Advertisement

ताजा अपडेट

उत्तेजक अभिव्यक्ति नदिनु भनेपछि प्रधानमन्त्रीले गरे कार्यक्रम बहिष्कार

उत्तेजक अभिव्यक्ति नदिनु भनेपछि प्रधानमन्त्रीले गरे कार्यक्रम बहिष्कार

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो २५ औँ वार्षिकोत्सव कार्यक्रमका लागि प्रमुख अतिथिका रूपमा १५ दिनअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो पठाएको थियो । प्रमुख अतिथिका रूपमा सम्बोधनका लागि दिइएको निम्तो प्रधानमन्त्री ओलीले मंगलबार अन्तिम समयमा अस्वीकार गरेका छन् । आयोगले १५ दिनअघि निम्तो पठाएर मंगलबार बिहान साढे ११ बजे पुग्नेगरी कार्यक्रमको आयोजना र सुरक्षा व्यवस्थापन गरिसकेको अवस्थामा ओलीले उक्त कार्यक्रम नै बहिष्कार गरिदिए । कार्यक्रम सुरू हुनुअघि आयोगका पदाधिकारी र कर्मचारीहरू ओलीको स्वागतका लागि फूलमाला लिएर तम्मतयार भएको अवस्थामा प्रधानमन्त्रीको सचिवालयले बालुवाटारबाट आउन नसक्ने जानकारी पठाइदियो । आयोगका सह-प्रवक्ता एवम् उपसचिव श्यामबाबु काफ्लेका अनुसार १५ दिनअघि निम्तो पठाएर प्रधानमन्त्रीको स्वागत र सुरक्षाका लागि त्यहीअनुसार व्यवस्थापन पनि गरिएको थिय...
नेकपा (एकीकृत समाजवादी) बझाङको ९औं जिल्ला अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन !

नेकपा (एकीकृत समाजवादी) बझाङको ९औं जिल्ला अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन !

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ : नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी बझाङको ९औं जिल्ला अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ जिल्ला कमिटी चयन गरेको छ। ६५ सदस्यीय जिल्ला कमिटीमा अक्कल धामी अध्यक्ष चयन भएका छन्। उपाध्यक्षमा गणेश बोहरा र भक्त भण्डारी चयन भएका छन् भने सचिवको जिम्मेवारी लक्ष्मी प्रसाद जोशीले पाएका छन्। त्यसैगरी उपसचिवमा जोग कठायत, हरिश खड्का र राधिका चित्रकार चयन भएका छन्। नयाँ नेतृत्वलाई पार्टीका विभिन्न तहबाट बधाई तथा कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको छ।...
कर्णालीमा १३२ केभीए विद्युत प्रसारणलाइन पुर्‍याउने अभियानको ९० प्रतिशत काम पूरा

कर्णालीमा १३२ केभीए विद्युत प्रसारणलाइन पुर्‍याउने अभियानको ९० प्रतिशत काम पूरा

Breaking News 1, Breaking News 2, Breaking News 3, कर्णाली प्रदेश, कालिकोट, जाजरकोट, जुम्ला, ट्रेन्डिङ, डोल्पा, ताजा अपडेट, दैलेख, मुख्य समाचार, मुगु, रुकुम पश्चिम, सल्यान, सुर्खेत, हुम्ला
सुर्खेत । पछिल्लो ५ वर्षदेखि कर्णालीमा १३२ केभिए विद्युत प्रसारणलाई लाइन पुर्‍याउने अभियान जारी छ । सामान्य हावाहुरीमै झ्याप्पझ्याप्प बिजुली गइरहरने समस्याबाट कर्णालीवासीलाई मुक्त पार्न र गाउँ-गाउँमा विद्युत सेवा विस्तार गर्न कोहलपुर-सुर्खेत १३२ केभीए विद्युतलाइन तान्ने काम चलिरहको छ । ९० प्रतिशत काम सकिइसकेको आयोजना बाँकेको बानियाभार र सुर्खेतको सुब्बाकुनामा भइरहेको स्थानीयको अवरोधका कारण निर्धारित मितिमा पूर्ण हुन नसक्ने देखिएको छ । बहुप्रतिक्षित कोहलपुर-सुर्खेत १३२ केभीए विद्युत प्रसारण आयोजनाको काम ९० प्रतिशत सकिएको छ । १ सय ६५ मध्ये १ सय ५५ वटा टावरको निर्माण सकिएको छ भने कुल ५२ किलोमिटरमध्ये ३५ किलोमिटरमा प्रसारणलाइन पनि तानिसकिएको छ । बाँके र बर्दिया निकुञ्जमा काट्नुपर्ने १३ हजार ५६ वटा रूखमध्ये १२ हजार रुख काटिसकिएका छन । तर आयोजनाको काम अन्तिम चरणमा पुग्नैलाग्दा पनि बाँके...

ओलि ७ जन्मसम्म राजनीति गर्न अयोग्य छन् : घनश्याम भुसाल

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
धनगढी । एकीकृत समाजवादीका महासचिव घनस्याम भुसालले धनगढीमा आयोजित पार्टीको विस्तारित बैठकलाई सम्वोधन गर्दै भने स हाल गृहमन्त्रीको भिजिट भिसा काण्ड सामान्य हो ‌। यस्ता काण्ड त दिनकै कति छन् कति यो अलि ठुलो मान्छेसँग जोडिएको हुनाले बाहिर आएको बताए। “सुखी नेपाली, समृद्ध नेपाल” यो हामीले तयार गरेको अवधारणा हो । यसमा ओली जी पुरै अनविज्ञ छन् । उनको लागि यो अवधारणा संस्कृतको मन्त्र जस्तै हो । खासै नबुझ्ने तर हरेक पटक जपी रहने गरी रहन्छन् । हामीले संविधानको संरक्षण गर्नको लागि ओली जीलाई छोडेको बताए। नेता भुसालले थप्दै भने संविधानको मर्म र समाजवादको लागि हामीले कांग्रेस र माओवादी सँग गठबन्धन भन्ने फिरौती गरको समेत भन्न भ्याए। ८४ सम्म कांग्रेस , एमाले खोज्नु पर्ने अवस्थामा पुग्छन् भने ओली जी सात जन्मसम्मको लागि राजनीति गर्न अयोग्य रहेका पात...
देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाकाे सम्भावना

देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाकाे सम्भावना

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहने छ । देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहने छ । मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि म...
राप्रपाले बोलायो संसदीय दलको बैठक,गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी

राप्रपाले बोलायो संसदीय दलको बैठक,गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी संसदीय दलको बैठक बोलाएको छ।अहिले बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा बैठक बस्ने राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताए । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र भिजिट भिसा प्रकरणमा छलफल उनले उनले बताएका छन्। आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी विपक्षी दलहरूले गरिरहेका छन् ।...
भिजिट भिषा प्रकरण : रास्वपा र माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा, काँग्रेस–एमाले बचाउमा

भिजिट भिषा प्रकरण : रास्वपा र माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा, काँग्रेस–एमाले बचाउमा

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको भिजिट भिषा अनियमितता प्रकरणले नेपालको राजनीतिक वृत्तमा गहिरो हलचल ल्याएको छ । अध्यागमन विभागका प्रमुख तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेपछि गम्भीर अनियमितताको पर्दाफास भएको छ । सोही सन्दर्भमा गृहमन्त्री रमेश लेखकको सचिवालयका कर्मचारीहरूको संलग्नता देखिएपछि सत्ताभित्र र बाहिर व्यापक विवाद सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रले गृहमन्त्री लेखकको तत्काल राजीनामा माग गरेका छन्। रास्वपाले संसदमा एकपछि अर्को कठोर प्रश्न उठाउँदै गृहमन्त्री लेखकले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने स्पष्ट माग राखेको हो । माओवादी केन्द्रका नेताहरू पनि यति गम्भीर प्रकरणमा चुप लागेर बस्न नहुने भन्दै मन्त्रीको जिम्मेवारीमा नैतिक प्रश्न उठाएका छन् । तत्कालीन उपप्रधा...
अब धनगढीबाट बझाङ र अछाम उडान, कति छ भाडा ?

अब धनगढीबाट बझाङ र अछाम उडान, कति छ भाडा ?

Breaking News 1, Breaking News 2, Breaking News 3, अछाम, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी । कैलालीको धनगढीदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा पुनः उडान सुचारू हुने भएको छ । समिट एयरले धनगढी विमानस्थललाई केन्द्र बनाएर बझाङ र अछामको साँफेमा उडान गर्ने भएको हो । साताको दुई दिन अछामको साँफेबगर विमानस्थल र बझाङको देवल विमानस्थलमा धनगढीबाट उडान भर्ने समिट एयरले जनाएकाे छ । जेठ १९ गतेदेखि उडान सुरु गर्ने जनाइएको छ । समिट एयरका प्रतिनिधि आभाश शाहले प्रत्येक सोमबार सोमबार धनगढी–बझाङ–धनगढी र धनगढी–साँफे–नेपालगञ्ज तथा बिहीबार धनगढी–साँफे–धनगढी र धनगढी–बझाङ नेपालगञ्ज उडान हुने जानकारी दिए । उनका अनुसार धनगढी–बझाङको भाडा छ हजार पाँच सय तथा धनगढी–साँफेको भाडा चार हजार पाँच सय निर्धारण गरिएको छ । एयर फास्ट कार्गो सर्भिससंगको सहकार्यमा समिट एयरले पहाडी जिल्लामा उडान भर्ने तयारी थालेको हो ।...
कांग्रेस एमालेको निष्कर्ष: गृहमन्त्रीमाथिको प्रहार जायज छैन

कांग्रेस एमालेको निष्कर्ष: गृहमन्त्रीमाथिको प्रहार जायज छैन

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौँ । सत्तारुढ दुई दल (कांग्रेस र एमाले) का शीर्ष नेताहरूबिच आगामी जेठ १५ गते सदनमा प्रस्तुत हुने बजेट, सरकारका काम कारबाहीलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आइतबार साँझ बसेको बैठकमा बजेट तयारी र सरकार सञ्चालनबारे छलफल भएको एक नेताले बताए । उनका अनुसार मुलुकमा सुशासन र कानुन कार्यान्वयन गर्न सरकार सुन्य सहनशीलताको नीतिबाट पछि हट्न नहुनेमा नेताहरूको जोड रहेको छ । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा,कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का,एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,गृहमन्त्री रमेश लेखक,अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्र मन्त्री डा.आरजु राणा देउवालगायत नेताहरू सहभागी थिए । शीर्ष बैठकमा भिजिट भिसा प्रकरणमा कर्मचारीको बदमासीलाई लिएर गृहमन्त्री रमेश लेखकमाथि भइरहेको आलोचना जायज नभएकोमा दु...
बाजुराको बडिमालिका मन्दिर सेनाले निर्माण गर्दै

बाजुराको बडिमालिका मन्दिर सेनाले निर्माण गर्दै

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, सुदूरपश्चिम
बाजुरा– नेपाली सेनाले बाजुराको बडिमालिका मन्दिर निर्माणको काम तीब्र पारेको छ । धार्मिक पर्यटकिय तथा ऐतिहासिक स्थलका रुपमा रहेको बडिमालिका क्षेत्रमा नेपाली सेनाले मन्दिर निर्माणको काम गर्न थालेको हो । बडिमालिकाको पुरानो जीर्ण मन्दिर भत्काएर त्यसैमा नयाँ निर्माण सुरु गरिएको मन्दिरका पुजारी नेत्र उपाध्यायले बताए । २०५० सालदेखि मन्दिर निर्माणका लागि पहल भए पनि भौगोलिक विकटता लगायत विभिन्न समस्याले निर्माण हुन सकेको थिएन । विगतमा पुरातत्व विभाग, संघीय सरकार, प्रदेश सरकारले मन्दिर निर्माणका लागि पहल गरेको भए पनि निर्माण हुन नसकेको पुजारी उपाध्यायको भनाइ छ । यसअघि सरकारले मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको थियो । तर सामान ढुवानी र प्रतिकूल मौसमका कारण निर्माण कार्य हुन सकेको थिएन । यो पटक भने नेपाली सेनाको सक्रियतामा मन्दिर निर्माण कार्य तीव्र पारिएको छ । पुरानो मन्दिर भत्क...
भिजिट भिसा काण्डमा नारायणकाजी पो रहेछन् सबैभन्दा बदमास, तथ्य-प्रमाण राखेर अनुसन्धान अधिकृतले नै खोलिदिए पोल

भिजिट भिसा काण्डमा नारायणकाजी पो रहेछन् सबैभन्दा बदमास, तथ्य-प्रमाण राखेर अनुसन्धान अधिकृतले नै खोलिदिए पोल

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङमा भिजिट भिसाको नाममा हुने मानव तस्करी र अवैध लेनदेनको विषयमा नेपाल प्रहरीका एक पूर्व डिएसपीले सनसनीपूर्ण खुलासा गरिदिनुभएको छ । सो प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएको बेला ती सोही बिषयमा अनुसन्धान अधिकृत रहनुभएका पूर्वडिएसपीले यस काण्डमा पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतको संलग्नता रहेको तथ्य बाहिर ल्याउनुभएको छ । नेपाल प्रहरीका पूर्वप्रहरी नायव उपरीक्षक (डिएसपी) गोविन्द पन्थीले नयाँ विषयका खुलासा गरिदिनुभएको हो । पन्थीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लामो वृत्तान्त लेख्दै भिजिट भिसा प्रकरणमा पैसा उठाउने र मानव तस्करी गर्ने गिरोहले आफ्नो सरुवा गराएको कुरा सार्वजनिक गर्नुभएको छ । तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको दबाबमा आफ्नो सरुवा भएको पनि उहाँले तथ्य खोल्नुभएको छ । पन्थी...
आज माओवादी केन्द्रसँग दुईवटा पार्टीको एकता 

आज माओवादी केन्द्रसँग दुईवटा पार्टीको एकता 

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
आज नेकपा माओवादी केन्द्रसँग दुई पार्टीले एकता गर्दैछन् । नेपाल समाजवादी पार्टी र नेपाः पार्टीबिच  माओवादीको एकता हुन लागेको हो ।  माओवादी र समाजवादी पार्टीबीच कान्तिपुर ब्याङ्क्वेट ग्वार्को खरिबोट ललितपुरमा पार्टी एकता कार्यक्रम रहेको छ । त्यस्तै  नेपाः पार्टीबीच पार्टी एकता कार्यक्रम नेपाः ब्याङ्क्वेट खुसिबुँ नयाँबजारमा हुने भएकाको माओवादी केन्द्रका मुख्यसचिव गणेशमान पुनले जानकारी दिए । उनले सम्बन्धित सबैलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरेका छन् ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज