Advertisement

झापा र चितवनमा पेट्रोलियम पाइपलाइन विस्तार हुँदै

Advertisement

झापा र चितवनमा पेट्रोलियम पाइपलाइन विस्तार
facebook sharing button
भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालमा बनाउने लागेको दुई पेट्रोलियम पाइपलाइन र एउटा ग्रिनफिल्ड टर्मिनल निर्माण प्रक्रिया अघि बढिसकेको छ। नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्न भारतको सिलुगढीदेखि झापाको चारआलीसम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म दुईवटा पेट्रोलियम पाइपलाइन र झापामा ग्रिनफिल्ड टर्मिनल (भण्डारण स्थल) बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), साइट क्लियर लगायतको प्रक्रिया अगाडि बढिसकेको नेपाल आयल निगम, आपूर्ति तथा वितरण विभागका उपनिर्देशक तथा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए। प्रवक्ता ठाकुरले भने, ‘अबको प्रक्रिया भनेको टेन्डर हो, त्यसपछि काम सुरु हुन्छ, त्यसका लागि आईओसीले ६ महिनाको समय मागेको छ।’

झापामा ग्रिनफिल्ड टर्मिनल निर्माण स्थलको जग्गा फिलिङ, बाउन्डरी वाल लगायतको काम गरेर आईओसीलाई दिने भनेका छौं। त्यो काम पनि अगाडि बढेको छ। ‘एक महिनाभित्र त्यसको टेन्डर निकाल्ने तयारीमा छौं,’ प्रवक्ता ठाकुर भने। पाइपलाइन बिच्छाउने ठाउँमा माटो परीक्षणको काम पनि सकिसकेको छ। टर्मिनल निर्माण स्थलमा माटो परीक्षणको काम भइरहेको उनले बताए। चितवनमा पाइपलाइनको रुट सर्वे र माटो परीक्षणको काम सम्पन्न भइसकेको छ। आईओसीले गर्ने जिओटेक सर्वे हुन चाहिँ बाँकी छ। त्यहाँ केही जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १० गते सूचनासमेत निकालिसकेको प्रवक्ता ठाकुरले बताए। डिटेल डिजाइनको कामचाहिँ आईओसीले ६ महिना समय लाग्ने बताएको छ।

‘मे’ महिनाको अन्तिममा आईओसी र निगम दुवै पदाधिकारीको उपस्थितिमा सञ्चालन समितिको बैठक बस्ने बताउँदै उनले भने, ‘त्यो बैठकमा झापा र चितवनमा अहिलेसम्म भइरहेको कामको प्रगति र त्यसपछि के गर्ने बारेमा बृहत् छलफल हुनेछ।’ सिलुगढी–झापा पेट्रोलियम पाइपलाइन परियोजनाका प्रमुख सुरेन्द्र महतोका अनुसार चालु आर्थिक वर्ष ०८१/८२ बाट झापामा परियोजनाको काम सुरु भएको हो। काँकडभिट्टाको मेची पुलदेखि चारआलीसम्मको पाइपलाइन विस्तारका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) बारेमा मेचीनगर नगरपालिकासँग बैठक बसी पहिलो चरणको काम भइसक्यो। परियोजना प्रमुख महतोले भने, ‘अहिले एसियन हाइवे निर्माणको काम चलिरहेको छ, पहिला रुट सर्वे गर्दा सडकमा त्यति धेरै कल्भर्ट र पुलहरू थिएन्, अहिले ठाउँ ठाउँमा कल्भर्ट र पुलहरू बनिरहेकोले पाइपलाइन विस्तारमा केही समस्या आइपरेको छ।’

सडकको छेउै छेउबाट पाइपलाइन ल्याउने रुट बनाइएको छ। ती समस्या समाधानका लागि आइओसीबाट पनि प्राविधिक टोली झापामा आइपुगेको र सडक विभागसँग सहकार्यमा पुन: सर्वेको काम गरिरहेको प्रमुख महतोले बताए। एसियन हाइवेमा कल्भर्ट र पुलहरूको समस्या नआएको भए झापाको हकमा अहिलेसम्म आइओसी टेन्डर प्रक्रियामा गइसक्थ्यो। पुन: रुट सर्वेक्षणको काम गर्नु परेकाले पाइपलाइन विस्तारमा ढिला हुन पुगेको उनको भनाइ छ।

सिलगुढी–झापा पाइपलाइन विस्तार करिब ५० किलोमिटर हुनेछ। भारतीय भूभाग (सिलगुढीदेखि पानीटंकीसम्म) मा ३५ किलोमिटर र नेपाली भूभाग (काँकडभिट्टादेखि चारआलीसम्म) मा १४ दशमलव ६ किलोमिटर रहेको उनले बताए। ‘पाइपलाइन बनेपछि देशको ठूलो ढुवानी खर्च जोगिन्छ,’ उनले भने, ‘चारआलीको भण्डारण स्थलमा ५ वटा डिपो बनेपछि कोशी प्रदेशका १४ जिल्लामै इन्धन आपूर्तिमा सहज हुन्छ।’ सरकारले २०७४ सालमै सिलुगढी–झापा पाइपलाइन परियोजना अघि सोको थियो। निगमले भण्डारण स्थल निर्माणका लागि विसं २०७४ मै मेचीनगर नगरपालिका १३ मा स्थानीय व्यक्तिहरूबाट २३ बिघा ३ कट्ठा १३ धुर जग्गा खरिद गरेको थियो।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतका पेट्रोलियम एवं ग्यास मन्त्री हर्दिपसिंह पुरीले २०८० जेठमा दुई पाइपलाइनको सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। सम्झौता पत्रमा दुई पाइपलाइन र एउटा टर्मिनल इन्डियन आयल कर्पोरेसनको लगानी र प्राविधिक सहयोग बन्ने उल्लेख छ। कुल २६ अर्ब ९३ करोड रुपैयाँका दुई पाइपलाइन र दुई टर्मिनलमा भारतले करिब १७ अर्ब रुपैयाँ लगानी गर्नेछ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज