धनगढीमा एक किशोर मृत अवस्थामा फेला
धनगढी - कैलालीको धनगढीमा एक किशोर मृत फेला परेका छन।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ का गीता नेपालीका १९ वर्षीय छोरा दिवान मृत फेला परेका हुन्।
उनी आफ्नै घरमा मृत फेला परेका प्रदेश प्रहरी कार्यालय, धनगढीले बताएको छ। घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गर्दैछ।



