Advertisement
Thursday, May 22

सुदूरपश्चिममा दशैंको अवधिमा ११ वटा सवारी दुर्घटना, ८ जनाको मृत्यु

Advertisement

बझाङ : यस वर्षको दशैंको अवधिमा सुदूरपश्चिममा ११ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। असोज २८ देखि कात्तिक ८ गतेसम्म भएका सवारी दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।

गत वर्षको दशैं भन्दा यस वर्षको दशैंमा बढी सवारी दुर्घटना भएको तथ्यांकले देखाएको छ। यस वर्षको दशैंमा सवारी दुर्घटनामा परेर ९ जना घाइते भएका छन्। साथै ट्राफिक प्रहरीले एक हजार ७ सय ५७ जना सवारी चालकलाई कारबाही गरेको छ। सवारी कारबाहीबाट करिब १० लाख राजस्व असुली भएको समेत प्रदेश ट्राफिक प्रहरीले जनाएको छ।

गत वर्षको दशैंकको अवधिमा १२ वटा सवारी दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरीको अभिलेख छ। सो अवधिमा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए। ट्राफिक प्रहरीले एक हजार ९ सय ७४ सवारी चालकलाई कारबाही गरेर १७ लाख ९ हजार राजस्व असुली समेत गरेको थियो।

राजस्व असुली, सवारी कारबाही र सवारी दुर्घटना गत वर्षको दशैंमा बढी भएको देखिएको छ। यस वर्षको दशैंमा भने सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेका संख्या बढी देखिएको छ। यात्रुको चाप बढी हुने, सडकको अवस्था, सवारीको अवस्थाले पनि दशैंमा अन्य समयको भन्दा धेरै दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको अनुभव छ।

दशैंको समयमा चालक र सवारीधनीलाई बढी रकम कमाउने लालसाले क्षमताभन्दा बढी यात्रु बोक्दा पनि दुर्घटना बढ्ने गरेको र मानिसको मृत्यु पनि धेरै हुने गरेको पाइएको छ। प्रत्येक वर्ष सवारी दुर्घटना बढे पनि कारबाहीको भागिदार भने कोही बन्नु परेको छैन। झन्, चालकको दुर्घटनामा मृत्यु भए केस नै टुङ्गिन्छ। तर, हरेक दुर्घटनामा चालकमात्र जिम्मेवारी हुँदैनन्। सडक, सवारीको यान्त्रिक अवस्थाले दुर्घटना बढाइरहेको हुन्छ।

कल्पना उपाध्याय

कल्पना उपाध्याय कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकामा बझाङबाट पत्रकारिता गर्नुहुन्छ । उहाँ समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

बझाङ: जलवायु परिवर्तन र प्लास्टिक प्रदूषण न्यूनीकरणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज बझाङका प्रमुख जिल्ला अधिकारी श्री क...
४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

४४ लाखको सडक योजनामा २३ लाख रुपैयाँ बजेट हिनामिना भएको छ। नभएको काम भएको देखाएर सडक आयोजनाको बजेट हिनामिना गरेको आरोपमा त्यसमा संल...
बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

बझाङ जिल्लाको तलकोट गाउँपालिकामा नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र सेवा फाउण्डेसनको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना...
राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

संसद्को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजसंस्था पुनर्स्थापनाको प्रदर्शनमा सहभागी गराउने पूर्वपञ्च नेता नवराज सुवेदी नेत...
कैलालीमा विहे तय भइसकेपछि बेपत्ता प्रेमीसँगै भागिन् युवती, २ लाखको कुरा ‘डिसमिस’

कैलालीमा विहे तय भइसकेपछि बेपत्ता प्रेमीसँगै भागिन् युवती, २ लाखको कुरा ‘डिसमिस’

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरका सहदेव कुमाल २५ बैशाखमा धनगढीबाट बेपत्ता भएपछि तय भइसकेको विवाह एकाएक रद्द भयो । ...
आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट न...
आजको मौसम कस्तो रहला ?

आजको मौसम कस्तो रहला ?

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथ...
बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

कैलालीमा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ । मंगल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज