कञ्चनपुर – कञ्चनपुरको बेलौरीबाट होटल सञ्चालिकासहित ३ जना पक्राउ परेका छन्।
बेलौरी नगरपालिका–६ स्थित गुगल रेस्टुरेन्टबाट भारतिय नागरिक र नेपाली युवतीलाइ प्रहरीले मङ्गलवार साँझ अनैतिक अवस्थामा देखेपछी सञ्चालिकासहित ३ जनालाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलिले सोही ठाउँ बस्ने रेस्टुरेन्ट संचालिका, धरान उपमहानगरपालिका–१ बस्ने २४ वर्षीय युवती र भारतको पुरनपुर बस्ने रथिक अन्सारीलाई पक्राउ गरेको हो।
अनैतिक अवस्था दुई जनालाई फेला पारेपछि संचालिकासहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ। उनीहरुमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरिप्रसाद बजगाइले बताए।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३