Advertisement

दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी विकासशील राष्ट्रमा स्तरोन्नति हुँदैछौँ : उद्योगमन्त्री भण्डारी

Advertisement

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने बताएका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै भण्डारीले मुलुकको उद्योग,व्यापार,वैदेशिक अनुदान,रोजगारी सिर्जना र अन्य नीतिहरूमा समेत काम गरिरहेको बताएका हुन् ।

मन्त्री भण्डारीले मन्त्रालयले वाणिज्य क्षेत्रका अहिलेका व्यापार नीतिहरूमा कूटनीतिक पहल गर्ने काम गरिरहेको बताए । सरकारले दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी प्राथमिकताका साथ तयारीका गरी विकासशील राष्ट्रको सूचिमा सूचीकृत हुने तयारी गरेको उनको भनाई थियो ।

Shivam Cement

मन्त्री भण्डारीले भूपरिवेष्टित,वाणिज्य नीति,अन्तर्देशीय सम्झौता लगायतका समस्याका विषयमा विमस्टेकमा पनि स्पष्ट रूपमा धारणा राखेको बताए । उनले नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा स्तरोन्नतिले पार्ने चुनौती र असरका दुवै रहेको बताए ।

Nabil bank

उनले भने, ‘मुलुकको अर्थतन्त्रमा कुनै बेलामा १३ प्रतिशत योगदान थियो । आज त्यो खुम्चिएर ४ देखि ५ प्रतिशतको आसपासमा पुगेको छ । मुलुकको उत्पादन र उत्पादकत्व घटेको छ । कृषिको योगदान घटेको छ । यसले मुलुकको जिडिपीमा जसरी वृद्धि हुनुपर्ने हो । त्यसरी बढ्न सकेन । यो विषयमा सरकार संवेदनशील छ । सरकारको नीति तथा कार्यक्रममा कृषि दशकको रूपमा घोषणा गरेको छ । त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र अहिलेको चुनौती पार गर्न सबैभन्दा पहिला प्राथमिकता उत्पादन र उत्पादकत्व वृद्धि गर्ने हो । त्यसमा दुई वटा क्षेत्रहरू कृषिमा आधारित उद्योगलाई प्रोत्साहन गरी आवश्यक नीतिहरूलाई परिमार्जनमा केन्द्रित हुनुपर्ने,उद्योगको योगदान जीडिपीमा बढाउनु पर्ने आवश्यकता छ । त्यसको लागि लगानीमैत्री वातावरण आजको आवश्यकता हो । अहिले मुलुकको व्यापार घाटा अर्थात् व्यापार असन्तुलन सन्तुलन कायम हुनसक्ने गरी सामना गरिरहेका छौँ । त्यसका आफ्नै खालका जटिलताहरू छन् । खुला सीमा हामीसँग छ । भूपरिवेष्टितका समस्या भएकाले विमिस्टेकमा पनि स्पष्ट रूपमा धारणा राखेका छौँ । टिफामा क्षेत्रीय स्तरमा गरिएका सम्झौताहरू छन् । मन्त्रालय ६ महिना र एक वर्षमा सुधारको केही तयारीहरू गरेको छ । मन्त्रालयका दैनिक आवश्यकताहरूका विषयमा प्रधानमन्त्रीले निर्देशन गर्नुभएको छ । मन्त्रालय वाणिज्य क्षेत्रका अहिलेका व्यापार नीतिहरूमा सरकारले गरेका कूटनीतिक पहल गर्नुपर्ने छ । सरकारले दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी प्राथमिकता र तयारीका साथ विकासशील राष्ट्रको सूचिमा अग्रसर हुन सबै प्रकारका प्रयास गर्छ । त्यही अनुसार अगाडि बढेको छ ।’

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज