Advertisement

हाम्रो बारेमा

गौरीगंगाको अनुपम कृषि सहकारीको दोस्रो साधारण सभा सम्पन्न 

समाचार
गौरीगंगा - कैलालीको गौरीगंगा ५ मा रहेको अनुपम कृषि बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो साधारण सभा सम्पन्न भएको छ । वडा नम्बर ५ का वडा अध्यक्ष विष्णु प्रसाद भाटको प्रमुख आतिथ्यता रहेको उक्त साधारण सभामा सहकारी संस्थाका संस्थापक अध्यक्ष भक्त बहादुर बिकको सभापतित्व रहेको थियो । उक्त सहकारीको साधारण सभामा लेखा समिति संयोजक गंगा बिकले आर्थिक विवरण पेस गरेकी थिइन् । शेयर पुँजी चार लाख ९० हजार र निक्षेप बचत एक लाख १८ हजार छ सय ७३ उनले बताइन् । संयोजनक बिकका अनुसार उक्त संस्थामा अहिलेसम्म ८० जना शेर धनी रहेको र हालसम्म  कृषि  क्षेत्रमा चार लाख ६७ हजार छ सय १० लगानी रहेको छ । त्यस्तै उक्त सहकारी सञ्चालक समितीमा रहेर ऋण लगेर कृषिमा लगानी गरि तरकारी खेती गर्दै आएका मीन बहादुर बिकले आफूले उब्जाएको सब्जी, टमाटर र काउलीलाई प्रदर्शन गराएका थिए । सहकारीबाट ऋण लगेर उक्त सकमको सहि ...

सुदूरपश्चिम सरकारको एक वर्षे प्रगति विवरण सार्वजनिक

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ ।  मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारले शनिबार पत्रकार सम्मेलन गरेर आफ्नो एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो ।  राजनीतिक एवम् प्रशासनिक सहकार्य तथा समन्वयको दृष्टिकोणबाट सरकारको एक वर्षको कार्यकाल सुखद् रुपमा बितेको मुख्यमन्त्री शाहले बताए । कठिन भूगोल, गरिबी, बेरोजगारी तथा शिक्षा र स्वास्थ्य सेवामा समस्या, उद्यमशिलता, भौतिक पूर्वाधार विकासको कमी, सीमित स्रोत साधन लगायतका कारणले प्रदेश सरकार जनताको अपेक्षामा खरो रुपमा उत्रिन नसकेको मुख्यमन्त्रीको स्वीकार थियो । यद्यपि, प्रदेश सरकार नीतिगत सुधार, बेरुजु घटाउने गरी वित्तीय व्यवस्थापन, कृषि तथा पशुपन्छी विकास लगायतको कार्यमा अगाडि बढेको मुख्यमन्त्रीको भनाइ थियो । उर्जा क्षेत्रमा प्रदेश सरकारको विशेष प्राथमिकता रह...

धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ

समाचार
धनगढी - कैलालीको धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-९ बाट १ ग्राम लागूऔषधसहित सोही ठाँउ बस्ने २४ वर्षीय राज चौधरी, ३० वर्षीय संजय यादब र २९ वर्षीय सुरेन्द्र श्रेष्ठ शुक्रवार साँझ प्रहरी पक्राउ परेका हुन्।  जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी तीनैलाई पक्राउ गरेको हो।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ। ...

संविधान सभा सदस्य ओली घरको छतबाट लडेर घाइते

समाचार
धनगढी - संविधान सभा सदस्य, नेकपा  (एमाले) केन्द्रिय पोलिटब्युरो तथा डडेल्धुरा जिल्ला पार्टी इन्चार्ज गौरी ओली घरको छतबाट लडेर घाइते भएकी छिन्। ओली डोटी स्थित आफ्नो घरको छतबाट लडेर घाइते भएकी हुन्। उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ। 

नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदै

समाचार
काठमाण्डौं – आज नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ । खेल दिउँसो तीन बजे दशरथ रंगशालामा शुरु हुनेछ ।  चीनियाँ नयाँ वर्षको अवसरमा चीनको प्रस्तावमा २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल हुन लागेको हो । मैत्रीपूर्ण फुटबल खेल्न यान्सुको प्रान्तीय टोली हिजो नै नेपाल आएको छ । त्यसअघि चिनियाँ ड्रागन शो, मार्सल आर्ट शोलगायतका कार्यक्रम हुने एन्फाले जनाएको छ ।  टिकट मूल्य साधारणतर्फ तीन सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ तोकिएको छ ।...

आज सोनाम ल्होछार मनाइँदै 

समाचार
काठमाण्डौं – आज माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउँदै छन् ।  भूमिपूजा, कूलपूजा एवम् दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व देशका विभिन्न ठाउँमा बसोबास तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् ।  तामाङ समुदायको बाहुल्य रहेको बाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।...

धनगढीमा भारतीय नागरिक मृत अवस्थामा फेला

समाचार
धनगढी - धनगढीमा एक भारतीय पुरुष मृत अवस्थामा फेला परेका छन्। भारतको लखिमपुरका ५५ वर्षीय अर्जुन बर्मा शुक्रवार मृत अवस्थामा फेला परेका हुन्। बर्मा धनगढी उपमहानगरपालिकाको–१६ बेहडाबाबाका भिखुराम चौधरीको घरमा बस्दै आएका थिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।  

देशमा संघीयता भएको कसैलाई मन परेको छैन : मन्त्री धामी

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री रमेश धामीले संघीयता कि त कार्यान्वयन हुनुपर्ने नभए खारेज हुनुपर्ने बताउनुभएको छ ।  नेपाल उद्योग वणिज्य महासंघ, सुदुरपश्चिम प्रदेशको सातौं प्रदेश सभालाई शुक्रबार धनगढीमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएकाे हाे । "देशमा संघियता लागु भएको छ तर कसैलाई मन परेको छैन । नियम संघीयता केही पनि छैन । कि संघीयता कार्यान्वयन गरौं होइन भने खारेज गरौं । यसको कार्यान्वयनको लागि सबै लागौँ।" उहाँले भन्नुभयो, "सुदूरपश्चिम प्रदेश सरकारको औद्योगिक क्षेत्र नभएको स्वीकार गर्दै  केन्द्र सरकारले घोषणा गरेका औद्योगिक क्षेत्रहरु पनि भद्रगोल अवस्थामा रहेका छन् । डुडेझारी, लालपुर र दैजी कसलाई औद्योगिक क्षेत्र बनाउने हो संघले टुंग्याउनुपर्ने भएकाेले तानातान भएकाे छ ।" मन्त्री धामीले औद्योगिक क्षेत्र घोषणाको लागि घोषणा होइन कि हाम...

गौरीगंगामा नेल्टाद्वारा नि:शुल्क रेबिज विरुद्ध खोप कार्यक्रम 

समाचार
गौरीगंगा - गौरीगंगामा नेल्टाद्वारा नि:शुल्क रेबिज विरुद्ध खोप कार्यक्रम  तथा सचेतना कार्यक्रम-२०८० सम्पन्न भएको छ । गौरीगंगा नगरपालिकाको ११ वटै वाडामा  नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) द्वारा सञ्चालित नि:शुल्क रेबिज विरुद्ध खोप कार्यक्रम आज नगरपालिकाको वडा नम्बर ५ मा सम्पन्न भएको हो ।  उक्त कार्यक्रममा दुई सयभन्दामाथि कुकुरहरुलाइ रेबिज सुइँ लगाएको नेल्टा संघका प्रदेश सचिव हेमन्त उपाध्ययले बताएका छन् ।   पशु सेवाका प्रमुख डाक्टर हेमराज अवस्थीका अनुसार गौरीगंगा नगरपालिकामा १५ सय जति कुकुर रहेका र सबैमा नभए पनि कम्तिमा एक हजारभन्दा बढीलाई रेबिज विरुद्धको खोप लगाइने भएको छ ।...

क्यान्सरबाट पीडित अछामका विराजको उपचारमा सहयोगको अपिल 

समाचार
अछाम - ब्लड क्यान्सरबाट पीडित भएका विराज खड्कालाई उपचारको लागि आर्थिक सहयोग गर्न परिवारले अपिल गरेका छन् ।  आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै खड्काको परिवारले सहयोगको माग गरेको हो । अछामको मंगलसेन नगरपालिका ११ बस्ने विराज खड्कालाई ब्लड क्यान्सर भएर २ महिनादेखि बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचाररत छन् । उपचारका लागि आर्थिक अभाव भएकाले संघसंस्था तथा ईच्छुक व्यक्तिलाई सहयोग गर्न आग्रह गरिएको छ । उपचारका लागि ६ लाखसम्म लाग्ने, ५ महिना अस्पतालमा बस्नुपर्ने र हप्ता हप्तामा किमो चढाउनु पर्ने भएको हुँदा उपचार गर्न धेरै समस्या परेको जनाइएको छ । उनको सहयोगका लागि माछापुच्छ्रे बैंकको खाता नम्बर १४५०९७१६७९६०००१६ मा आर्थिक रकम सहयोग गरिदिन हुन उनका आफ्न्तले आग्रह गरेका छन् । त्यस्तै ९७६८३०७६१२ मा सम्पर्क गरेर पनि सहयोग गर्न सकिने जनाइएको छ ।...

कैलारीमा १५ शय्याको अस्पताल भवन निर्माण अन्तिम चरणमा

समाचार
धनगढी - कैलालीको कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।  हरेक स्थानीय तहमा अस्पताल हुनुपर्ने सङ्घीय सरकारको नीति अनुसार सो अस्पताल निर्माण गरिएको हो ।  यस पालिकाको वडा नम्बर ५ बैजपुरमा १५ शय्याको अस्पताल निर्माण गर्न लागिएको हो । दुई वर्षमा काम सम्पन्न गर्ने गरी निर्माण सुरु भएको थियो ।  हाल फिनिसिङको कार्य भइरहेको गाउँपालिकाका इन्जिनियर भरत चन्दले जानकारी दिए । उनका अनुसार अस्पताल निर्माणको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ ।  सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको अस्पतालको लागत भ्याटसहित १८ करोड ५२ लाख रुपियाँ रहेको छ ।  अस्पताल निर्माणका लागि २०७९ असार २९ मा रोयल कन्स्ट्रक्सन जेभीसँग निर्माण ठेक्का सम्झौता भएको थियो । अस्पताल निर्माणको अवधि आगामी असारसम्म रहेको छ ।...

रोकियो बाजुराको मार्तडी–कोल्टी बस सेवा

समाचार
बाजुरा - बाजुरा सदरमुकाम मार्तडीदेखि कोल्टीसम्म चल्ने बस सेवा विवादका कारण रोकिएको छ ।  स्थानीय तह र स्थानीय प्रशासनले कोल्टीसम्म बस सेवा सञ्चालन गर्ने तयारी गरे पनि बस व्यवसायीले सडकको अवस्था देखाउँदै रोकेका हुन ।  गत माघ १३ गते प्रमुख जिल्ला अधिकारी, स्थानीय तह र बस व्यवसायीबिचको सहमतिमा जयमालिका यातायातको ना. ५ ख २०४१ नम्बरको बस मार्तडीबाट कोल्टीसम्म पुर्‍याइएको थियो । बस व्यवसायीले सडक राम्रो नभएको र दुर्घटनाको जोखिम रहेकाले बस चलाउन समस्या भएको बताइन्छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज