राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा मतगणना सुरु
कैलाली - सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको लागि भएको निर्वाचनमा मतगणना सुरु भएको छ ।
भर्खरै मतगणना सुरु भएको सहायक निर्वाचन अधिकृत प्रेम भट्टले जानकारी दिए ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा एक जनाको निधन भएपछि अहिले ५२ जना छन् । उनीहरु सबैले मतदान गरे ।
स्थानीय तहका १७६ जनप्रतिनिधि मध्ये एक जनाको निधन भएको थियो। १७५ जना मध्ये धनगढीमा मेयर गोपाल हमाल र भजनीकी उपमेयर राजु तिरुवाले मतदान गरेनन् ।
यहाँ तीन पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो । केही बेरमै निर्वाचन परिणाम सार्वजनिक हुने भट्टले बताए ।...



