Advertisement

हाम्रो बारेमा

सुतिरहेका करनलाई पहिरो संगै सेतिले बगाएपछि

सुतिरहेका करनलाई पहिरो संगै सेतिले बगाएपछि

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ परिङ्गाल मालुझेलमा रहेको झोलुङ्गे पुलस्थित पश्चिमतिर बस्दै आएका ३६ वर्षीय करन गिरी मुनीबाट राति १२ बजे पहिरो खस्दा घरसहित सेती नदीमा खस्नुभएको हो। रातिको समयमा ठूलो आवाजसहित खसेको पहिरोले मालुझेलसहित निदाइरहेका करन गिरी र घर एक्कासी सेती नदीमा लगेको थियो । सेती नदीमा खसेपछि गुहार माग्नुभएका गिरीलाई स्थानीय  दिपेन्द्र खड्का, अर्जुन गिरी र सुरक्षाकर्मीले उद्दार गर्नुभएको थियो । करनको शरिरभर चोट लागेको उहाँका दाई लक्ष्मिराज गिरीले जानकारी दिनुभयो । उहाँलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको पनि उहाँका दाई लक्ष्मिराज गिरीले जानकारी दिनुभयो । घटना राति भएकाले थप विवरण आउन बाँकी छ ।...
´´सुदुर पश्चिम् नेपाली समाज  पश्चिम् अस्ट्रेलिया ले मनायो गौरा पर्व ´´

´´सुदुर पश्चिम् नेपाली समाज पश्चिम् अस्ट्रेलिया ले मनायो गौरा पर्व ´´

Breaking News 1, अन्तर्राष्ट्रिय, दैनिक, मुख्य समाचार, समाचार
सुदुरपश्चिम् समाज वस्ट्रेन अस्ट्रेलिया ले आयोजना गरेको गौरा पर्व विशेष सामाजिक सद्भावना सस्कृत जगेर्ना गरौ भन्दै प्रवास मा रहेका आम नेपाली विशेष गरि सुदुर पश्चिमेलि हरु लाई मध्य नजर गरि अस्ट्रेलिया को पर्थ मा यहि अगस्ट 25 तारिक सम्मपन्न भएको । सुदुर पश्चिम समाज का अध्यक्ष किस्वर कुवर ले बताएका छन । उक्त कार्यक्रम मा समाज का सम्पुर्ण पदाधिकारी को उपस्थित रहेको थियो ! आफू जहाँ रहे पनि आफ्नो कला,सस्कृती ,रितिरिवाज ,भेषभुषा लाई भुल्न हुदैन भनेर अध्यक्ष कुवर ले उक्त कार्यक्रम मा बताएका थिए । भने सुदुर पश्चिम् नेपाली समाज ले प्रवास मा रहेर पनि आफ्नो देश को कला ,सस्कृती लाई भुलेको छैन र भुल्ने छैन र साथै अशक्त असाय हरुलाइ पनि उक्त सस्थाले सयोग गर्दै आएको । सस्था का अध्यक्ष ले बताए।...
प्रदेश कृषि बिभाग र जिल्ला समन्वय कैलालिको सहकार्यमा कृषक संग रास्वपा कार्यक्रम सम्पन्न

प्रदेश कृषि बिभाग र जिल्ला समन्वय कैलालिको सहकार्यमा कृषक संग रास्वपा कार्यक्रम सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा कृषक संग राष्ट्रिय स्वतन्त्र पार्टी कार्यक्रम सम्पन्न भएको छ । कृषि पेशा गरिरहेका कृषकहरुलाई कृषि बारे आधारभूत ज्ञान प्रदान गर्ने उदेश्यले गरिएको सो कार्यक्रम आज कैलालीको घोडाघोडी नगरपालिका भागेश्वरी हलमा सम्पन्न भएको हो । धान खेतिमा लाग्ने विभिन्न रोगहरु र त्यसको समाधानका उपायहरु, तरकारी खेती तथा फलफूल खेती गर्ने तरिका त्यसमा लाग्ने रोग र त्यसका समाधानका उपायहरु र कृषक संग संबंधित विभिन्न कुराहरु कृषि विशेषज्ञद्वारा कृषकलाई जानकारी गराएको राष्ट्रिय स्वतन्त्र पार्टिका प्रदेश प्रवक्ता सन्तोष जोशिले बताउनुभयो । सुदूरपश्चिम प्रदेशको कृषि बिभाग र कैलाली जिल्ला समन्वय समितिको सहकार्य तथा पहलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको सो कार्यक्रममा प्रदेश कृषि बिभाग प्रमुख कृष्ण न्यौपाने, रास्वपा कैलाली जिल्ला संयोजक महेश चौधरी, रास्वपा...
नेपाललाई स्तब्ध पार्दै बंगलादेश बन्यो च्याम्पियन

नेपाललाई स्तब्ध पार्दै बंगलादेश बन्यो च्याम्पियन

अन्तर्राष्ट्रिय, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
१२ भदौ, धनगढी - दुई पटकको च्याम्पियन नेपाललाई स्तब्ध पार्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । पहिलो पटक उपाधि जित्ने क्रममा बंगलादेशले घरेलु टोली नेपाललाई ४–१ गोल अन्तरले हरायो ।   सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले पहिलो हाफको इजुरी टाइममा अग्रता लिएको थियो । डि बक्स बाहिर पाएको फ्रिकिकमा मिराजुलले सोझै गोल गरे ।     दोस्रो हाफमा नेपालले आक्रामक खेल खेलेको थियो । तर गोल भने बंगलादेशले गर्‍यो । ५५ औं मिनेटमा मिराजुलले दोस्रो गोल गरेका हुन् ।     खेलको ७१ औं मिनेटमा रवि हुसेनले गोल गरे । डिबक्स एसियाबाट मिराजुलले दिएको पासमा उनले सहजै गोल गरेका हुन् ।     नेपालका लागि सान्त्वना गोल समिर तामाङले गरे । उनले ८१ औं मिनेटमा गोल गरे । खेलमा फर्किने प्रयासमा रहेको नेपालले १० मिनेट इन्जुरी ट...
२४ घण्टामा एक करोड ९७ लाख सब्सक्राइबर पाएर रोनाल्डोले राखे गिनिज बुकमा नाम

२४ घण्टामा एक करोड ९७ लाख सब्सक्राइबर पाएर रोनाल्डोले राखे गिनिज बुकमा नाम

अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, मुख्य समाचार, समाचार, सूचना प्रविधि
१२ भदौ, धनगढी - २४ घण्टाको अवधिमा सबैभन्दा बढी सब्सक्राइबर पाएपछि स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम राखेका छन् । गत साताको मङ्गलवारदेखि युट्युब च्यानल सञ्चालनमा ल्याएका रोनाल्डोले २४ घण्टामा सर्वाधिक सब्सक्राइबर पाउने क्रियटरको रेकर्ड बनाएका हुन् ।   रोनाल्डोले २४ घण्टामा एक करोड ९७ लाख २९ हजार ८२७ सब्सक्राइबर पाएर सो रेकर्ड राखेका हुन् ।   हुन त सब्सक्राइबरका सन्दर्भमा रोनाल्डोले कैयन् रेकर्ड कायम गरिसकेका छन् । तर, गिनिज बुक अफ वर्ल्ड रेकर्डले २४ घण्टामा सबैभन्दा बढी सब्सक्राइबर पाउने युट्युब च्यानलका रूपमा 'यूआर क्रिस्टियानो' लाई मान्यता दिएको हो ।   गिनिज वर्ल्ड रेकर्डले मङ्गलबार रोनाल्डोले रेकर्ड राखेको प्रमाणपत्र सार्वजनिक गरेको छ । प्रमाणपत्रमा फुटबल क्षेत्रका सुपरस्टार रोनाल्डो सामाजिक सञ्जालको पनि आइकन बनेको भन्द...
बझाङबाट संघीय सांसद जितेका जोशी नेकपा एसको उपाध्यक्षमा निर्वाचित

बझाङबाट संघीय सांसद जितेका जोशी नेकपा एसको उपाध्यक्षमा निर्वाचित

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौ : नेकपा (एकीकृत समाजवादी) पार्टीको उपाध्यक्ष (खुला तर्फ) भानुभक्त जोशी निर्वाचित भएका छन् ।  प्रतिनिधि सभामा बझाङ बाट निर्वाचित भएका जोशी नेकपा (एस) को केन्द्रीय पदाधिकारीका लागि भएको कमिटीको आन्तरिक निर्वाचनबाट  उपाध्यक्ष (खुला) तर्फ विजयी भएका हुन । जोशी यसअघि सामान्य प्रशासन मन्त्रालयका मन्त्री समेत रहेका थिए । नेकपा (एकीकृत समाजवादी) को हिजो भएको केन्द्रिय पदाधिकारीको आन्तरिक निर्वाचन बाट निम्न व्यक्तिहरु निर्वाचित भएका थिए । वरिष्ठ उपाध्यक्ष: १. क. राजेन्द्र प्रसाद पाण्डे (सर्वसम्मत)    उपाध्यक्ष (महिला) १. क. जयन्ती राई   उपाध्यक्ष (मधेसी समुदाय) १. क. धर्मनाथ शाह (मधेसी)    उपाध्यक्ष (खुल्ला) १. क. जगन्नाथ खतिवडा २. क. गंगालाल तुलाधर ३. क. भानुभक्त जोशी ४. क.प्रकाश ज्वाला   उप- महासचिव १.  क. राजेन्द्र कुमार राई २.  क. मेटमणी चौधरी ३.  ...
अमेरिका अध्ययन गर्न गएकि पाण्डेको गोलि हानी हत्या

अमेरिका अध्ययन गर्न गएकि पाण्डेको गोलि हानी हत्या

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
अमेरिकामा नेपाली विद्यार्थीको गोली हानी हत्या गरिएको छ। २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डे सोमवार साँझ टेक्सासको ह्युस्टनस्थित उनको अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी छिन्। ह्युस्टन प्रहरीका अनुसार अधिकारीहरूले उनलाई छातीमा गोली लागेको अवस्थामा फेला पारेकी हुन्। घटना वेस्ट एयरपोर्ट बुलेभार्डमा भएको थियो, जहाँ प्रहरीले पाण्डेको शव फेला पारेको थियो। प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेका थिए। हालसम्म कुनै संदिग्धको पहिचान हुन सकेको छैन र अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ। शवलाई पोस्टमार्टमका लागि पठाइएको छ। नेपालको भोजपुर निवासी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन्। पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका आएकी थिइन् ।...
पुर्व प्रधानमन्त्री प्रचण्ड र परराष्ट्र मन्त्री राणाका लागि धनगढीमा कडा सुरक्षा

पुर्व प्रधानमन्त्री प्रचण्ड र परराष्ट्र मन्त्री राणाका लागि धनगढीमा कडा सुरक्षा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
धनगढीः नेकपा माओवादीका अध्यक्ष पुष्पकलमल दाहाल (प्रचण्ड)सहित ठूलो संख्यामा नेताहरु धनगढी आउँदैछन्। पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड दलबलसहित धनगढी पुग्दैछन्। पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुने कार्यक्रम छ। प्रचण्डसहित पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्पा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू पनि बैठकमा सहभागि हुँदैछन्। उपमहासचिव पोखरेल अहिले माओवादीको सुदूरपश्चिम इन्चार्जसमेत हुन्। माओवादीको सुदूरपश्चिम प्रदेश संयोजन समितिमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक विहान ११ बजेबाट स्वास्थ्य तालिम केन्द्रमा सुरु हुँदैछ। दुई दिनसम्म चल्ने बैठकमा सुदूरपश्चिमबाट पार्टीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेशका पदाधिकारी सहभागी ...
वडामा छैनन् वडाध्यक्ष र सचिव, न्यूज लेख्दा आरोप र धम्की

वडामा छैनन् वडाध्यक्ष र सचिव, न्यूज लेख्दा आरोप र धम्की

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, डोटी, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
डोटि: डोटिको शिखर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष धिर्क बहादुर सिंहले कामना टेलिभिजनमा प्रकाशित समाचारको खण्डन गर्दै प्रतिकारमा उत्रीएका छन् । कामना टेलिभिजनले गत भदौ १० गते स्थानीय संग सरोकार कार्यक्रमद्वारा ´डोटीको शिखर नगरपालिका का वडाअध्यक्ष को रजगज , वडावासी भन्छन "चुनाव जितेपछि वडाअध्यक्ष को वडा कार्यलयमा मुख हेर्न पाएको छैनौ वडामा कुनै काम पर्यो कि वडाअध्यक्ष को घर जान पर्छ कि नगरपालिका । " वडा कार्यालयमा नत वडाअध्यक्ष हुन्छन नत कर्मचारी नै हरिबिजोक ।` शिर्षकमा प्रशारण गरिएको समाचारको प्रतिकार गरेका हुन् । वडाध्यक्ष सिंहले कामना टेलिभिजन बाट प्रशारित उक्त भिडियोलाई र आफूमाथी लागेका आरोपलाई कमजोर बनाउन आफू निकटका व्यक्तीद्वारा सामाजिक संजालमा कामना टेलिभिजनका पत्रकारले आफ्ना विपक्षीद्वारा तेह्र लाख घुस खाएर समाचार लेख्को समेत आरोप लगाएका छन । को हुन् वडाध्यक्ष धिर्क बहादुर ...
भालुको आक्रमणबाट डोटीमा एकजना घाइते

भालुको आक्रमणबाट डोटीमा एकजना घाइते

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
भदौ ११, सिलगढी । डोटीमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको पूर्विचौकी गाउँपालिका–७ गजडामा भालुको आक्रमणबाट ५५ वर्षीय पदम बहादुर साउद घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मङ्गलवार बिहान ८ बजेतिर घर अगाडी घाँस काटिरहेको समयमा साउद माथि भालुले आक्रमण गरेको हो । साउदको बायाँ कान, बायाँ हात, र दाहिने खुट्टामा घाउ लागेको र न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचार भइरहेको जिप्रका डोटीले जानकारी दिएको छ ।...
दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी विकासशील राष्ट्रमा स्तरोन्नति हुँदैछौँ : उद्योगमन्त्री भण्डारी

दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी विकासशील राष्ट्रमा स्तरोन्नति हुँदैछौँ : उद्योगमन्त्री भण्डारी

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने बताएका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै भण्डारीले मुलुकको उद्योग,व्यापार,वैदेशिक अनुदान,रोजगारी सिर्जना र अन्य नीतिहरूमा समेत काम गरिरहेको बताएका हुन् । मन्त्री भण्डारीले मन्त्रालयले वाणिज्य क्षेत्रका अहिलेका व्यापार नीतिहरूमा कूटनीतिक पहल गर्ने काम गरिरहेको बताए । सरकारले दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी प्राथमिकताका साथ तयारीका गरी विकासशील राष्ट्रको सूचिमा सूचीकृत हुने तयारी गरेको उनको भनाई थियो । मन्त्री भण्डारीले भूपरिवेष्टित,वाणिज्य नीति,अन्तर्देशीय सम्झौता लगायतका समस्याका विषयमा विमस्टेकमा पनि स्पष्ट रूपमा धारणा राखेको बताए । उनले नेप...
नेकपा एकीकृत समाजवादीको काठमाडौंमा पहिरो। काठमाडौ जिल्ला बाट धेरै नेताले गरे पार्टी परित्याग।

नेकपा एकीकृत समाजवादीको काठमाडौंमा पहिरो। काठमाडौ जिल्ला बाट धेरै नेताले गरे पार्टी परित्याग।

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौ : उपाध्यक्ष बटुकृष्ण थापा, सचिव धुर्वराज न्यौपाने, काठमाडौं क्षेत्र नम्बर ७ का संयोजक तथा युवा फाँट इन्चार्ज हरिशरण घिमिरे, जिल्ला कमिटी सचिव तथा तारकेश्वर नगर कमिटी सचिव शिवहरि देवकोटा, कीर्तिपुर नगर कमिटी अध्यक्ष गृश्मकृष्ण महर्जन, जिल्ला सचिवालय सदस्य सुशीला खतिवडा, राजकुमार महर्जन, विजय देवकोटा, बुढानिलकण्ठ नगर कमिटी उपाध्यक्ष बिष्णु भट्टराई, सचिव बिमल लामा, जिल्ला सचिवालय सदस्य अशोक युवा संघ बुढानिलकण्ठ अध्यक्ष आकाश श्रेष्ठ, भानु रिजाल, केन्द्रीय सदस्य मेघ कुमार न्यौपाने, दिपेश थापा, कृष्णहरी खड्का, किर्तिपुर नगर कमिटी नेकपा एसका उपसचिव नारायणहरी थापा, महिला संघ जिल्ला उपाध्यक्ष पुष्पा, एकीकृत समाजवादी शिक्षक संगठन काठमाडौंका अध्यक्ष इन्द्रप्रसाद सिम्खडाले पनि राजीनामा दिएका छन् ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज