Advertisement

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि यूएईलाई, नेपाल चार विकेटले पराजित

Advertisement

यूएईले त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि जितेको छ । फाइनल खेलमा घरेलु टोली नेपाललाई चार विकेटले हराउँदै यूएईले उपाधि जितेको छ । जितको लागि एक सय ६३ रनको विजयी लक्ष्य पछ्याएको यूएईले १९ ओभर ५ बलमा ६ विकेट गुमाउँदै पूरा गर्‍याे । 

यूएईका मोहम्मद वासिमले ४५ रन बनाए । यूएईलाई जितको लागि अन्तिम ६ बलमा ७ रन चाहिएको थियो । पहिलो बलमा करण केसीलाई बासिल हामिदले कभरमा दुई रन प्रहार गरेका थिए । दोस्रो बल डट राखेपछि चार बलमा पाँच रन चाहिएको थियो । तेस्रो बलमा एक रन दिँदा लगत्तै वाइड फाले । चौथो बलमा आयनले एक रन बटुले । दुई बलमा दुई रन चाहिएको थियो । पाँचौँ बलमा बासिलले छक्का हान्दै रोमाञ्चक जित दिलाए ।

नेपालका अभिनाश बोहरा र गुल्सन झाले समान २ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ५० रन बनाए । 

अब सोमवारदेखि आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट शुरु हुनेछ । समूह ए मा नेपाल, ओमान, सिंगापुर र मलेसिया छन् । समूह बी मा हङकङ, यूएई, बहराइन र कुवेत छन् । फाइनल पुग्ने दुई टोली २०२४ मा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् । 

कल्पना उपाध्याय

कल्पना उपाध्याय कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकामा बझाङबाट पत्रकारिता गर्नुहुन्छ । उहाँ समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भिरबाट खसेर घाइते भएका योगेन्द्र र  बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

भिरबाट खसेर घाइते भएका योगेन्द्र र बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

धनगढी। कैलालीको चुरे गाउँपालिका–२ बसन्तपुरका १० वर्षीय योगेन्द्र साउद भिरबाट खसेर गम्भीर घाइते भएका थिए। गोठालो जाने क्रममा भिरबाट...
अब स्थायी लेखा नम्बरसहितका करका सेवाहरु पालिकाबाटै पाइने

अब स्थायी लेखा नम्बरसहितका करका सेवाहरु पालिकाबाटै पाइने

काठमाडौँ- सरकारले स्थायी लेखा नम्बर (प्यान) लगायतका कर सेवा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था गरेको छ। अब सेवाग्राहीले आफ्नो न...
दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

दार्चुला– दार्चुला र भारतीय सीमा नाका आसपास भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ब...
देशभर मौसम सामान्य, उच्च हिमाली भेगमा हल्का वर्षा-हिमपातको सम्भावना

देशभर मौसम सामान्य, उच्च हिमाली भेगमा हल्का वर्षा-हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा कुनै महत्वपूर्ण मौसमी प्रणाली सक्रिय छैन । त्यसैले देशका अधिकांश भागमा मौ...
बझाङमा पूर्व कार्यपालिका सदस्यको भीरबाट लडेर मृत्यु

बझाङमा पूर्व कार्यपालिका सदस्यको भीरबाट लडेर मृत्यु

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकाकी पूर्व कार्यपालिका सदस्य कल्पना बोहरा (कलमती) को भीरबाट लडेर मृत्यु भएको छ । बित्थडचिर गाउँपाल...
सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

धनगढी- सुदूरपश्चिम प्रदेशमा मन्त्री र प्रदेश सांसदका स्वकीय सचिव नहटाउने सहमति सर्वदलीय बैठकले गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाह...
आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको ज...
त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा नेपाल पराजित

त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा नेपाल पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृङ्खलामा नेपालले सबै खेलमा हार बेहोरेको छ। अन्तिम खेलमा नेपाल यूएईसँग ४ विकेट...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज