Advertisement

हुलाकी सडकको अवस्था विरुद्ध बेलौरिका जनता आन्दोलित

Advertisement

बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिका–८ र ९ का स्थानीयवासी हुलाकी सडक निर्माणमा ठेकेदारको लापरवाही र आफुहरुले खेप्नुपरेको सास्तीका विरुद्ध आन्दोलित भएका छन् । आज सोमवार दिउँसो उनीहरुले कलकत्ता र रतनपुरबीचको पुल क्षेत्रमा सडक अवरुद्ध गर्दै आक्रोश पोखेका हुन् ।

२०७३ सालदेखि निर्माण थालिएको हुलाकी सडकको काम अझै अलपत्र छ । जिम्मा पाएको सिद्धिशाही–बाबाहंश जेभीले पटक–पटक समय थपेर समेत काम सम्पन्न नगरेपछि स्थानीयको धैर्य टुटेको हो ।

“काम गर्दैन, बिल उठाउँछ,“ आक्रोशित स्थानीयहरू भन्छन्, “दुई–चार दिन देखाउन काम गर्छ, फेरि हराउँछ । अब त आन्दोलनबाहेक विकल्प छैन ।“

६२ किलोमिटर लम्बाइको डोकेबजार–बेलौरी–बेलडाँडी–दैजी हुलाकी सडक तीन खण्डमा विभाजन गरिएको छ । बेलौरीदेखि बेलडाँडीको २० किलोमिटर र बेलडाँडी–दैजीको २२ किलोमिटर खण्डमा करिब आठ पटक समय सिमा थपिएको भए पनि कामले गति लिएको छैन ।

सडकको हालको अवस्था दयनीय छ। गाडी गुड्दा उड्ने धुलोले वरपरका घर सेताम्य छन्, पानी पर्दा सडक हिलोले पोखिन्छ । “गर्भवती महिला, बिरामी बोक्न हिलाम्मे सडकमा गाडी लैजान सकस छ,“ स्थानीय बताउँछन् ।

४१ करोड ४१ लाख रुपैयाँ लागतमा ३० महिनामा सक्नुपर्ने काम ९ वर्षमा पनि ७५ प्रतिशत मात्र सम्पन्न भएको छ । बेलडाँडी–दैजी खण्डमा शर्मा–राजेन्द्र जेभीले निर्माण गरिरहेको २२ किलोमिटर सडक पनि ८० प्रतिशतमा मात्र पुगेको छ ।

“भुक्तानी चाहिँ बेलैमा, कामचाहिँ ढिलो,“ आन्दोलनमा उत्रेका स्थानीयको आरोप छ, “अब सरकारले ठेकेदारलाई कारबाही नगरे हामी अझ उग्र आन्दोलनमा जान्छौँ ।“ सडक निर्माणमा देखिएको चरम लापरवाहीले सरकार र आयोजनाको प्रभावकारी अनुगमन प्रणालीमाथि पनि प्रश्न उठेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज