै धनगढी भित्रिन चाहने कतिपय भारतीय नागरिक रु पाँचसय दरको भारु नोट नचल्ने सूचना पाएसँगै सीमा क्षेत्रबाट नै फर्किन थालेका छन्।
 
नेपाली मुद्रामा कारोबार हुने सीमापारी बनगाउँका व्यापारीले नेपाली ग्राहकसँग नेरुको भारु सटही गर्दासमेत कतिपय ग्राकह ठगिने गरेको अर्को समस्या पनि छ। उनीहरूले सटही गर्दा चलनचल्ती भन्दा कम दिने गरेको मालसामान किनमेलका लागि बनगाउँ बजार पुग्ने नेपाली ग्राहकले बताएका छन्। चाडपर्व सुरु भएसँगै बनगाउँ बजारमा मालसामान किनमेलका लागि नेपाली ग्राहकको भीड लाग्ने गरेको छ।

सीमाक्षेत्रका नेपाली बजार क्षेत्रमा खाने तेल, मरमसला, चिनी, दालका साथै लत्ताकपडाको मूल्यको तुलनामा बनगाउँमा केही सुपथ मूल्यमा मालसामान पाइने भएपछि बनगाउँ पुग्नु परेको उपभोक्ताले बताएका छन्। नेपालका बजारमा खाने तेल, चिनी, दाललगायत उपभोग्य सामानको मूल्य चर्को हुँदा आफू सामान किनमेल गर्न बनगाउँ पुगेको कैलाली भन्सारमा भेटिनु भएकी धनगढीकी मनमति विष्टले बताइन्।

बनगाउँ बजार जाने ग्राहकमध्ये ९५ प्रतिशत ग्राहक नेपाली हुने गरेका छन्। सो क्षेत्रमा व्यवस्थापन भएको गौरीफन्टा बजार केही वर्षअघि हटाउन लगाइएपछि नजिकैको बनगाउँमा बजार व्यवस्थापन गरेर व्यापारीले कारोबार थालेका हुन्। त्यहाँ नेपाली ग्राहकको भीड लाग्न थालेपछि धनगढी, अत्तरिया लगायतका नेपाली बजारको कारोबार बढ्न नसेकेको नेपाली व्यापारीले बताएका छन्।

कोरोना कालदेखि खस्किएको व्यापार अझैँसम्म सुधार हुन सकिरहेको छैन,’ व्यापारी वासुदेव जोशीले भने, ‘चाडपर्वका बेला व्यापार बढ्ने आशा गरिए पनि सुधार हुन सकिरहेको छैन।’ भारतीय बजार भएर पनि बनगाउँमा नेपाली रुपैयाँमा सहज रुपमा कारोेबार हुने गरेकाले ग्राहकलाई भारु सटही गरेर जानुपर्ने बाध्यता हुँदैन। रासस

कल्पना उपाध्याय

कल्पना उपाध्याय कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकामा बझाङबाट पत्रकारिता गर्नुहुन्छ । उहाँ समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

डडेल्धुरामा व्यवसायीको शंकास्पद मृत्युपछि चक्का जाम,

डडेल्धुरामा व्यवसायीको शंकास्पद मृत्युपछि चक्का जाम,

डडेल्धुरा — डडेल्धुराका २८ वर्षीय व्यवसायी हरिसिंह पालीको शंकास्पद मृत्युपछि डडेल्धुराको स्याउले बजारमा चक्का जाम गरिएको छ। सुदूरप...
देशभर बदली, चट्याङसहित वर्षा र केही ठाउँमा भारी वर्षाको सम्भावना

देशभर बदली, चट्याङसहित वर्षा र केही ठाउँमा भारी वर्षाको सम्भावना

हाल देशका अधिकांश भागमा मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभावले आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसा...
ट्रम्पको सुझाव : खोमिनीले विना शर्त आत्मसमर्पण गर्नुपर्छ’

ट्रम्पको सुझाव : खोमिनीले विना शर्त आत्मसमर्पण गर्नुपर्छ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतुल्लाह  खोमिनीलाई विना शर्त आत्मसमर्पण गर्न सुझाव दिएका छन्। ट्रम्प...
त्रिकोणात्मक टी–२० मा नेपाल चम्कियो, स्कटल्याण्ड ढल्यो

त्रिकोणात्मक टी–२० मा नेपाल चम्कियो, स्कटल्याण्ड ढल्यो

नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पहिलो जित दर्ता गरेको छ। मंगलबार भएको खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई ...
विप्लव निकट नेतालाई फरक दुई मुद्दामा ६ महिना कैद र जरिवाना

विप्लव निकट नेतालाई फरक दुई मुद्दामा ६ महिना कैद र जरिवाना

बझाङ – विप्लव समूह निकट रहेका नेताहरूमाथि फरक–फरक दुई अभद्र व्यवहार सम्बन्धी मुद्दामा कैद र जरिवानाको सजाय सुनाइएको छ। जिल्ला प्रश...
जयपृथ्वी नगरपालिकाका नाममा उच्च अदालत पाटन दिपायलद्घारा परमादेश जारि

जयपृथ्वी नगरपालिकाका नाममा उच्च अदालत पाटन दिपायलद्घारा परमादेश जारि

दिपक राज जोशी / बझाङ: उच्च अदालत दिपायलले जयपृथ्वी नगरपालिका का नाममा परमादेश जारी गरेको छ । सुदुरपश्चिम प्रदेश सरकारले आर्थिक बर्...
जन्मदिनको अवसरमा खड्काले गरे अनाथ बालबालिकालाई खाद्यवस्तु तथा स्टेशनरी वितरण

जन्मदिनको अवसरमा खड्काले गरे अनाथ बालबालिकालाई खाद्यवस्तु तथा स्टेशनरी वितरण

बझाङ । दुर्गाथली गाउँपालिका राजस्व शाखा प्रमुख तथा उद्यम विकास सहजकर्ता प्रदिप कुमार खड्काले आफ्नो जन्मदिनको अवसरमा समाजसेवामूलक ...
महिलाका एजेन्डालाई पहिलो प्राथमिकतामा राखेकी उपाध्यक्ष भण्डारी

महिलाका एजेन्डालाई पहिलो प्राथमिकतामा राखेकी उपाध्यक्ष भण्डारी

उत्तमकुमार थापा, बझाङ बझाङ जिल्लाको तलकोट गाउँपालिका उपाध्यक्ष पार्वती कुवर भण्डारीले आफ्नो कार्यकालभरि महिलाका एजेन्डालाई प्रा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज