अछाममा मासुको हड्डी घाँटीमा अड्किएर एकजनाको मृत्यु भएको छ।
जिल्लाको साँफेबगर नगरपालिका–५ नोवाठानाका ४२ वर्षीय डम्मर बहादुर कुँवरको मासुको हड्डी घाँटीमा अड्किएर मृत्यु भएको हो ।
शनिबार दिउँसो चैते अष्टमीको अवसरमा गाउँमा काटिएको खसीको मासु पकाएर खाने क्रममा सानो हड्डी घाँटीमा अड्किएपछि उहाँ बेहोस भएका थिए।
उपचारका लागि तत्कालै उहाँलाई बयलपाटा स्थित न्याय हेल्थ अस्पताल लगिएको थियो। तर उपचारका क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

