बाजुरा – नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भरत बुढाले त्रिवेणी नगरपालिकाको नगर सरकारलाई ६ बुँदे राय सुझाव दिएका छन् ।
उनले आफ्नो आधिकारिक सामाजिक संजाल मार्फत नगरको १४ औं नगर सभा तथा हिउँदे अधिवेशनबाट पारित गरिएका ६ वटा कार्य विधीमा पनि अझै नगरको समृद्धीका लागि ६ बुँदे सुझाव दिएका हुन् ।
बुढाले नगरपालिकाको सरकारले पालिकाको विकासका लागि धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन,संरक्षण र स्थानीय स्तरका कला संस्कृतिको संरक्षणमा नगर सरकारले कार्य विधी बनाएर अघि ब्ढ्नुपर्न उनको सुझाव छ ।
नेविसंघ केन्द्रीय सदस्य बुढाले बडिमालिका क्षेत्रको विकास र व्यवस्थापन का लागि बडिमालिका क्षेत्र बिकास कोष परिचालन तथा व्यवस्थापन कार्यविधी बनाउनुपर्ने,कर का दायरा फराकिलो बनाउने,त्रिवेणी नगरपालिका भित्रका धार्मिक पर्यटकीय ,प्राकृतिक सम्पदा ,जडिबुटी ,खनिज जस्ता साधनस्रोत को प्रवद्र्धनन ,पहिचान ,संरक्षण गर्ने, आम नागरिक का लागि आयस्रोत बढाउने ,रोजगारि सिर्जना गर्ने, नगरपालिका आत्मनिर्भर हुने कार्यक्रम संचालन गनुपर्ने राय सुझाव राखेका छन् ।
यस्तै केन्द्रीय सदस्य बुढाले मदिरा जन्यवस्तुहरुको विक्री वितरणमा उचित व्यवस्थापन गर्ने, सुविधा सम्पन्न अस्पताल र एम्बुलेन्स सेवालाई तत्कालै योजनामा समावेश गरि कार्यन्यवन गर्ने, प्राविधिक शिक्षालय÷ क्याम्पस ,स्वास्थ्य वीमा त्रिवेणीका सबै परिवारलाई पहिलो पटक स्वास्थ्य वीमा गरिदिने कार्य गर्न सक्यौं भने नगरको उचाईमा पुग्ने विश्साव लिएका छन् ।
नगर सभाको ६ कार्य विधी पारितकाे समाचारपछि नेविसंघका केन्द्रीय सदस्य बुढाले बुधबार नगरपालिकालाई सुझाव राय दिएका हुन् ।
लामो समयदेखि जिल्लामा राजनिति गर्दै आएका बुढा सामाजिक सेवामा पनि काम गर्दै आएका छन् ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३