Advertisement

बाजुराको बडिमालिका मन्दिर सेनाले निर्माण गर्दै

Advertisement

बाजुरा– नेपाली सेनाले बाजुराको बडिमालिका मन्दिर निर्माणको काम तीब्र पारेको छ । धार्मिक पर्यटकिय तथा ऐतिहासिक स्थलका रुपमा रहेको बडिमालिका क्षेत्रमा नेपाली सेनाले मन्दिर निर्माणको काम गर्न थालेको हो ।

बडिमालिकाको पुरानो जीर्ण मन्दिर भत्काएर त्यसैमा नयाँ निर्माण सुरु गरिएको मन्दिरका पुजारी नेत्र उपाध्यायले बताए । २०५० सालदेखि मन्दिर निर्माणका लागि पहल भए पनि भौगोलिक विकटता लगायत विभिन्न समस्याले निर्माण हुन सकेको थिएन । विगतमा पुरातत्व विभाग, संघीय सरकार, प्रदेश सरकारले मन्दिर निर्माणका लागि पहल गरेको भए पनि निर्माण हुन नसकेको पुजारी उपाध्यायको भनाइ छ । यसअघि सरकारले मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको थियो । तर सामान ढुवानी र प्रतिकूल मौसमका कारण निर्माण कार्य हुन सकेको थिएन ।

यो पटक भने नेपाली सेनाको सक्रियतामा मन्दिर निर्माण कार्य तीव्र पारिएको छ । पुरानो मन्दिर भत्काएर नयाँ मन्दिर निर्माण, हवन कुण्ड र हेलिप्याड निर्माण लगायतका संरचना करिब २ करोड लागतमा निर्माण हुन लागेको पुजारी उपाध्यायले बताए ।
सेनाले बाजुराको सदरमुकाम मार्तडीबाट हेलिकप्टरमार्फत र बडिमालिका नगरपालिका–५ बाट स्थानीय र खच्चर मार्फत सामान ढुवानी गरेर मन्दिर निर्माण गरिरहेको छ । दुई महिनाभित्र मन्दिर निर्माण सम्पन्न गर्ने तयारीमा सेना रहेको छ । पुरातत्व विभागको प्राविधिक सहयोग र डिजाइन स्टमेटमा मन्दिर निर्माण हुन लागेको सेनाले जनाएको छ । रकम भने नेपाली सेनाको कोषबाट खर्च हुने भएको छ ।

धार्मिक, ऐतिहासिक, पुरातात्विक क्षेत्रको संरक्षणअन्तर्गत मन्दिर निर्माण गर्न लागेको बताइएको छ । मन्दिर निर्माणमा काठ, ढुङ्गा र माटो प्रयोग हुने छ । बडिमालिकामा प्रत्येक वर्ष जनैपुर्णिमाका दिन मेला तथा मुख्य पूजा हुने गर्छ । विगतका वर्षभन्दा पछिल्लो समय धेरै आन्तरिक पर्यटकले बडिमालिकाको दर्शन तथा बडिमालिका क्षेत्रको भ्रमण गर्ने गरिरहेका छन् ।

देशकै चर्चित धार्मिक तथा पर्यटकीय महत्व बोकेको बडिमालिका समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ । बडीमालिका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । नेपालका ४ धार्मिक धाममध्ये बडिमालिका एक धामका रूपमा परिचित छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज