“सुरक्षा, चेतना र सहयोगमा DSP सुगन्ध श्रेष्ठको ९ महिना”
Breaking News 1, Breaking News 2, Breaking News 3, डडेल्धुरा, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेलधुरा, असार १२
डडेलधुरा जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी (DSP) सुगन्ध श्रेष्ठको नेतृत्वमा पछिल्ला ९ महिनामा प्रहरीले जनताको विश्वास जित्ने खालका जनमुखी कार्यहरूलाई प्राथमिकता दिएको छ। समुदाय–प्रहरी साझेदारी, लागूऔषध नियन्त्रण, ट्राफिक नियम कार्यान्वयन, विपद् पूर्वतयारी, विद्यालय सुरक्षा, र युवामुखी कार्यक्रमहरूमा सक्रिय सहभागिताले जिल्लामा प्रहरीको छवि सकारात्मक बन्दै गएको छ।
लागूऔषध नियन्त्रण अभियान
जिल्लामा लागूऔषध दुव्र्यसन फैलँदो अवस्थामा रहेको चुनौतीलाई ध्यानमा राख्दै DSP श्रेष्ठको पहलमा विद्यालय, गाउँ र टोलमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको छ। युवा, विद्यार्थी, अभिभावक र शिक्षकहरूलाई लक्षित गरी लागूऔषधका असर र कानुनी व्यवस्था सम्बन्धी सन्देश प्रवाह गर्दै आएको छ।
ट्राफिक सचेतना र जेब्रा क्रसिङ निर्माण
सडक सुरक्षामा सुधार ल्याउने उद्देश्यले डडेलधुरा बजार ...











