Advertisement

हाम्रो बारेमा

धनगढीको लक्ष्मीनारायण मन्दिरमा धनुर्मास व्रत उत्सव मनाइँदै

समाचार
धनगढी - धनगढीको लक्ष्मीनारायण मन्दिरमा पुस १ गतेदेखि सुरु भएको एक महिने धनुर्मास व्रत उत्सव जारी रहेको छ ।  व्रत अन्तरगत हरेक दिन बिहान ६ बजेदेखि आरती हुँदै आएको छ। व्रत उत्सवको अवसरमा मन्दिरका १००८ स्वामी देवराज आचार्यले सनातन धर्मका विषयमा नित्य प्रवचन दिँदै आएका छन् । लक्ष्मी व्रतका रुपमा मनाईने यो उत्सव पुस मसान्तसम्म चल्नेछ। पृथ्वी माता गोदा नामले तुलसी वनबाट अवतार लिएर वृन्दावनका गोप बालिकाहरुको साथ सम्मिलित भएको सम्झनामा यो उत्सव मनाईने गरेको मन्दिरका स्वामी आचार्यले बताए ।  उत्सवमा सहभागी सबैलाई हरेक दिन प्रसादको रुपमा खिर र खिचडी खुवाउने गरिन्छ। ...

कैलालीका पहिरो पीडितलाई सोलार वितरण

समाचार
धनगढी - कैलालीको चुरे गाउँपालिकाले पहिरो पीडितहरुलाई सोलार वितरण गरेको छ ।  बाढी पहिरोमा घरखेत गुमाएर सार्वजनिक जङ्गलमा पालमुनी बसिरहेका स्थानीयलाई पालिकाले उज्यालोका लागि सोलार वितरण गरेको हो ।  चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अनुसार पालिकाले आइतबार बालुवागडा-४ का १८ परिवारलाई सोलार वितरण गरेको गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले जानकारी दिनुभयो । पालिकाभित्रका ३० बाढी पहिरो पीडित परिवारलाई सोलार वितरण गरिने योजना अनुसार चार परिवारलाई केही समय अगाडि नै सोलार वितरण गरिएको उहाँले बताउनुभयो । खानीडाँडाको राजमार्ग छेउमा रहेका आठ परिवारलाई सोलार वितरण गर्न बाँकी रहेको भन्दै अध्यक्ष बोगटीले बाँकी रहेकाहरुलाई पनि एक-दई दिनभित्रै वितरण गरिने जानकारी दिनुभयो ।  वितरण गर्न थालिएका सोलार पचास वाटको र ब्याट्रि ३५ वाटको रहेको अध्यक्ष बोगटीले बताउनुभयो । बाढी पीडितहर...

ओलीको प्रश्न : सेरेमोनियल रामचन्द्रजी हुँदै हुनुहुन्छ, राजाले चाहिँ के गर्छ ?

समाचार
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजतन्त्रको बहस आवश्यक नै नभएको बताएका छन् । ४८औं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा सोमबार नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले जन्मदै शासक हुने सिद्धान्त पाखण्डी भएको बताए ।  राजतन्त्र सामन्तवादको अवशेष भएको भन्दै उनले यदि कहिँ छ भने राजनीतिक कारणले सम्झौता भएर रहेको हुनसक्ने बताए । नेपालमा पनि ०५८ मा भएको दरबार हत्याकाण्डकै बेला राजतन्त्र सकिएको टिप्पणी गरे । ‘दरबार हत्याकाण्डकै बेला सकिएको हो । कस्तो राजा ल्याउन खोजेको, दलहरुलाई जेलमा हाल्ने एकदम तानाशाह राजा बनाउन खोजेको भन्दा पनि होइन भन्ने गरेको ओलीले सुनाए । ‘संवैधानिक राजा बनाउन खोजेको भन्छन्’, ओलीले भने, ‘सेरेमोनियल त रामचन्द्रजी हुँदै हुनुहुन्छ त । अनि के गर्छ त त्यो राजाले चाहिँ ?’ ‘ट्वाल्ल हेर्ने बाहेक त केही गर्ने त होइन सेरे...

गृहमन्त्री आफैं पुगेर छुटाए जनमत पार्टीका नेता-कार्यकर्ता

समाचार
काठमाडौं - ‘धोती दिवस’ मनाउन भन्दै माइतीघर क्षेत्रमा भेला भएको बेला पक्राउ परेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतलाई प्रहरीले छाडेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं नेपाल प्रहरी क्लब भृकुटीमण्डप पुगेर उनीहरुलाई छुटाएका हुन् ।  ‘गृहमन्त्री श्रेष्ठले आफूहरुबाट भएको कमीकमजोरी स्वीकार्दै आफ्नै उपस्थितिमा सबै आन्दोलनकारीलाई रिहाइ गराउनु भयो,’ जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले भने । अंग्रेजी महिनाको जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै जनमत पार्टीका नेता–कार्यकर्ताहरु ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरमा भेला भएका थिए ।  निषेधित क्षेत्रमा भेला भएपछि प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो । सो क्रममा प्रहरीसँग उनीहरुको धकेलाधकेल भएको थियो । प्रदर्शनमा सहभागीहरु प्रहरीको घेरा तोड्दै अघि बढ...

आज राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदै

समाचार
धनगढी - ईस्वी संवतको नयाँ वर्ष सन् २०२४ को पहिलो दिन आज राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदैछ ।  नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा ईस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । नेपाली टोपीको साइनो बङ्लादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ ।  तर विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् । ...

तरुल खोज्न गएका एक युवकको हत्या, सँगै गएका व्यक्ति पक्राउ

समाचार
पर्वत - पर्वतमा तरुल खोज्न गङ्गल गएका युवकको हत्या भएको छ ।  मोदी गाउँपालिका-२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो । रिजालको उनीसँगै तरुल खोज्न गएका व्यक्तिले हत्या गरेको प्रहरीले जनाएको छ । रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए । रिजाललाई प्रेमबहादुर नेपालीले तरुल खन्न प्रयोग गरिएको हतियारले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए । नेपालीको आक्रमणपछि अचेत अवस्थामा जङ्गलमा फेला परेका रिजाललाई पर्वत अस्पतालमा उपचारका लागि ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक जिसीले बताए । नेपालीको आक्रमणबाट श्रीराम शर्मा पनि घाइते भएका छन् ।  शर्माको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निरीक्षक जिसीले...

कञ्चनपुरमा लागूऔषधसहित ७ जना पक्राउ

समाचार
धनगढी - कञ्चनपुरमा लागूऔषधसहित एकैदिन ७ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-१८ पुस्पलाल चोकस्थित साधारण माविबाट १.८६ ग्राम चरेश र अवैध लागूऔषध प्रिगाबालिन ट्याब्लेट ५ थानसहित भीमदत्त नगरपालिका-१४ पलिया बस्ने २२ वर्षीय पारस चन्दसहित तिन जना आईतवार दिउँसो पक्राउ परेका हुन् ।  अस्थाई प्रहरी बिट पुष्पलाल चोक कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी तिनै जनालाई पक्राउ गरेको जनाएको छ । यस्तै पुर्नबास नगरपालिका-११ भिम बस्तिबाट ८०५ मिलिग्राम लागूऔषध (खैरो हिरोइन) र अवैध लागूऔषध निटकोर-१० (निट्राजिपाम) लेखेको ट्याब्लेट १५ थानसहित सोही वडा नम्बर-५ बस्ने २९ वर्षीय कृष्ण बडुसहित चार जना आईतवार दिउँसो पक्राउ परेका हुन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी परासन कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त पदार्थसहित फेला पारी...

एभोकाडोको विरुवा बाँड्दै अछामका कुँवर

समाचार
धनगढी - अछामका ललितबहादुर कुँवरले व्यक्तिगत लगानीमा पाँच वर्षयता एभोकाडोको विरुवा बाँड्न थालेका छन् ।  कुँवरले कृषकलाई आधुनिक खेतीतिर आकर्षित गर्न निजी लगानीमा एभोकाडोको बिउ उमारेर विभिन्न स्थानमा वितरण गरिराखेका हुन् । एक वर्षमा ३०/४० हजारको बिउ उमारेर निःशुल्क बाँड्ने गरेको उनले बताएका छन् । अछामका आठ स्थानीय तहका विभिन्न कृषकलाई नमुनास्वरूप बिरुवा वितरण गर्ने गरेको कुँवरको दाबी छ ।  उनले साँफेबगर, मेल्लेख, बान्नीगढी, मङ्गलसेनलगायत स्थानीय तहमा एभोकाडोको बिरुवा निःशुल्क बाडेका छन् । कुँवर जिल्ला समन्वय समिति अछामका प्रमुखसमेत हुन् ।...

कैलालीमा पुनःस्थापना नहुँदा पहिरो प्रभावितको विचल्ली

समाचार
धनगढी - कैलालीको चुरे गाउँपालिकाका बाढी, पहिरो प्रभावितहरुको विचल्ली भएको छ । थातथलोबाट विस्थापित भएको तीन वर्ष भए पनि पुनःस्थापना हुन नसक्दा उनीहरुको विचल्ली भएको हो । सो गाउँपालिकाको वडा –४, ५ र ६ को विभिन्न गाउँका स्थानीय बाढी, पहिरोको कारण विस्थापित भएका छन् । पुनःस्थापनाको पर्खाइमा रहेका ती परिवार टहरामुनि चिसोरात काट्दैआएका छन् ।  विस्थापित केही परिवारका सदस्य आफन्तको घरमा बसे पनि धेरैजसो जङ्गलमा टहरा बनाएर बसिरहेको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताए । उनका अनुसार सुरुमा ५१८ परिवार विस्थापित भएका थिए । जसमध्ये १२० परिवारको केही पनि बचेको छैन । नम्बरी जग्गा भएका ती परिवारले घरखेत गुमाएका छन् ।  गाउँपालिकाले उनीहरुको पुनःस्थापनाका लागि सरोकारवाला निकायमा पहल गरिरहेको जनाएको छ । सम्भवतः दुई महिनाभित्र उनीहरुको पुनःस्थापना गर्नेगरी प्रक्रिया अगाडि बढाइएको अध्...

सन् २०२३ : विश्व परिदृश्यमा कठिन वर्ष

समाचार
काठमाडौं - अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व परिदृश्यमा एक कठिन वर्ष भएको छ ।  पुराना युद्धहरू जारी छन् भने यो वर्ष केही नयाँ मुलुकले पनि युद्धको सामना गर्नुपरेको छ । भू–राजनीतिक प्रतिस्पर्धा बढ्दै जाँदा प्रतिद्वन्द्वी राष्ट्र प्रमुखहरूबीचको बैठक पहिलो पृष्ठको समाचार बन्यो ।  यद्यपि उनीहरूको वार्ताले थोरै ठोस प्रगति हासिल गर्‍यो । समग्रमा भन्ने हो भने, सुसमाचारको अभाव भएको छ । अन्तरिक्षसम्बन्धी नयाँ कीर्तिमान राख्ने दौड यो वर्ष अन्तरिक्ष दौड तातेको देखियो । विश्वका शक्ति राष्ट्रहरूले र कम्पनीहरूले अन्तरिक्षमा नयाँ नयाँ रेकर्ड कायम गर्नेतर्फ आफ्नो आँखा लगाएका छन् ।  दौडमा बाजी जित्ने होड चलिरहेको छ । विश्वका सत्तरी देशहरूमा अन्तरिक्ष अध्ययनसम्बन्धी निकाय स्थपना भएका छन् भने सोह्र देशले अन्तरिक्षमा यान प्रक्षेपण गर्न सक्छन् । अन्तरिक्ष दौडमा यो बर्...

औषधी विभागका महानिर्देशक ढकालको आतंक : सरुवामा मनपरी गरेको आरोप

समाचार
काठमाडौं - औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले मनोमानी तरिकाले कर्मचारी सरुवा गरेका छन् । अधिकृतस्तरका कर्मचारीको फेरबदल स्वास्थ्य मन्त्रालयले गर्ने भएतापनि उनले कर्मचारीको लिष्ट बनाएर मन्त्रीलाई दबाब दिएर विभागका कर्मचारीको सरुवा गर्न लगाएका हुन् ।  नियमित सरुवाको समय नै नभएकाहरुलाई पनि ढकालकै दबाबमा मन्त्रालयले सरुवा गरेको मन्त्रालय स्रोत बताउँछ । ‘ढकाल सरको लिष्टमा एउटा पनि तलमाथि नभई सरुवा भएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘यो नियमित खालको सरुवा होइन् ।’ औषधी व्यवस्था विभाग स्रोतका अनुसार ढकालले आफूखुसी गर्ने काममा प्रश्न उठाउने र गुपचुप रुपमा ऐन परिवर्तनको मस्यौदा तयार गरिरहेको विषयमा चासो देखाउने कर्मचारीलाई छानी—छानी जिम्मेवारी हेरफेर र सरुवा गरेका छन् ।  लोकसेवाबाट नाम निकालेर वीर अस्पतालमा पदस्थापन भएको तीन महिना पनि नपुगेका फार्मेसी अधिकृत अनुप विष्...

आज ‘पुसे पन्ध्र’ : धनगढीको साइपालमा फुड फेस्ट आयोजना  [फोटोफिचर]

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेशमा आज पुसे पन्ध्र पर्व मनाइँदै छ ।  हरेक वर्ष पुस १५ गते सुदूरपश्चिममा विशेष महत्त्वका साथ मनाउने उक्त पर्वका अवसरमा आज धनगढीको साइपालमा फुड फेस्ट आयोजना गरिएको छ ।  धनगढी उपमहानगरपालिका-७, देवहरियामा रहेको साइपाल शिक्षा सदनमा आइतबार साइपाल फुड फेस्ट आयोजना गरिएको हो । विद्यार्थीहरुलाई पढाईमा मात्रै अगाडि बढाउनुभन्दा पनी बाहिरी ज्ञानको जानकारी गराउने मनसायले उक्त फेस्टको आयोजना गरीएको स्कुलका प्रधानाध्यापक कर्ण बहादुर ऐरले बताए । पुसे पन्ध्रका अवसरमा गाउँका सबै जना एक ठाउँमा जम्मा भएर रातभर देउडा खेल्ने, आगो तापेर जाग्राम बस्ने, दन्त्यकथा, आइनै बातै सुन्ने सुनाउने, तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूल खाने प्रचलन छ।  यद्यपि सुदूरपश्चिमका पहाडी भूभागबाट तराइ झरेकाहरूमा भने विस्तारै यो पर्वको मौलिकता कम हुँदै गएको बुढापखाल...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज