Advertisement

हाम्रो बारेमा

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ चरा चिनाउन ‘होर्डिङ बोर्ड’

समाचार
कञ्चनपुर - शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पाइने चराका तस्बिर अङ्कित भएको ‘होर्डिङ बोर्ड’ राख्ने काम अगाडि बढाइएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) र प्रकृति पथ प्रदर्शक सङ्घ शुक्लाफाँटाको सहयोगमा निकुञ्ज भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई दुर्लभ चराबारे जानकारी दिने उद्देश्यले बोर्ड राख्ने काम गरिएको हो । बोर्डमा निकुञ्जमा पाइने दुर्लभ २४ प्रजातिका चराको नामसहितको तस्वीर राखिएको छ । यसमा सिमतित्रा, कैलोटाउके हाँस, राजलहाचे, खरमुजुर, सानो खरमुजुर, उत्कोशी फ्यालफ्याले, गोमायु महाचील, रणमत्त महाचिल, सारस, लोभीपापी गरुड, भुँडीफोर, बोक्सी चील, लघु महाचील, जीवाहार चील रहेका छन् । यसैगरी सेतो गिद्ध, डङ्गर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध, वन चाहा, सेतोकण्ठे घिप्सी, काँसे घाँसेचरी, नर्कट भ्याकुर, सुनौलो टोपचरा, बगाले बगेडीलगायत चराका तस्बिर होर्डिङ बोर्डमा अङ्कित गरिएको छ । होर...

एपीएफले मधेशलाई दियो २४७ रनको लक्ष्य

समाचार
काठमाडौं - प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले मधेश प्रदेशलाई २४७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले ९ विकेट गुमाउँदै २४६ रन बनाएको हो । एपीएफका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५९ रन बनाए । उनले ६९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले ७४ बलमा ५ चौका र २ छक्कासहित ५८ रन बनाए । नट आउट रहेका अमर रौतेला अर्धशतक पूरा गर्नबाट १ रनले चुके । सन्दीप जोराले २० रन बनाएका थिए । ४८.३ ओभरमा हातमा बलले लागेर रिटायर्ड हर्ट अभिनाश बोहरा लगातार २ विकेट गएपछि पुन मैदान फर्किएका थिए । उनी ८ रनमा नट आउट रहे । मधेशका लागि रुपेश सिंह र प्रदिप पासवानले समान ३/३ विकेट लिए । रञ्जित कुमारले २ र अरनिको यादवले १ विकेट लिए ।...

तोलामा ७ सय रुपैयाँ घट्यो सुन

समाचार
काठमाडौं - बिहीबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ घटेको छ ।  बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य बिहीबार १ लाख १७ हजार ५ सय रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार पनि सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको थियो । महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय रुपैयाँ रहेको चाँदीको भाउ बिहीबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ ।...

बैतडीमा टिप्पर दुर्घटना

समाचार
बैतडी - बैतडीमा टिप्पर दुर्घटना भएको छ।  मेलौलीबाट पाटनतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ क २३९४ नम्बरको खाली टिप्पर बिहीवार बिहान मेलौलीको लामालेकमा दुर्घटना भएको हो।  लामालेक हतरंगा जाने सडकको जिरो प्वाइन्ट नजिक दुर्घटना भएको टिप्पर सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले बताए। दुर्घटनामा चालक मेलौली नगरपालिका–१ का २४ वर्षीय गम्भीर टमटा र सहचालक मेलौली–१ कै १९ वर्षीय रोहित दयाल घाइते भएको उनले बताए।  घाइतेहरुको उद्धार भइरहेको छ। दुर्घटनाको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।  ...

कञ्चनपुरको बेलौरीबाट होटल सञ्चालिकासहित ३ जना पक्राउ

समाचार
कञ्चनपुर - कञ्चनपुरको बेलौरीबाट होटल सञ्चालिकासहित ३ जना पक्राउ परेका छन्।  बेलौरी नगरपालिका–६ स्थित गुगल रेस्टुरेन्टबाट भारतिय नागरिक र नेपाली युवतीलाइ प्रहरीले मङ्गलवार साँझ अनैतिक अवस्थामा देखेपछी सञ्चालिकासहित ३ जनालाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलिले सोही ठाउँ बस्ने रेस्टुरेन्ट संचालिका, धरान उपमहानगरपालिका–१ बस्ने २४ वर्षीय युवती र भारतको पुरनपुर बस्ने रथिक अन्सारीलाई पक्राउ गरेको हो।  अनैतिक अवस्था दुई जनालाई फेला पारेपछि संचालिकासहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ।  उनीहरुमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरिप्रसाद बजगाइले बताए। ...
नेविसंघ केन्द्रीय सदस्य बुढाले , त्रिवेणी नगर सरकारलाई दिए ६ बुँदे सुझाव 

नेविसंघ केन्द्रीय सदस्य बुढाले , त्रिवेणी नगर सरकारलाई दिए ६ बुँदे सुझाव 

समाचार
बाजुरा - नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भरत बुढाले त्रिवेणी नगरपालिकाको नगर सरकारलाई ६ बुँदे राय सुझाव दिएका छन् । उनले आफ्नो आधिकारिक सामाजिक संजाल मार्फत नगरको १४ औं नगर सभा तथा हिउँदे अधिवेशनबाट पारित गरिएका ६ वटा कार्य विधीमा पनि अझै नगरको समृद्धीका लागि ६ बुँदे सुझाव दिएका हुन् । बुढाले नगरपालिकाको सरकारले पालिकाको विकासका लागि धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन,संरक्षण र स्थानीय स्तरका कला संस्कृतिको संरक्षणमा नगर सरकारले कार्य विधी बनाएर अघि ब्ढ्नुपर्न उनको सुझाव छ । नेविसंघ केन्द्रीय सदस्य बुढाले  बडिमालिका क्षेत्रको विकास र व्यवस्थापन का लागि बडिमालिका क्षेत्र बिकास कोष परिचालन तथा व्यवस्थापन कार्यविधी बनाउनुपर्ने,कर का दायरा फराकिलो बनाउने,त्रिवेणी नगरपालिका भित्रका धार्मिक पर्यटकीय ,प्राकृतिक सम्पदा ,जडिबुटी ,खनिज जस्...

संरक्षणको पर्खाइमा कैलालीको गर्भा दरबार

समाचार
धनगढी - राणाकालीन गर्भा दरबार जीर्ण बनेको छ । कैलालीको चुरे गाउँपालिका –४ खैरालामा रहेको सो दरबार संरक्षण नहुँदा जीर्ण बनेको हो ।  संरक्षण अभावमा दरबार खण्डहरमा परिणत भएको छ । दरबारको विभिन्न संरचना भत्किन थालेको छ । राज्यले दरबार संरक्षणमा चासो नदिएपछि ऐतिहासिक महत्वको गर्भा दरबार जीर्ण बनेको स्थानीयवासी नारायण योगीले बताए ।  गर्भा दरबार तत्कालीन राणा शासक खडक शमशेरको पालामा बनेको थियो । विक्रम संवत् १९७९ मा शिलान्यास गरिएको दरबारको निर्माण कार्य १९८३ मा पूरा भएको थियो । राणा शासकहरूले कैलाली, कञ्चनपुर, डोटीबाट पोत (कर) उठाउन र मुद्दा मामिला मिलाउने उद्देश्यले बनाएको दरबारमा २०३३ सालदेखि मान्छे बस्न छाडेको जनाइएको छ । १० वर्षे द्वन्द्वको चपेटामा परेर दरबार भग्नावशेषमा परिणत भएको बताइन्छ ।  दरबार संरक्षण वा मर्मतका लागि पुरातत्त्व विभागले अनुमति नदिएका कारण प्रदेश स...

कैलाली र कञ्चनपुरका ४ पालिकाका विद्यालयमा २ दिन बिदा

समाचार
धनगढी - कैलाली र कञ्चनपुरका ४ पालिकाले विद्यालयमा २ दिन जाडो बिदा दिएका छन्। कैलालीको गौरीगंगा, कञ्चनपुरका बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाटा नगरपालिकाले दुई दिन बिदा दिएका छन्।  चिसोले नियमित पठन पाठन प्रभावित भएको भन्दै माघ ४ र ५ गते विद्यालयहरुमा जाडो विदा दिइएको हो। जाडो विदा सम्बन्धी सूचनामा प्रतिकुलताका कारण अत्याधिक चिसो बढेकाले विद्यार्थीको स्वास्थ्यमा समस्या देखिदा हिउँदे विदाबाट कट्टीहुने गरी सामुदायिक तथा संस्थागत सबै विद्यालयहरुमा जाडो विदा दिइएको पालिकाले सुचनामा उल्लेख गरेका छन्।  विदाको समयमा विद्यालयको प्रशासनिक काम भने सुचारु रहने जनाइएको छ।...

गौशाला २६ भन्दै फेसबुकमा फोटो राख्ने एक युवक पक्राउ

समाचार
काठमाडौं - गौशाला २६ भन्दै सामाजिक सञ्जाल फेसबुकमा युवतीको फोटो राखेको आरोपमा एक जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीको साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले बुधवार ती युवकलाई पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पशुपति कुमार रायका अनुसार पक्राउ परेका युवकमाथि अहिले थप अनुसन्धान भइरहेको छ । आरोपी व्यक्तिबारे विस्तृत अध्ययन नभई सञ्चारमाध्यममा विस्तृत जानकारी दिन नमिल्ने उनले बताए । बलात्कार आरोपमा क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर एवं सजाय तोकेपछि सामाजिक सञ्जालमा गौशाला २६ को फोटो भन्दै शेयर हुने क्रम बढेको छ । पीडित गौशला २६ ले नै ब्यूरोमा फोटो दुरुपयोग भएको भन्दै उजुरी दिएकी थिइन् ।...
धनगढीका लागि उडेको श्री एयर नेपालगञ्जमा अवतरण

धनगढीका लागि उडेको श्री एयर नेपालगञ्जमा अवतरण

समाचार
धनगढीः काठमाण्डौँबाट धनगढीका लागि उठेको श्री एयरको विमान नेपालगञ्जमा अवतरण गरेको छ। धनगढीमा मौसम खराबी भएका कारण विमान फर्किको हो। धनगढी विमानस्थल कार्यालयका अनुसार बुधवार दिउसो साढे १ बजे काठमाण्डौँबाट उठेको विमान साढे २ घण्टा आकाशमा होल्ड भएको यात्रुहरुको गुनासो छ। धनगढीको मौसम नखुलेपछि विमान नेपालगञ्जमा अवतरण भएको हो। धनगढीमा रहेको मौसम खराबीका कारण विमान अवतरणमा समस्या हुने गरेको छ। धनगढी  विमानस्थल कार्यालयका अनुसार श्री एयर र बुद्ध एयरको एक/एक विमान भने धनगढी विमानस्थलमा अवतरण भएका छन्। ...

रुखबाट लडेर कैलालीमा १७ वर्षीया रितुको मृत्यु

समाचार
कैलाली- कैलालीमा रुखबाट लडेर एक किशोरीको ज्यान गएको छ। प्रहरीका अनुसार ज्यान गुमाउनेमा घोडाघोडी नगरपालिका–८ सुखडकी रितु थापा रहेकी छन्। घोडाघोडी नगरपालिका–८ मा मंगलबार दिउँसो ३ बजेतिर घाँस काट्न जाँदा उनको रुखबाट खसेर ज्यान गएको प्रहरीको भनाइ छ। घाइते भएपछि अस्पताल लैजादै गर्दा मृत्यु भएको रितुका आफन्त मिलन बुढाले बताए। रुखबाट खसेर अचेत भएकी रितुको उपचारका लागि भेरि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनको भनाइ छ।...

पाकिस्तानमा इरानको हवाई हमला, २ बालबालिकाको मृत्यु

समाचार
काठमाडौं - इरानले पाकिस्तानको बलुचिस्तानमा हवाई हमला गरेको छ ।  आतंकवादी संगठन जैश अल अदललाई लक्षित गरी मिसाइल आक्रमण गरेको इरानले जनाएको छ । आक्रमणबाट दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले पाकिस्तानमा मिसाइल र ड्रोनमार्फत् हवाई हमला गरेको समाचार सार्वजनिक गरेको थियो । तर पछि उसले त्यो समाचार हटाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सन् २०१२ मा स्थापना भएको यो संगठनले इरानको सीमा क्षेत्र मा आक्रमण गर्दै आएको छ । र, संगठनका नेताहरु पाकिस्तानमा बस्ने गरेको दाबी इरानको छ । पाकिस्तानले भने इरानले हवाई क्षेत्र अकारण नाघेर आक्रमण गरेको र पाकिस्तानको सम्प्रभुताको उल्लंघन गरेको जनाएको छ । साथै यो आक्रमणको इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज