“भिष्मपितामह ओली” भन्ने अफिलालको पोस्ट : हाँस्यास्पद कि रणनीतिक चाकडी
Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ,: नेकपा (एमाले)का पूर्व संविधानसभा सदस्य तथा बझाङका नेता अफिलाल ओखेडाले हालै सामाजिक सञ्जालमा लेखेको एक पोस्टले राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया र विवाद निम्त्याएको छ । उनले आफ्नो पोस्टमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई महाभारतका भीष्मपितामहसँग तुलना गर्दै ओलीले ‘हस्तिनापुर सुरक्षित नभएसम्म देह त्याग गर्न नपाउने’ जस्ता अतिशयोक्तिपूर्ण शैलीमा स्तुति गान लेखेका छन् । पार्टीभित्र गम्भीर बहस र नेतृत्वको हस्तान्तरणको संवेदनशील सन्दर्भमा आएको यो पोस्ट नेकपा एमाले भित्रै व्यङ्ग्य र आलोचनाको विषय बनेको छ ।
अफिलाल ओखेडा बझाङ जिल्लाबाट संविधानसभा सदस्य बनेका थिए । तर पछिल्लो समय २०७९ सालको प्रदेशसभा निर्वाचनमा उनले नेपाली कांग्रेसका उम्मेदवार पृथ्वी सिंहसँग भारी मतान्तरले हार बेहोरेका थिए । चुनावमा हार खाएका ओखेडाले पछिल्लो समय पार्टीभित्र आफूलाई पुनः स्थापित गराउने प्रयासस्वरूप यस्ता अतिशय...









