Advertisement

बझाङका यार्सागुम्बा संकलकहरु हिमाली पाटनतिर जान थाले

Advertisement

बझाङ : हिमाली जिल्ला बझाङका यार्सागुम्बा संकलकहरु हिमाली पाटनतिर जान थालेका छन् । यार्सागुम्बा टिप्न केहि समयपछि सुरु गर्ने भएपनि उपयुक्त बासस्थानको खोजी र यार्सागुम्बाको अवस्था हेर्न र बुझ्नको लागि उनिहरु हिमाली पाटनतिर लागेका हुन्

नयाँ वर्ष मनाए लगत्त्तै गाउँका आधा भन्दा बढी मानिसहरु लेकतिर गइसकेको सुर्मा गाउँपालिका –४ का स्थानिय लोक बहादुर बोहराले बताउनुभयो । पहिलो चरणमा लेकतिर जानेहरुले आजभोली पाटनतिर खानेबस्ने सबै व्यवस्था मिलाएर हिउँदेबाली भित्र्याउन फर्किने गरेको बोहराले बताउनुभयो ।

हिउँदेबाली भित्र्याएपछि वृद्धवृद्धा र साना बालबालिका बाहेक सबै यार्सागुम्बा संकलनको लागि लेकतिर जाने गर्दछन् । पछिल्लो समय यहाँ गहुँ भन्दापनि स्थानियहरुले आलु लगाउने गरेको र यसपालि खडेरीले लगाएको गहुँ पनि सुकेको अर्का स्थानिय हंशविर बोहराले बताउनुभयो । यहिँ वैशाख १५ को उवनिर्वाचनका लागि केहि मानिसहरु रोकिएका र उपचुनाव सकिए पछि सबै पाटनतिर गइसक्ने उहाँको भनाई छ । पानी परेपछि मात्रै यार्सा टिप्ने हुनाले पानी पर्ने आशामा कुरिरहेको बोहराले बताउनुभयो ।

यसपालि लेकतिर खासै हिउँ नपरेकाले स्थानियहरु यार्सा नपाइने चिन्तामा छन् । यार्सागुम्बा पाटनहरू फोहोरले भरिन थालेकाले पनि यार्सा नपाइने गरेको उनिहरुको भनाई छ । यार्सा संकलन कार्य सुरु भएपछि प्लास्टिक, सिसा, कपडा र पेय पदार्थका बोत्तलहरूले जिल्लाका उच्च हिमाली पाटनहरू भरिभराउ हुने गरेका छन् । बझाङमा यार्सा संकलनको लागि सुर्मा सरोबर क्षेत्र, धनसेरा, जलजला, पार्थि, चाँदेशिखर लगाएतका हिमालहरुमा जाने गरिन्छ ।

यार्सागुम्बा संकलन गर्न जिल्लाका विभिन्न ठाउँबाट जाने गर्दछन् भने छिमेकी जिल्ला दार्चुलाबाट पनि आउने गर्दछन् । विशेष गरेर जिल्लाको सुर्मा गाउँपालिका, तल्कोट गाउँपालिका, साइपाल गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, दुर्गाथली गाउँपालिका बुंगल नगरपालिका र जयपृथ्वी नगरपालिकाका अधिकांश स्थानियहरु हिमाली पाटनतिर जाने गर्दछन् ।

यार्सागुम्बा जिल्लाका उच्च हिमाली भुभागका स्थानियहरुको बलियो आयस्रोतका रुपमा रहेको छ । लगाएको अन्नबालीले तीन महिना पनि अधान्ने र रोजगारी पनि केहि नभएकाले स्थानियहरु ज्यानै जोखिममा राखेर हिमाली पाटनमा जाने गरेका छन् । स्कुले बालबालिकाहरु पनि पढाई छोडेर लेकतिर जाने गर्दछन् । यार्सा संकलनको क्रममा कयौंले वर्षेनी ज्यान पनि गुमाउदै आएका छन् । लेक लागेर, हिम पहिरोमा परेर, भिरबाट लडेर लगाएतका कारणले कयौं मानिस लेक तिरै ज्यान गुमाउछन् । गत वर्ष मात्रै बझाङका ६ जनाले हिम पहिरोमा परेर अकालमै ज्यान गुमाएका थिए ।

कल्पना उपाध्याय

कल्पना उपाध्याय कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकामा बझाङबाट पत्रकारिता गर्नुहुन्छ । उहाँ समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

सुनिता र बुच नौ महिनापछि अन्तरिक्षबाट पृथ्वीमा फर्किए

सुनिता र बुच नौ महिनापछि अन्तरिक्षबाट पृथ्वीमा फर्किए

एजेन्सी- अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नौ महिना अन्तरिक्षबाट फर्किएका छन् । भारतीय समयअनुसार बिहान ३ बजेर २७ मिन...
ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका भट्ट निर्वाचित

ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका भट्ट निर्वाचित

धनगढी- कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसं...
बैतडीका ५ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु ३, नेविसंघ २,  एक क्याम्पसमा आज निर्वाचन हुँदै

बैतडीका ५ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु ३, नेविसंघ २, एक क्याम्पसमा आज निर्वाचन हुँदै

धनगढी- बैतडीमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तरगतका ५ वटा क्याम्पसमा स्ववियु निर्वाचनको अन्तिम नजिता सार्वजनिक भएको छ । सा...
कैलालीका ८ क्याम्पसकाे स्ववियु नतिजा सार्वजनिक: ४ मा नेविसंघ र ४ मै अखिल क्रान्तिकारी विजयी

कैलालीका ८ क्याम्पसकाे स्ववियु नतिजा सार्वजनिक: ४ मा नेविसंघ र ४ मै अखिल क्रान्तिकारी विजयी

धनगढी-  कैलालीमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) काे नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएका ८ क्याम्पसकाे अन्तिम नतिजा सार्वजन...
आज सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना

आज सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना

काठमाडौं- हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ भने हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...
ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघको अग्रता कायमै

ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघको अग्रता कायमै

धनगढी- कैलालीको धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली कांग्रेस निकट नेप...
कञ्चनपुरका स्ववियु निर्वाचन सम्पन्न ६ क्याम्पस मध्य ४ मा नेविसंघ र २ मा अखिल क्रान्तिकारी विजयी

कञ्चनपुरका स्ववियु निर्वाचन सम्पन्न ६ क्याम्पस मध्य ४ मा नेविसंघ र २ मा अखिल क्रान्तिकारी विजयी

धनगढी- कञ्चनपुरका ६ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालय ...
बझाङको त्रिवेणी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलनै विजयी, सभापतिमा बोहरा

बझाङको त्रिवेणी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलनै विजयी, सभापतिमा बोहरा

धनगढी- बझाङकाे बुंगल नगरपालिकामा रहेकाे त्रिवेणी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ नेविसंघको प्यानलनै विजयी भएको छ । मंगलबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज