Advertisement

Tag: अछाम

२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- अछामको मेल्लेख गाउँपालिकाको राजनीतिक वृत्तमा तरंग पैदा हुने गरी नेपाली कम्युनिष्ट पार्टी का पुराना नेता लोकबहादुर बोहरा ‘अविरल’ले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्। २०५६ सालदेखि ‘मृत्यु वा मुक्ति’को नारा बोकेर जनयुद्धमा सक्रिय रहेका बोहराले २७ वर्ष लामो राजनीतिक यात्रालाई विश्राम दिने निर्णय सार्वजनिक गरेपछि अछामको राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी र प्रतिक्रियाहरू सुरु भएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै बोहराले बाँकी जीवन समाज, देश र सत्यको मार्गमा समर्पित गर्ने उल्लेख गरेका छन्। उनले पार्टी नेतृत्वप्रति कृतज्ञता व्यक्त गरे पनि पार्टीभित्र देखिएका अन्तरविरोध वा आफ्नो निर्णयका कारणबारे खुलाउन चाहेनन्। माओवादी आन्दोलनका कठिन दिनदेखि पार्टी संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका बोहराको बहिर्गमनलाई धेरैले अछामको माओवादी राजनीतिका...
आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- अछामको रामारोसन गाउँपालिका-५ की बालिका कल्पना बुढाको परिवारलाई संकलित रु ४ लाख ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। विद्यालयमा झोला वितरण कार्यक्रमका क्रममा आमाको मृत्यु भएपछि एक वर्षका भाइलाई बोकेर विद्यालय जाने कल्पनाको मार्मिक कथा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुँवरले तयार पारेको भिडियो व्यापक रूपमा भाइरल भएपछि देश तथा विदेशबाट सहयोग जुट्न थालेको थियो। कल्पनाको पारिवारिक अवस्था सार्वजनिक भएसँगै विभिन्न व्यक्तिहरूले मानवीय सहयोगस्वरूप आर्थिक रकम उपलब्ध गराएका थिए। अभियानमार्फत संकलित रु ४ लाख ५० हजार रकम आज एक कार्यक्रमका बीच परिवारलाई हस्तान्तरण गरिएको हो। सहयोग संकलनदेखि रकम हस्तान्तरणसम्म सक्रिय भूमिका निर्वाह गरेकी लक्ष्मी बोगटी कुँवरप्रति स्थानीयवासी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले धन्यवाद व्यक्त गरेका छन्। स्थानीयका अनु...
अछाम- १ मा कांग्रेसका भरतकुमार स्वाँर विजयी, भीम रावल पराजित

अछाम- १ मा कांग्रेसका भरतकुमार स्वाँर विजयी, भीम रावल पराजित

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत अछाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर विजयी भएका छन्। अन्तिम मत परिणामअनुसार स्वाँरले १० हजार ७५८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार भीमबहादुर रावलले १० हजार २३० मत प्राप्त गरेका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार दिपक साउँदले ७ हजार ३८६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमप्रकाश रावलले १ हजार ७४५ मत पाएका छन्। कडा प्रतिस्पर्धाका बीच सम्पन्न निर्वाचनमा कांग्रेसका स्वाँरले रावललाई ५२८ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।...
अछाम- १ मा भीम रावल पछि, भरतकुमार स्वाँरको अग्रता

अछाम- १ मा भीम रावल पछि, भरतकुमार स्वाँरको अग्रता

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम क्षेत्र नम्बर १ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ। नेपाली कम्युनिष्ट पार्टीका भीम रावललाई उछिन्दै कांग्रेसका भरतकुमार स्वाँर अग्रस्थानमा पुगेका छन्। स्वाँरले ७ हजार २७७ मत प्राप्त गर्दा रावलले ७ हजार २३२ मत पाएका छन्। यस्तै, नेकपा एमालेका दिपक साउँदले ६ हजार ७९२ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावलले १ हजार २७२ मत पाएका छन्।...
साउँदलाई बिजय गराउन स्थानीय स्तरबाटै सक्रिय हुँदै एमालेजन , रामारोशन- ४ मा वडा कमिटी बैठक सम्पन्न

साउँदलाई बिजय गराउन स्थानीय स्तरबाटै सक्रिय हुँदै एमालेजन , रामारोशन- ४ मा वडा कमिटी बैठक सम्पन्न

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- अछाममा नेकपा एमाले स्थानीय स्तरबाटै आफ्ना उम्मेदवारलाई बिजय गराउन सक्रिय हुन थालेको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य उम्मेदवार दिपक साउँदलाई बिजय गराउन एमाले वडातहबाटै सक्रिय हुन थालेको हो । जिल्लाको रामारोशन गाउँपालिका नेकपा एमाले कमिटीले आइतबार पालिका स्तरका पदाधिकारीलाई विभिन्न जिम्मेवारी प्रदान गर्दै उम्मेदवार बिजय गराउन सक्रियता देखाएको हो, भने वडा कमिटीलाई पनि जिम्मेवारी प्रदान गर्न निर्देशन दिइएको थियो । सो निर्देशन अन्तर्गत सोमबार नेकपा एमाले रामारोशन गाउँपालिका वडा नं-४ को वडा कमिटीले पार्टीका उम्मेदवारलाई विजय गराउन जिम्मेवारी बाँडफाँड गरेको छ । बाटुलसैनमा सम्पन्न वडा कमिटी बैठकले वडा स्तरीय निर्वाचन परिचालन समिति गठन गरेको छ । वडा कमिटी अध्यक्ष अध्यक्ष तपेन्द्र शाहको संयोजकत्वमा १५१ सदस्यीय समिति गठन गरिएको छ । यस्तै वडा कमिटी सचिव प्रयागराज उपाध्यायको संयो...
अछाममा राष्ट्रिय परिचयपत्र बनाउन गएका ७३ वर्षीय वृद्धको मृत्यु

अछाममा राष्ट्रिय परिचयपत्र बनाउन गएका ७३ वर्षीय वृद्धको मृत्यु

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछाम- अछाममा राष्ट्रिय परिचयपत्र बनाउन गएका तुर्माखाँद गाउँपालिका–३, लकान्द्रका ७३ वर्षीय मनहरे कामीको मृत्यु भएको छ। मंगलबार बिहान कमलबजारस्थित राष्ट्रिय परिचयपत्र दर्ता केन्द्रमा पुगेका कामी कार्यालय परिसरमै अचानक ढलेका थिए। तत्कालै उनलाई नजिकैको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको भए पनि चिकित्सकले साढे १२ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए। स्थानीयका अनुसार कामी कमलबजार नगरपालिका–२, कालापोखरास्थित नगरपालिकाको ग्राउन्डतर्फ जाँदै गर्दा ढलेका थिए। टाढा घर भएकाले आफन्त आइपुगेपछि मात्र बाँकी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। सामाजिक सुरक्षा भत्ता पाउन सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि ग्रामीण भेगका ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा शारीरिक वा आर्थिक रूपमा अशक्त व्यक्तिहरूलाई कष्टकर यात्रा र ...
मेनका माविकी छात्रा माझीको एसईईमा उत्कृष्ट प्रदर्शन,तुर्माखाँदमा प्रथम  र अछाम जिल्लामा ४ औं स्थान प्राप्त

मेनका माविकी छात्रा माझीको एसईईमा उत्कृष्ट प्रदर्शन,तुर्माखाँदमा प्रथम र अछाम जिल्लामा ४ औं स्थान प्राप्त

Breaking News 1, अछाम, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
अछाम- २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मेनका माध्यमिक विद्यालय, तुल्लाकी छात्रा रेशम कुमारी माझीले उत्कृष्ट प्रदर्शन गर्दै तुर्माखाँद गाउँपालिकामा प्रथम  तथा अछाम जिल्लामा ४"औं  स्थान हासिल गर्न सफल भएकी छन्। उनले कुल ३.८२ जीपीए प्राप्त गरेकी हुन्। रेशम कुमारी माजी गाउँपालिकाभित्र A+ ल्याउने चुनिँदा छात्रामध्ये एक हुन्। उनको यस उत्कृष्ट नतिजाले विद्यालय मात्र होइन, सम्पूर्ण तुर्माखाँद गाउँपालिकाको शैक्षिक गौरव बढाएको छ। विद्यालयका प्रधानाध्यापक दान बहादुर माझीले रेशमको परिश्रम, समर्पण र अनुशासनलाई प्रशंसा गर्दै यस सफलताले अन्य विद्यार्थीहरूलाई पनि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।...
अछाममा दृष्टिविहीन महिलामाथि जबरजस्ती करणी, एक जना पक्राउ

अछाममा दृष्टिविहीन महिलामाथि जबरजस्ती करणी, एक जना पक्राउ

Breaking News 3, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछाम— अछाममा दृष्टिविहीन महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्। रामारोशन गाउँपालिका–५ का ५१ वर्षीय चेतमान रोकायालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार २१ वर्षीया जन्मजात दृष्टिविहीन महिलामाथि करणी गरिएको उजुरी प्राप्त भएपछि रोकायालाई पक्राउ गरिएको हो। प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार पीडित महिलाको स्वास्थ्य परीक्षण गर्दा उनी २८ हप्ताको गर्भवती रहेको पुष्टि भएको छ। पक्राउ परेका रोकाया पनि दाहिने खुट्टाबाट अपांग छन्। दुवै अपांगता भएका व्यक्ति विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा रोकायाले डर र धम्की देखाएर करणी गरेको आशंका प्रहरीको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
अछाममा मासुको हड्डी घाँटीमा अड्किएर एक व्यक्तिको मृत्यु

अछाममा मासुको हड्डी घाँटीमा अड्किएर एक व्यक्तिको मृत्यु

Breaking News 2, Breaking News 3, अछाम, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
अछाममा मासुको हड्डी घाँटीमा अड्किएर एकजनाको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका–५ नोवाठानाका ४२ वर्षीय डम्मर बहादुर कुँवरको मासुको हड्डी घाँटीमा अड्किएर मृत्यु भएको हो । शनिबार दिउँसो चैते अष्टमीको अवसरमा गाउँमा काटिएको खसीको मासु पकाएर खाने क्रममा सानो हड्डी घाँटीमा अड्किएपछि उहाँ बेहोस भएका थिए। उपचारका लागि तत्कालै उहाँलाई बयलपाटा स्थित न्याय हेल्थ अस्पताल लगिएको थियो। तर उपचारका क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।...
अछामकी इशरा र सरस्वतीका हत्या आरोपितलाई बाल सुधार गृह पठाइयो

अछामकी इशरा र सरस्वतीका हत्या आरोपितलाई बाल सुधार गृह पठाइयो

Breaking News 1, Breaking News 2, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- अछाममा दुई किशोरीको हत्यामा संलग्न दुई किशोरलाई बाल सुधार गृह पठाएको छ। ढकारी गाउँपालिका-८ पल्साताकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या अभियोगमा पक्राउ परेका किशोरहरूलाई बाल सुधार गृह ,डोटी पठाइएको हो । प्रहरीले जङ्गलमा २ किशोरीको ढुङ्गाले प्रहार गरेर हत्या गरेको सम्पूर्ण अनुसन्धान सकेर प्रतिवेदन अदालतमा बुझाएको थियो। अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले भने, ‘हामीले अदालतमा पेस गरेका थियौ। अदालतले बाल सुधार गृह, डोटी पठाएको हो। अदालतले फैसला गरेको छैन।’जिल्ला प्रहरी कार्यालयका निरीक्षक टेकबहादुर देउवाका अनुसार हत्यामा संलग्न दुवै किशोर १८ वर्षमुनिका भएकाले उनीहरूलाई सुधार गृहमा राखिएको हो । ‘प्रहरी कार्यालयले सबै अनुसन्धान गरेर यो केसलाई अदालतमा बुझाइसकेको छ । अदालतले भने फैसला गरेको छैन । अहिले साक्षीहरूलाई बोलाउने, बकपत्र गराउने प्रक्रिया चलिरहेक...
अछाममा माटोको ढिस्कोले पुरिँदा दुई महिलाको मृत्यु

अछाममा माटोको ढिस्कोले पुरिँदा दुई महिलाको मृत्यु

Breaking News 1, अछाम, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका–८ सुतुडा बाडीकी अन्दाजी २७ वर्षीया देउरुपा बोहरा र २३ वर्षीया विनिता बोहराको माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोमा पुरिँदा मृत्यु भएको हो । सोमबार दिउँसो वडा नम्बर ९ ओली गाउँ रातोमाटेमा घर पोत्ने माटो निकाल्ने क्रममा अचानक उनीहरुमाथि माटोको ढिस्को खस्दा पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उनीहरु जेठानी देउरानी रहेको जनाएको छ । चैते दशैंको समयमा घर लिपपोत गर्नका लागि सो क्षेत्रमा महिलाहरू नियमित रूपमा रातो माटो खन्न जाने गर्दछन ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज