Advertisement

कैलालीका पहिरो पीडितलाई सोलार वितरण

Advertisement

धनगढी – कैलालीको चुरे गाउँपालिकाले पहिरो पीडितहरुलाई सोलार वितरण गरेको छ । 

बाढी पहिरोमा घरखेत गुमाएर सार्वजनिक जङ्गलमा पालमुनी बसिरहेका स्थानीयलाई पालिकाले उज्यालोका लागि सोलार वितरण गरेको हो । 

चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अनुसार पालिकाले आइतबार बालुवागडा-४ का १८ परिवारलाई सोलार वितरण गरेको गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले जानकारी दिनुभयो ।

पालिकाभित्रका ३० बाढी पहिरो पीडित परिवारलाई सोलार वितरण गरिने योजना अनुसार चार परिवारलाई केही समय अगाडि नै सोलार वितरण गरिएको उहाँले बताउनुभयो । खानीडाँडाको राजमार्ग छेउमा रहेका आठ परिवारलाई सोलार वितरण गर्न बाँकी रहेको भन्दै अध्यक्ष बोगटीले बाँकी रहेकाहरुलाई पनि एक-दई दिनभित्रै वितरण गरिने जानकारी दिनुभयो । 

वितरण गर्न थालिएका सोलार पचास वाटको र ब्याट्रि ३५ वाटको रहेको अध्यक्ष बोगटीले बताउनुभयो । बाढी पीडितहरु चार-पाँच वर्षदेखि अँध्यारोमै बस्न बाध्य भएकाले उहाँहरुको सहजताका लागि सोलार वितरण गरिएको बताउनुभयो । “यत्रो समयदेखि उहाँहरुले अँध्यारोमा जीवन बिताउनुपरेको छ”, उहाँले भन्नुभयो, “साना बालबालिकाहरुले पढ्न पाएका छैनन्, सोलार वितरणले केही सहज होला भन्ने हामीले विश्वास लिएका छौं ।”

बाढीपहिरो पीडितहरुलाई आफ्नो थातथलो छोड्नुपर्दाको पीडा एकातिर छ भने अर्कातिर हालसम्म पनि कुनै निकायबाट पुनःस्थापनाकाे सुनुवाइ हुन नसक्दाको पीडा छ । विस्थापित भएको ४-५ वर्ष पुग्नै लाग्दा पनि त्रिपालमुनि कष्टकर जीवन बाँच्न पहिरो पीडितहरु बाध्य छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज