Advertisement

कैलालीका पहिरो पीडितलाई सोलार वितरण

Advertisement

धनगढी – कैलालीको चुरे गाउँपालिकाले पहिरो पीडितहरुलाई सोलार वितरण गरेको छ । 

बाढी पहिरोमा घरखेत गुमाएर सार्वजनिक जङ्गलमा पालमुनी बसिरहेका स्थानीयलाई पालिकाले उज्यालोका लागि सोलार वितरण गरेको हो । 

चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अनुसार पालिकाले आइतबार बालुवागडा-४ का १८ परिवारलाई सोलार वितरण गरेको गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले जानकारी दिनुभयो ।

पालिकाभित्रका ३० बाढी पहिरो पीडित परिवारलाई सोलार वितरण गरिने योजना अनुसार चार परिवारलाई केही समय अगाडि नै सोलार वितरण गरिएको उहाँले बताउनुभयो । खानीडाँडाको राजमार्ग छेउमा रहेका आठ परिवारलाई सोलार वितरण गर्न बाँकी रहेको भन्दै अध्यक्ष बोगटीले बाँकी रहेकाहरुलाई पनि एक-दई दिनभित्रै वितरण गरिने जानकारी दिनुभयो । 

वितरण गर्न थालिएका सोलार पचास वाटको र ब्याट्रि ३५ वाटको रहेको अध्यक्ष बोगटीले बताउनुभयो । बाढी पीडितहरु चार-पाँच वर्षदेखि अँध्यारोमै बस्न बाध्य भएकाले उहाँहरुको सहजताका लागि सोलार वितरण गरिएको बताउनुभयो । “यत्रो समयदेखि उहाँहरुले अँध्यारोमा जीवन बिताउनुपरेको छ”, उहाँले भन्नुभयो, “साना बालबालिकाहरुले पढ्न पाएका छैनन्, सोलार वितरणले केही सहज होला भन्ने हामीले विश्वास लिएका छौं ।”

बाढीपहिरो पीडितहरुलाई आफ्नो थातथलो छोड्नुपर्दाको पीडा एकातिर छ भने अर्कातिर हालसम्म पनि कुनै निकायबाट पुनःस्थापनाकाे सुनुवाइ हुन नसक्दाको पीडा छ । विस्थापित भएको ४-५ वर्ष पुग्नै लाग्दा पनि त्रिपालमुनि कष्टकर जीवन बाँच्न पहिरो पीडितहरु बाध्य छन् ।

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

गलत भए मलाई जेल हाल: मेयर बालेन

गलत भए मलाई जेल हाल: मेयर बालेन

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफूलाई गलत जेल हाल्न संघीय सरकारलाई चुनौती दिएका छन्। कानून मिच्ने भ्रष्टाचार...
डोटीमा भालुको आक्रमणबाट २ जना घाइते

डोटीमा भालुको आक्रमणबाट २ जना घाइते

धनगढी- डोटीमा भालुको आक्रमणबाट २ जना घाइते भएका छन् । जिल्लाको सायल गाउँपालिका- ६ स्वाडाका अन्दाजी ६२ वर्षीय करी साउँद र उनकी श्री...
बझाङमा क्षयरोगका ४७ प्रतिशत बिरामी मात्र उपचारको दायरामा

बझाङमा क्षयरोगका ४७ प्रतिशत बिरामी मात्र उपचारको दायरामा

बझाङ– बझाङमा राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण २०१९ (Prevalence Survey 2019) का आधारमा वार्षिक रूपमा करिब ४ सय १५ जना नयाँ क्षयरो...
अछाममा करेन्ट लागेर एक किशोरीको मृत्यु

अछाममा करेन्ट लागेर एक किशोरीको मृत्यु

धनगढी- अछाममा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका-६, दर्ना चन्डालीकी १८ वर्षीया सुनिता कडा...
कार्यकारी निर्देशकबाट कुलमानलाई हटाउने निर्णयको चौतर्फी विरोध

कार्यकारी निर्देशकबाट कुलमानलाई हटाउने निर्णयको चौतर्फी विरोध

काठमाण्डौ – कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । सत्तारुढ कां...
प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे सर्वसम्मत

प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे सर्वसम्मत

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन भएका छन । सोमबार बिराटनगरमा सम्पन्न १० औँ राष्ट्रिय अधिवेशनले पाण्डेको अ...
आज कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ - हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको प...
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज