Advertisement
Tuesday, May 13

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य चयनका लागि मतदान शुरु

Advertisement

धनगढी – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्य चयन गर्न मतदान शुरु भएको छ ।

राष्ट्रियसभाको निर्वाचन केन्द्र तोकिएको धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा मतदान शुरु भएको हो ।

प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले पहिलो मत खसालेका छन् ।

राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा दुई सय २८ मतदाता रहेका छन् । निर्वाचन अधिकृतको कार्यालयले ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षका लागि छुट्टाछुट्टै मतदान स्थल बनाएको छ । सोहीअनुसार मतदान भइरहेको छ । 

दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सकिए लगत्तै मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट ६ जनाले उम्मेदवारी दिएका छन् ।सत्तारुढ गठबन्धनका तर्फबाट अन्यतर्फ कांग्रेसका बलदेव बोहरा, अल्पसंख्यक तथा आपांगतातर्फ कांग्रेसका नारायणदत्त भट्ट र महिलातर्फ माओवादी केन्द्रकी रेणु चन्दले उम्मेदवारी दिएकी छन् ।

नेकपा एमालेले अन्यतर्फ ईश्वरीप्रसाद खरेल, अल्पसंख्यक तथा आपांगतातर्फ रामचन्द्र जोशी र महिलातर्फ सावित्रादेवी घिमिरेलाई उम्मेदवार बनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा कुल मतभार ६१०० रहेको छ । जसमा सत्तारुढ गठबन्धनको मतभार ४४५७ रहेको छ भने एमालेको मतभार १४८० छ ।

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

वाईसीएलको सुदूरपश्चिम प्रदेश सम्मेलन वैशाख ३० र ३१ गते धनगढीमा हुने

वाईसीएलको सुदूरपश्चिम प्रदेश सम्मेलन वैशाख ३० र ३१ गते धनगढीमा हुने

धनगढी : नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)को प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलन हुने भएको छ । सम्मे...
राज्यमन्त्री खड्काले डडेल्धुरामा रिफ्रेस सेन्टर उद्घाटन, सडक सुरक्षामा नयाँ मोड

राज्यमन्त्री खड्काले डडेल्धुरामा रिफ्रेस सेन्टर उद्घाटन, सडक सुरक्षामा नयाँ मोड

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेमा निर्माण...
सुदूरपश्चिमका सांसद संग प्रचण्डले डडेलधुरामा छलफल गर्ने

सुदूरपश्चिमका सांसद संग प्रचण्डले डडेलधुरामा छलफल गर्ने

डडेल्धुरा :  नेकपा माओवादी सुदूरपश्चिम संसदीय दल नेताको विवाद साम्य हुन सकेको छैन। अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विवाद टुंग्य...
आजको मौसम: यी ठाउँमा हावाहुरी सहित वर्षाको सम्भावना

आजको मौसम: यी ठाउँमा हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । य...
आज बुद्ध जयन्ती: देशभर सार्वजनिक बिदा

आज बुद्ध जयन्ती: देशभर सार्वजनिक बिदा

शान्तिका अग्रदूतका रूपमा विश्वभर परिचित सिद्धार्थ गौतमको २५६९ औँ जन्म जयन्ती आज नेपालसहित विश्वका विभिन्न मुलुकमा मनाइँदैछ। बुद...
हुलाक डाँडामा फोहोर जलाइँदै, नगरपालिका विरुद्ध विरोधको तयारी

हुलाक डाँडामा फोहोर जलाइँदै, नगरपालिका विरुद्ध विरोधको तयारी

डडेल्धुरा: धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व बोकेको हुलाक डाँडामा अमरगढी नगरपालिकाले २०७९ मंसिर १० गतेदेखि फोहोर जलाउँदै आएको छ। ...
विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि बझाङमा विशेष गोष्ठी सम्पन्न

विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि बझाङमा विशेष गोष्ठी सम्पन्न

बझाङ: जिल्ला प्रशासन कार्यालय बझाङको सभाहलमा आज "विपद् व्यवस्थापन र योजना पुनर्निर्माण" विषयक एकदिने विशेष गोष्ठी भव्य रूपमा सम्पन...
‘पेटिकोट बेचेर रक्सी खान्छन्’: बुंगल नगरपालिकाका मेयरको विवादास्पद अभिव्यक्ति

‘पेटिकोट बेचेर रक्सी खान्छन्’: बुंगल नगरपालिकाका मेयरको विवादास्पद अभिव्यक्ति

बझाङ: २०८२ साल बैसाख २४ गते बझाङको जिल्ला प्रशासन कार्यालयको आयोजनामा मदिरा नियन्त्रणसम्बन्धी एक महत्वपूर्ण बैठक सम्पन्न भयो । सो ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज