[ निर्मला पन्तको न्याय कहाँ हरायो..?]
२०७५ साउन १० गते, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो। त्यो दिन देश पुरै स्तब्ध थियो , सडकदेखि सदनसम्म आवाज उठ्यो। तर, आज ठिक सात वर्ष विती सक्दा पनि न त दोषी पहिचान भए, न त न्याय सुनिश्चित नै भयो..।
कतिपय प्रमाण नष्ट गरियो, अनुसन्धानमा लापरबाही भयो, निर्दोषहरूलाई फसाउने प्रयास देखियो। समयसँगै घटना बिर्सने र जनताको आक्रोश शान्त हुने अपेक्षा राख्नेहरू सफल भएजस्तै देखिन्छ।
तर प्रश्न आज पनि उस्तै छन्..!!
किन दोषी अझै पहिचान भएका छैनन्..?
किन अनुसन्धान निष्कर्षमा पुगेन..?
निर्मला पन्त को हत्या भएको जिल्ला कञ्चनपुरकै अहिलेका गृहमन्त्री छन् तर किन अझै यो विषय उनीहरूको प्राथमिकतामा परेको देखिँदैन..?
गृह मन्त्रालयको जिम्मेवारी लिने व्यक्ति नै घटनास्थलको भूगोल र समाजलाई नजिकबाट चिनेको अवस्थामा पनि यदि निष्पक्ष र प्रभावकारी अनुसन्धान हुन सक्दैन भने, त्यसको जवाफ कसले दिने…?
निर्मला मात्र होइन, हरेक निर्मलाका लागि न्याय आवश्यक छ।
हामी बिर्सन सक्दैनौं, माफ गर्न सक्दैनौं चुप लागेर बस्ने छैनौं ।
अब पनि ढिला नगरौं दोषीलाई कानुनी कठघरामा ल्याउन जनदबाब दिउ उन्ले भने

