गृहमन्त्री लामिछानेलाई ‘मार्गप्रशस्त’ गर्न एक न्यायाधीशको आदेश, अर्काले भने ‘निष्पक्ष ढंगले अनुसन्धान गर्न दिनू’
सहकारीमा भएको अनियमिततामा गृहमन्त्री रवि लामिछाने संलग्न भएको भन्दै परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका एक न्यायाधीशले उनले निष्पक्ष अनुसन्धानमा सहयोग पुर्याउन गृह मन्त्रालयबाट हट्नुपर्ने आदेश दिएकी छन्। त्यस्तै, अर्की न्यायाधीशले सहकारी ठगीको जाहेरीमा निष्पक्ष ढंगले अनुसन्धान गर्न दिनू/दिलाउनू भनी लामिछानेका नाममा आदेश गरेकी छन्।
यसरी दुई न्यायाधीशको राय बाझिएपछि अब यो मुद्दा तीन जना न्यायाधीश संलग्न सर्वोच्चको बेन्चले हेर्नेछ।
विभिन्न सहकारीको अनियमिततामा रवि लामिछाने विरूद्धका जाहेरीमा निष्पक्ष छानबिन गर्न दिनू भन्ने राय न्यायाधीश सपना मल्ल प्रधानले दिएकी हुन्।
'सहकारी ठगीजस्तो मुद्दामा पीडितको न्यायको हक, कानुनको सर्वोच्चता, मानव अधिकारको मूल्य मान्यता र दण्डहीनताको अवस्थाप्रति अदालत सधैं गम्भीर हुन्छ,' मल्लको आदेशमा भनिएको छ, 'आफ्ना मातहतका अनुसन्धान गर्ने निकायलाई सह...












