अछाम- प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत अछाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर विजयी भएका छन्।
अन्तिम मत परिणामअनुसार स्वाँरले १० हजार ७५८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार भीमबहादुर रावलले १० हजार २३० मत प्राप्त गरेका छन्।
यस्तै नेकपा एमालेका उम्मेदवार दिपक साउँदले ७ हजार ३८६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमप्रकाश रावलले १ हजार ७४५ मत पाएका छन्।
कडा प्रतिस्पर्धाका बीच सम्पन्न निर्वाचनमा कांग्रेसका स्वाँरले रावललाई ५२८ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

