झापा र चितवनमा पेट्रोलियम पाइपलाइन विस्तार हुँदै
भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालमा बनाउने लागेको दुई पेट्रोलियम पाइपलाइन र एउटा ग्रिनफिल्ड टर्मिनल निर्माण प्रक्रिया अघि बढिसकेको छ। नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्न भारतको सिलुगढीदेखि झापाको चारआलीसम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म दुईवटा पेट्रोलियम पाइपलाइन र झापामा ग्रिनफिल्ड टर्मिनल (भण्डारण स्थल) बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), साइट क्लियर लगायतको प्रक्रिया अगाडि बढिसकेको नेपाल आयल निगम, आपूर्ति तथा वितरण विभागका उपनिर्देशक तथा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए। प्रवक्ता ठाकुरले भने, ‘अबको प्रक्रिया भनेको टेन्डर हो, त्यसपछि काम सुरु हुन्छ, त्यसका लागि आईओसीले ६ महिनाको समय मागेको छ।’
झापामा ग्रिनफिल्ड टर्मिनल निर्माण स्थलको जग्गा फिलिङ, बाउन्डरी वाल लगायतको...












