वैशाख ०६/ बौनिया
नेपालको समग्र राजनीतिक, सामाजिक, आर्थिक एवम् शैक्षिक रूपान्तरणका लागी अवतरण रूपमा क्रियाशिल विद्यार्थीहरुको संगठन नेपाल विद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपालको आधारभूत र माध्यमिक तह सम्मको विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि एबम् उन्नयन गर्ने मुल उद्देश्यका साथ

नेपालका ७५३ वटै स्थानिय पालिकामा वर्तमान शैक्षिक अवस्थाको अनुगमन, अध्ययन एबम् अनुसन्धान लगायत शिक्षामा देखिएका साझा समस्या समाधान गर्न नेपाल विद्यार्थी संघको केन्द्रिय कार्यसमिति बैठककाे २१ नं निर्णय संग सम्बन्धित केन्द्रिय प्रतिनिधिको रुपमा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य अरुण जनालाले ज्ञापन पत्र वर्दगोरिया गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख र वडा नं ०१ का वडा अध्यक्षलाई समग्रमा ज्ञापन पत्र बुझाउनु भएको छ।

साथमा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य सुरेश तिमिल्सेना ज्यु र नेविसंघमा आवद्ध विभिन्न क्याम्पसका प्रतिनिधी लगायत नेविसंघमा आस्थावान विद्यार्थी भाइबहिनीहरूकाे उपस्थिती रहेको थियो।


