बझाङका यार्सागुम्बा संकलकहरु हिमाली पाटनतिर जान थाले
बझाङ : हिमाली जिल्ला बझाङका यार्सागुम्बा संकलकहरु हिमाली पाटनतिर जान थालेका छन् । यार्सागुम्बा टिप्न केहि समयपछि सुरु गर्ने भएपनि उपयुक्त बासस्थानको खोजी र यार्सागुम्बाको अवस्था हेर्न र बुझ्नको लागि उनिहरु हिमाली पाटनतिर लागेका हुन्
नयाँ वर्ष मनाए लगत्त्तै गाउँका आधा भन्दा बढी मानिसहरु लेकतिर गइसकेको सुर्मा गाउँपालिका –४ का स्थानिय लोक बहादुर बोहराले बताउनुभयो । पहिलो चरणमा लेकतिर जानेहरुले आजभोली पाटनतिर खानेबस्ने सबै व्यवस्था मिलाएर हिउँदेबाली भित्र्याउन फर्किने गरेको बोहराले बताउनुभयो ।
हिउँदेबाली भित्र्याएपछि वृद्धवृद्धा र साना बालबालिका बाहेक सबै यार्सागुम्बा संकलनको लागि लेकतिर जाने गर्दछन् । पछिल्लो समय यहाँ गहुँ भन्दापनि स्थानियहरुले आलु लगाउने गरेको र यसपालि खडेरीले लगाएको गहुँ पनि सुकेको अर्का स्थानिय हंशविर बोहराले बताउनुभयो । यहिँ वैशाख १५ को उवनिर्वाचनका लागि केहि मानिस...












