धनगढी – कैलालीको कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
हरेक स्थानीय तहमा अस्पताल हुनुपर्ने सङ्घीय सरकारको नीति अनुसार सो अस्पताल निर्माण गरिएको हो ।
यस पालिकाको वडा नम्बर ५ बैजपुरमा १५ शय्याको अस्पताल निर्माण गर्न लागिएको हो । दुई वर्षमा काम सम्पन्न गर्ने गरी निर्माण सुरु भएको थियो ।
हाल फिनिसिङको कार्य भइरहेको गाउँपालिकाका इन्जिनियर भरत चन्दले जानकारी दिए । उनका अनुसार अस्पताल निर्माणको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ ।
सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको अस्पतालको लागत भ्याटसहित १८ करोड ५२ लाख रुपियाँ रहेको छ ।
अस्पताल निर्माणका लागि २०७९ असार २९ मा रोयल कन्स्ट्रक्सन जेभीसँग निर्माण ठेक्का सम्झौता भएको थियो । अस्पताल निर्माणको अवधि आगामी असारसम्म रहेको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३