आज नेकपा माओवादी केन्द्रसँग दुई पार्टीले एकता गर्दैछन् । नेपाल समाजवादी पार्टी र नेपाः पार्टीबिच माओवादीको एकता हुन लागेको हो । माओवादी र समाजवादी पार्टीबीच कान्तिपुर ब्याङ्क्वेट ग्वार्को खरिबोट ललितपुरमा पार्टी एकता कार्यक्रम रहेको छ ।
त्यस्तै नेपाः पार्टीबीच पार्टी एकता कार्यक्रम नेपाः ब्याङ्क्वेट खुसिबुँ नयाँबजारमा हुने भएकाको माओवादी केन्द्रका मुख्यसचिव गणेशमान पुनले जानकारी दिए । उनले सम्बन्धित सबैलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरेका छन् ।

